अदालतको प्रक्रिया सम्बन्धी समाचारहरू हेर्दा होस् वा पढ्दा वा सुन्दा आरोप, आरोपित वा आरोप लगाइएको शब्दहरू धेरै सुनिन्छ।
यस्ता शब्दहरूको धेरै प्रयोगले मिडियाहरू निष्पक्ष वा सन्तुलित हुन्छ त भन्ने प्रश्नहरू पनि उठ्दै आएको छ। तर अदालतको समाचार सङ्कलनमा यी शब्दहरूको प्रयोग महत्त्वपूर्ण मानिन्छ।
यसले न्यायिक प्रणालीको सम्मान गर्नुका साथै मुद्दामा संलग्न व्यक्तिहरूप्रतिको कुनै धारणा बनाउनबाट जोगाउँछ वा मुद्दालाई प्रभावित पार्ने खालका गतिविधिहरूलाई रोक्छ र पत्रकार, मिडिया, स्रोत र आममानिसलाई पनि जोगाउँछ।
लोकतन्त्रमा मिडियालाई अदालतको बहस रिपोर्ट गर्न पाउने अधिकार छ।
‘आरोपित’ भनेको के हो त?
मिडियाले कुनै पनि मुद्दामा संलग्न रहेको आशङ्कामा रहेको व्यक्तिको बारेमा समाचार बनाउँदा धेरैजसो आरोप, आरोपित वा आरोप लगाइएको जस्ता शब्दहरू प्रयोग गर्ने गरिएको ‘मेलबर्न ल स्कुलको सेन्टर फर मिडिया एन्ड कम्युनिकेसन ल’का डिरेक्टर रहेका एशोसिएट प्रोफेसर जेसन बोस्ल्यान्ड बताउँछन्।
आपराधिक व्यवहार वा दुर्व्यवहारका मुद्दामा बाहेक अरू प्रसङ्गमा पनि यी शब्दहरूको प्रयोग हुन्छ।
“दोषी प्रमाणित भएको व्यक्तिलाई पनि यही शब्द प्रयोग गरिन्छ... र घटनामा शङ्कास्पद हुँदा पनि प्रयोग गरिन्छ,” उनले एसबीएस एक्जामिन्सलाइ बताए।
“घटनामा संलग्न व्यक्ति को हो भनेर शङ्का गर्ने प्रशस्त आधारहरू छन् तर उसैले गरेको हो भने पुष्टि भैसकेको छैन वा दोषी पाइएको छैन भने पनि यही शब्द प्रयोग गरिन्छ।”
कुनै व्यक्तिले कानुन विपरीत व्यवहार गरेको तथ्यको बारेमा लेख्दा मिडिया सतर्क हुन्छ।
किनभने यस्ता समाचार सही तरिकाले प्रस्तुत गरिएको छैन भने पत्रकार र मिडिया सङ्गठनहरूका लागि गम्भीर आपराधिक र आर्थिक परिणाम पार्न सक्छ।
“कानुन उल्लङ्घन घटनामा संलग्न व्यक्तिका बारेमा समाचार लेख्दा मानहानि वा अदालतको अवहेलना पनि सँगै आउँछ,” एशोसिएट प्रोफेसर बोस्ल्यान्ड बताउँछन्।
अदालतको अवहेलना
एशोसिएट प्रोफेसर बोस्ल्यान्ड भन्छन्, “अदालतको अवहेलना भनेको मुद्दालाई पूर्वाग्रह हुन नदिई निष्पक्ष सुनुवाइको लागि व्यक्तिको अधिकारको रक्षा गर्ने बारे हो।”
“दोषी हो वा निर्दोष हो भन्ने फैसला न्यायाधीश वा न्यायिक मण्डलमै निर्भर हुन्छ।”
“यदि मिडियाले कसैले अपराध गरेको छ भनेर समाचार प्रकाशित गर्यो जब कि त्यो अपराधको ट्रायल सकिएको छैन भने यसले न्यायिक फैसलाको प्रक्रियामा हस्तक्षेप गर्न सक्छ।”
न्यु साउथ वेल्सको डिस्ट्रिक्ट कोर्टमा न्यायाधीशहरू लगायत घटनाका साक्षी वा अदालतका अधिकारीहरूसँग सम्पर्क गरेमा अदालतको अवहेलना मानिन्छ।
अदालतको अवहेलनामा परेकाहरूलाई सार्वजनिक अभियोजन विभाग वा अवहेलना कार्यवाहीमा अभियोजनको काम गर्ने अदालतको प्रोथोनोटरीका एक न्यायिक अधिकारीलाई पठाइन्छ।
“त्यसपछि उनीहरूलाई आपराधिक गतिविधि अन्तर्गत फौजदारी मुद्दा लगाइन्छ र समाचार प्रकाशन गर्न नपाउने गरी सोही अनुसारको सजाय सुनाइन्छ,” एशोसिएट प्रोफेसर बोस्ल्यान्ड बताउँछन्।
पत्रकारहरूलाई जरिवाना वा जेल सजाय पनि हुन सक्छ।
मानहानि
एशोसिएट प्रोफेसर बोस्ल्यान्डका अनुसार मानहानि भनेको कोही व्यक्तिलाई अरूको नजरमा तल झार्ने गरी समाचारका सामाग्री प्रकाशित गर्नु हो।
