अस्ट्रेलियामा बसोबास: बाढीबाट जोगिने उपायहरू

अस्ट्रेलियाको पूर्वी भूभागमा ‘ला निन्या’को प्रभावका करण औसतभन्दा बढी मात्रामा वर्षा भइरहेको छ र न्यु साउथ वेल्समा बाढीको प्रकोप छ।

Road closed

Source: Getty Images/Theo Clark


अस्ट्रेलियाको मौसम विभागले पूर्वी न्यु साउथ वेल्समा बाढीको चेतावनीहरू जारी गरेको छ। 

ला निन्याको कारणले औसतभन्दा बढी पानी परेको हुनाले यो अवस्था आएको विभागको भनाई छ। 


मुख्य बुँदाहरू:

  • पानी जमेको स्थानहरुमा कहिले पनि वाहन नचलाउनुहोस्, १५ सेन्टिमिटर मात्र जमेको पानीले पनि गाडीहरुलाई बगाउन सक्छ,
  • आपतकालिन सेवाको लागि आफ्नो राज्यको आपातकालिन सेवा- एसइएसलाई १३ २५ ०० मा सम्पर्क गर्नुहोस्,
  • आफ्नो ज्यान खतरामा रहे, तुरुन्त ००० मा फोन गर्नुहोस्।

आलियान्ज इन्स्योरेन्स कम्पनीका अनुसार, ला निन्याको प्रभावको बारेमा अनभिज्ञता रहेका कारण, धेरै मानिसहरूले अस्ट्रेलियामा बाढी सम्बन्धी बिमा गरेका छैनन्।

कम्पनीका मार्क ओ’कनरका अनुसार अघिल्लो बर्षमात्रै, बाढी अनि हावा-हुरीका कारण झण्डै २.४ अर्ब अस्ट्रेलियन डलर बराबरको सम्पत्तिमा क्षति पुगेको थियो।

Standing on the roof in the storm
Source: Getty Images/Colin Anderson Productions

योजना बनाउनुहोस्, आपतको बेला तयार रहनुहोस् 

आफ्नो घर बाढीको खतरामा कतिको रहेको छ भनेर बुझ्नका लागि छर-छिमेक र सम्बन्धित निकायसँग सम्पर्क गर्न ओ’कनर सल्लाह दिन्छन्।

बर्सेनि आफूले लिएका बिमा योजनाको पुनर्मुल्याङ्कन गर्न पनि उनी सल्लाह दिन्छन्।

"सामान्य औषधोपचारका सामाग्री, पानी, खाना अनि चार्जर सहितको एक आपतकालिन प्याक तयार पारेर राख्ने गर्नुहोस्।"

बाढीबाट आफ्नो अमूल्य सम्पत्ति जोगाउन, सामानहरूलाई जमिन सतहभन्दा माथि सुरक्षित स्थानमा सार्न वा भण्डारण गर्न पनि जानकारहरू सुझाउँछन्।

Tropical downpour
Source: Getty Images/Charles Briscoe-Knight

बाढी आएको खण्डमा ढलको फोहोर फैलिन नदिन, सुरुमै ढलका निकासहरूलाई बन्द गर्न भिक्टोरियाली राज्य आपतकालिन सेवाका उप-प्रमुख अधिकृत डेभिड बेकर बताउँछन्।

उनी भन्छन् कि बालुवा, र अन्य पानीले नबिग्रिने सामाग्रीहरू प्लास्टिकको झोला भित्र हालेर बाढीको पानी पस्ने ठाउँहरू टाल्न गर्न सकिन्छ।

यदि तपाईँले आफ्नो घर छोडेर जानु पर्‍यो भने, कुन बाटोबाट जाने भनेर पहिले नै योजना बनाउनुहोस्।

बाढी आउने पूर्व सूचना प्राप्त हुनासाथ आफू बसेको स्थान सुरक्षित छैन भने त्यहाँबाट निस्कन अबेर नगर्नुहोस्।

बाढी आएको सडकमा गाडी नचलाउनु होस्

बाढीको समयमा गाडी चलाउनु निकै खतरापूर्ण हुने बेकरको भनाई छ।

खास गरी अचानक पानीको बहाव बढ्न सक्ने भएकाले गाडीलाई बगाउने जोखिम एकदमै रहने उनी बताउँछन्।

यदि सवारी चलाउँदै गर्दा तपाईँ भारी वर्षाका माझ पानी जम्न थालेको ठाउँमा फस्नु भयो भने, गाडीलाई कुनै सुरक्षित या अग्लो ठाउँमा रोक्नु सबैभन्दा उचित हुने पनि डेभिड बेकर सल्लाह दिन्छन्।

Driving through deep water
Source: Getty Images/Tobias Titz

यदि तपाईँ बाढीमा फस्नु भयो भने...

