SKIP TO MAIN CONTENT

भौतिक रुपमा उपस्थित भएर हुने नागरिकता समारोह पुनः सुचारु गरिने

मानिसहरूले अब फेरी औपचारिक नागरिकता समारोहहरूमा भौतिक उपस्थिती जनाएरै अस्ट्रेलियाली नागरिकता ग्रहण गर्न सक्ने भएका छन्।

Special citizenship ceremony BHUTAN NEPAL
Source: आभास पराजुली/एसबीएस

2 min read

Published



Skip to article content

कोरोनाभाइरस महामारीका कारण विगत केही महिनादेखि अनलाइनमा सीमित पारिएको अस्ट्रेलियाली नागरिकता समारोह अब पुनः मानिसहरूको प्रत्यक्ष उपस्थिति सहित आयोजना हुने भएको हो।

यसका साथै सरकारले अस्ट्रेलियाली नागरिकता लिने प्रक्रियाका दुई महत्त्वपूर्ण पाटोहरू - नागरिकता सम्बन्धी परीक्षा तथा अन्तर्वार्ता पनि पुनः सुरु गरिने बताएको छ।

कार्यवाहक अध्यागमन मन्त्री एलन टजका अनुसार आउँदा हप्ताहरूमा ती सेवाहरू पुनः सुरु गरिने छन्।

“त्यसो भए पछि हामीले थप मानिसहरूलाई अस्ट्रेलियाको नागरिक बन्न पार गर्नुपर्ने चरणहरू तर्फ अग्रसर गराउन सक्छौँ,” उनले सोमबार भने।

Nepal Festival Melbourne 2018
ALAN TUDGE SPEAKING TO SBS NEPALI Source: Abhas Parajuli

सरकारको यो पछिल्लो घोषणासँगै काउन्सिलहरूले अब आफूहरूद्वारा आयोजना हुने नागरिकता वितरण समारोहहरू प्रत्यक्ष, अनलाइन वा दुवै तरिकाबाट गर्न सक्ने भएका छन्।

तर, मानिसहरू प्रत्यक्ष सहभागी भएर गरिने यस्ता समारोहहरूले विभिन्न राज्य एवम् प्रदेशहरूमा हाल कायम रहेको सार्वजनिक भेला सम्बन्धी नियम पालना गर्नुपर्ने पनि मन्त्री टजले स्पष्ट पारे।

उनका अनुसार सुरक्षित रूपमा नागरिकता वितरण समारोह आयोजना गर्न असमर्थ हुने काउन्सिलहरू र मानिसहरू स्वयम् उपस्थित हुन नसक्ने भएमा गृह मामिला मन्त्रालयले अनलाइन मार्फत नै सेवा दिने पनि उल्लेख गरेका छन्।

“अस्ट्रेलियाली नागरिक बन्ने चाहना सकेसम्म सहज तरिकाले धेरै भन्दा धेरै मानिसहरूले पुरा गर्न पाउन भनेर अनलाइन सेवा यथावत् नै राखिएको हो,” उनले भने।

Special citizenship ceremony BHUTAN NEPAL Australian Ceremony
Citizenship Ceremony Source: Abhas Parajuli

कोरोनाभाइरस प्रतिबन्धहरू पछि नेपाल लगायत भारत, बेलायत, चीन जस्ता मुलुकहरूबाट अस्ट्रेलिया आएका २५,००० भन्दा पनि बढी मानिसहरूले अनलाइन नागरिकता समारोहहरूमा उपस्थिति जनाई सकेका छन्।

कोभिड-१९ प्रकोप यता अस्ट्रेलियाली नागरिकता लिन निकै समय लाग्ने गरेको चर्चा पनि हुन थालेको छ।

तर, एसबीएस समाचारलाई गृह मामिला मन्त्रालयका एक प्रवक्ताले बताए अनुसार महामारी सम्बन्धी प्रतिबन्धहरू लागू भए लगत्तै थुप्रै पूर्व नियोजित कार्यक्रमहरू रोक्नु परेकाले हाल कुर्नु पर्ने समय अलि लम्बिएको स्पष्टीकरण दिएका छन्।

पछिल्लो आँकडा अनुसार, हाल ८०,००० भन्दा बढी मानिसहरू अस्ट्रेलियाली नागरिकता लिन आफ्नो पालो पर्खेर बसेका छन्।

नेपाली Nepali Coronavirus Infographics easing of restrictions in Australia
अस्ट्रेलियाभर प्रतिबन्धहरू बिस्तारै फुकुवा हुँदैछन् Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now