यदि कोहीलाई पक्राउ गरिएको छ भने उनीहरूलाई प्रहरीले अपराध गरेको आरोप लगाएको छ र उनीहरूले अदालतमा सुनुवाइको सामना गर्दै छन् भनेर समाचार लेख्न सकिने उनी बताउँछन्।
“उदाहरणको लागि कसैले अपराध गरेको छ भनेर समाचार प्रकाशित गर्यो भने त्यहाँ मानहानि सम्बन्धी कानुन लाग्न सक्छ।”
यस्तो अवस्थामा ‘आरोपित’ भन्ने शब्दको प्रयोग गर्यो भने यसले पत्रकारहरूलाई ‘डिफेन्स अफ ट्रुर्थ’ भनिने औचित्य स्पष्ट गर्न सहज हुन्छ।
डिफेन्स अफ ट्रुर्थ भनेको मानहानिको दाबी विरुद्ध साँचो धारणा, सार्वजनिक हित, र तुच्छता सहित धेरै प्रतिरक्षा कारकहरू मध्ये एक हो।
उनी भन्छन् कि डिफेन्स अफ ट्रुर्थ “मिडियाहरूको पक्षमा” हुन्छ।
यसले खोज पत्रकारहरूलाई पनि मानहानिको मुद्दा लाग्नबाट बचाउँछ।
“जस्तो कि तपाईँ खोज पत्रकार हुनुहुन्छ र कसैले अपराध गरेको सबै प्रमाणहरू छ भने ती प्रमाणहरू सम्बन्धी व्यक्तिलाई आरोपित हुन सक्ने भनेर समाचार बनाउन सकिने उनी बताउँछन्।

तर पत्रकारले यो सबै सत्य भन्ने स्थापित गर्ने गरी भने लेख्न हुँदैन।
यदि यी कुराहरू स्पष्ट रूपमा लेखिएन भने ‘जिम्मेवार पत्रकारिता’मा संलग्न नभएको आधारमा मानहानिको आरोप लागेमा रिपोर्टरलाई जवाफदेही बनाउन सक्छ।
तपाईँले कुनै आरोप लगाउनुभयो तर ती प्रमाणहरूका आधारमा सोही अनुरूप निष्कर्ष आएन भने त्यस्तो हुने उनी बताउँछन्।
कतिपयले पत्रकारहरूलाई अदालतको कारबाहीमा निष्पक्ष रिपोर्टिङ नगरेको आरोप लगाउन सक्छन् त्यसैले मिडियाका सदस्यहरूले कानुनी परिणामहरूको जोखिमलाई ध्यानमा राखेर कानुनी र नैतिक जिम्मेवारीहरू पालना गर्नुपर्छ।
रिपोर्टिङमा 'आरोपित मानिएको' प्रयोग गर्नु भनेको पत्रकार प्रतिवादी वा वादी कसैको पनि पक्षमा नभएको देखाउँछ।
साथै कानुनी प्रक्रियालाई सम्मान गर्दै आफू र आफ्नो मिडियालाई मात्र नभई आफ्नो स्रोत र घटनामा संलग्न सबैको रक्षा गर्नु पनि हो।
यदि पत्रकारले अदालतको मानहानि गरेको प्रमाणित भएमा उक्त पत्रकारले काम गर्ने मिडिया पनि जवाफदेही हुनुपर्छ भने गलत आरोप लगाइएको व्यक्तिलाई क्षतिपूर्ति समेत तिर्नुपर्ने एशोसिएट प्रोफेसर बोस्ल्यान्ड बताउँछन्।
अदालत भित्रबाट रिपोर्टिङको लोकतान्त्रिक महत्त्व
अदालतको रिपोर्टिङ गर्ने पत्रकारहरू रेड टेप भनिने धेरै नै गोप्य सूचनाहरू भने एशोसिएट प्रोफेसर बोस्ल्यान्ड भन्छन् “मिडिया र अदालत दुवैले एक अर्कोलाई सम्मान गर्दै आपसी इमानदारिता बनाउनुपर्छ।”
अदालतको मुद्दाका रिपोर्टिङहरू जहाँ अदालतले बाहिर ल्याएका प्रमाणहरूको बारेमा लेख्न सकिन्छ। आरोपहरूमाथि निष्पक्ष र तटस्थ जानकारी दिनु ठिकै मानिन्छ, उनी भन्छन्।
अदालतमा भएका कुराहरू निष्पक्ष र तटस्थ रिपोर्टिङले कुनै पनि देशको अदालतप्रतिको मात्र नभई समग्र लोकतन्त्र माथिकै विश्वास निर्माण गर्छ।
“अदालतमा के भइरहेको छ भनेर मिडियाले रिपोर्ट गर्दा वैधानिक कानुनी प्रक्रियालाई देखाउँछ र यो अदालतको लागी महत्त्वपूर्ण रहेको” उनी बताउँछन्।
“मिडियाले रिपोर्ट गर्दा सबै कुरा पारदर्शी रूपमा भइरहेको भनेर आम मानिसलाई पनि थाहा हुन्छ ताकि कानुनप्रतिको विश्वास बढ्छ।”
“के रिपोर्ट गर्न सकिन्छ र के हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राख्नु महत्त्वपूर्ण छ... किनभने यसले उनीहरूलाई न्यायिक प्रणालीमा विश्वास गर्न निर्देशन गर्छ।”