यदि तपाईँ बढ्दो बाढीको पानीमा फस्नु भयो र निस्कन मिलेन भने, यो ज्यान जोखिममा पर्ने आपतकालीन अवस्था बन्न सक्छ।

यस्तो बेला तपाईँले आफू नजिकैको सबैभन्दा उच्च सतहमा गएर, सुरक्षित भएपछि ००० मा फोन गर्नु पर्छ। 

बढ्दो बाढीले घरबारमा क्षति पुग्नुका साथै, बिजुली आपूर्ति बन्द र ढल निकासमा अवरोध हुन सक्छ। 

तपाईँ आफ्नो घर छोडेर जान मिलेन र यदि त्यहाँ धाराबाट सफा पानी आइरहेको भए, त्यो पानी केही भाँडाहरूमा भरेर जोहो गर्नुहोस्।

बत्ती गएको छ भने फ्रिजका खानेकुरा बिग्रिएको हुन सक्छ, यसबारे हेक्का राख्नुहोस्।

यदि तपाईँ एक्लै हुनुहुन्छ र बाढीले गर्दा समयमै आफू बसेको ठाऊँबाट निस्कन सक्नुभएन भने, मद्दतको लागि पर्खनु एक्लै जोखिम मोलेर निस्कनुभन्दा सुरक्षित उपाय हुनसक्छ।

Road closed at night
Source: Getty Images/Rafael Ben-Ari

यदि बाढिको पानीमा फसेको खण्डमा: 

  • बहावसँगै बग्ने प्रयास गर्नुहोस्,
  • सहयोगको लागि हात उठाउनुहोस्,
  • ढाडको सहयोग लिई टाउकोलाई पानीको सतह माथि नै राखेर तैरिन कोसिस गर्नुहोस,
  • तैरन सहयोग गर्ने सामाग्रीको सहारा लिनुहोस् जस्तै कि हावा भरिएका सजिलै नडुब्ने सामाग्रीहरू ।

अरुलाई बचाउन भन्दै पानीमा नजानुहोस्।

धेरै मानिसहरू अरुलाई बचाउने भन्दै बाढीमा पसेर आफ्नो ज्यान गुमाउन पुगेका छन्।

"यस्तो बेलामा आपातकालीन सेवाहरुलाई तुरुन्तै सम्पर्क गर्नुपर्छ र सजिलै नडुब्ने सामानहरू बाढीमा फसेका मानिसहरु नजिकै फ्याँकिदिएर उनीहरूलाई डुब्नबाट जोगाउन बारे सोच्नुपर्छ।"

आफ्नो स्थानिय राज्य आपातकालिन सेवाको वेबसाईट अथवा रोएल लाईफ सेभिङ्ग अस्ट्रेलियाको वेबसाईटमा बाढिको घटनाका लागि कसरी तयार हुने सम्बन्धमा थप जानकारी पाउन सकिन्छ।

मौसम सम्बन्धि पछिल्ला जानकारीका लागि, मौसम विभागको वेबसाईट जानुहोस्।

बाढिप्रकोप सथानमा सहयोगका लागि, राज्यको आपातकालिन सेवालाई १३ २५ ००मा सम्पर्क गर्नुहोस्।

भाषाको समस्या भए, अथवा आफ्नो भाषामा जानकारी चाहिएमा दोभासे सेवालाई १३ १४ ५० सम्पर्क गर्नुहोस्।

अस्ट्रेलिया भरका आपतकालीन अवस्था बारे पछिल्लो अद्यावधिक जानकारी र आफू र आफ्नो घरबार सुरक्षित राख्ने उपायका लागि एबीसी इमर्जेन्सीमा हेर्नुहोस्। 


Share

3 min read

Published

Updated

By Amy Chien Yu-Wang

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now