“वुहानको प्रयोगशालाबाट कोभिड–१९ चुहावटको सम्भावना अत्यन्त न्यून” विश्व स्वास्थ्य सङ्गठन

चीनमा कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गरिरहेका विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनको प्रयोगशालाबाट बाहिरिएको भन्ने आशङ्काको अत्यन्त न्यून सम्भावना रहेको बताएका छन् ।

Photo shows a seafood market in the central China city of Wuhan that has been shut since being linked to the initial outbreak of a new coronavirus

Photo taken Jan. 17, 2020, shows a seafood market in the central China city of Wuhan (Kyodo via AP Images) ==Kyodo Source: Kydpl Kyodo

विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा चीनमा भइरहेको अनुसन्धानमा सक्रिय टोलीका प्रमुखले चमेरो वा फ्रोजन खानाबाट भाइरसको सङ्क्रमण भएको कुरामा थप अनुसन्धान जरुरी रहेको भए पनि प्रयोगशालाबाट चुहावट भएको  बारेमा भने सम्भावना अत्यन्त कम रहेको बताएका छन् ।

 

विज्ञहरूको टोलीको नेतृत्व गदै चीनमा करिब एक महिने अनुसन्धानमा सक्रिय पिटर बेन इम्बारेकले प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको सम्भावना नरहेको बताएका हुन् ।

 

सन् २०१९ को अन्त्यमा समुन्द्री खानाका लागि चर्चित क्षेत्र वुहानबाट कोरोना भाइरस अन्यत्र सरेको मानिन्छ ।

 

विज्ञहरूको टोलीले नयाँ सूचनाहरू पाएको भएता पनि महामारीका विषयमा यस अघिका  तस्बिरमा नाटकीय परिवर्तन नल्याएको बताएका छन् ।

करिब तिन घण्टा लामो मिडिया ब्रिफिङका क्रममा चीनबाट विभिन्न मुलुकमा पुग्न निकै समय लिएको हुनु पर्ने बताए ।

 

चमेरोको प्राकृतिक जलाशयमा सम्भाव्यताको बारेमा अनुसन्धान भइरहेको भएता पनि वुहानमा त्यो रहेको बारेमा भने सम्भावना कम रहेको उनले बताए ।

 

“सन् २०१९ को डिसेम्बर महिनाको अवस्थाका बारेमा बुझ्ने प्रयासमा हामीले, त्यो भन्दा अघि भएका अन्य घटनाक्रमका बारेमा पनि गहन खोजी र अनुसन्धान गर्‍यौ ।” उनले भने ।

 

“निष्कर्षमा हामीले डिसेम्बर १९ भन्दा अघि कुनै त्यस्तो ठुलो महामारीका बारेमा पत्ता लगाउन सकेनौ जुन वुहान वा अन्यत्र भएका हुन् ।”

 

प्रयोगशालाबाट भाइरसको उत्पत्ति भएको होला भन्ने सम्भावना र यस अघिका षडयन्त्रका सिद्धान्तहरूमा सम्भावना नरहेको र यसमा अनुसन्धानको जरुरी पनि नरहेको उनले स्पष्ट पारेका छन् ।

Marion Koopmans and Peter Ben Embarek of the WHO team farewell their Chinese counterpart Liang Wannianin in Wuhan, China, 9 February 2021.
Marion Koopmans and Peter Ben Embarek of the WHO team farewell their Chinese counterpart Liang Wannianin in Wuhan, China, 9 February 2021. Source: AAP

महामारीका बारेमा चीनको विशेषज्ञ टोलीका प्रमुख लियाङ वानियनले पहिलो पत्ता लागेको सङ्क्रमण भन्दा हप्तौँ अगाडी पनि सङ्क्रमण रहेको यो रिपोट नभएको सम्भावनालाई नर्कान नसकिने बताए ।

 

“यसले यो सुझाव दिन्छ कि पहिलो रिपोट हुनु अघि नै अन्यत्र कतै यो सङ्क्रमण भइरहेको थियो र यो रिपोट गरिएको थिएन,यसलाई नर्कान सकिदैन् ।”

 

फ्रिजमा राखिएका जनावरहरू 

 

डाक्टर इम्बारकको टोलीले बजारमा यस्ता ब्रिकेताहरुको पहिचान गरेको छ,जसले जङली जनावरहरू सहित अन्य जनावरहरूको मासुजन्य पदार्थ फ्रोजन गरी बेच्दथ्यो ।

 

“यही कुरालाई पछ्याउँदै,आपूर्ति र बजारमा पुर्‍याइएका जनावरको  बारेमा अझ बढी अनुसन्धान गर्ने सम्भाव्यता छ । ” उनले भने ।

 

चीनले फ्रोजन खानाहरूबाट भाइरस सर्न सक्छ भन्ने कुरालाई उजागर गरेको छ कैयन पटक फ्रोजन गरिएका खाद्य बस्तुमा भाइरस फेला पारेको छ ।

 

“हामीलाई थाहा छ,भाइरस अत्यन्तै चिसो,फ्रिजको वातावरणमा बाच्न सक्दछ,तर हामी यो बुझ्ने प्रयासमा छौ की यो मानिसमा कसरी सर्दछ ।” इम्बारक भने ।

 

उक्त टोली चीनमा १४ जनवरीमा पुगी क्वारेनटिनमा रहे पश्चात् हुनानको समुद्री खाद्य बजार,वुहान इन्स्टीच्यूट अफ भाइरोलोजि लगायतका प्रमुख स्थानमा पुगी अनुसन्धान गरेको थियो ।

 


2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now