SKIP TO MAIN CONTENT

प्रयोगकर्ता संवाद गोप्य रूपमा रेकर्ड गरेको फेसबुकद्वारा स्वीकार

मेसेन्जर सेवामा प्रयोगकर्ताको भनाइलाई लेखमा परिणत गर्ने प्रविधि मार्फत आफ्ना प्रयोगकर्ताहरूको कुराकानी रेकर्ड गरिएको फेसबुकले पुष्टि गरेको छ।

Facebook chairman Mark Zuckerberg announces ban on political advertising one week before US election
Facebook chairman Mark Zuckerberg Source: Getty

2 min read

Published

Updated

By Velvet Winter, SBS Nepali

Source: SBS



Skip to article content

फेसबुकका अनुसार मेसेन्जरमा "भ्वाइस टु टेक्स्ट" सेवा प्रयोग गर्न अनुमति दिने प्रयोगकर्ताहरूका कुराकानी गोप्य रूपमा रेकर्ड गरिएको र उक्त कुराकानीलाई प्रतिलेखन गर्न तेस्रो निकायलाई पैसा तिरेको पनि उक्त सामाजिक सञ्जाल संस्थाले स्वीकार गरेको हो।

ब्लूमबर्ग नामक एक अमेरिकी सञ्चार संस्थाद्वारा गरिएको एक जाँच पछि उक्त समाचार सार्वजनिक भएको हो।

फेसबुक द्वारा मेसेन्जरमा गरिएका कुराकानीहरूका सयौँ घण्टा बराबरका रेकर्डिङलाई प्रतिलेखनका लागि ठेकेदारहरूलाई प्रदान गरिएको थियो।

तर ती ठेकेदारहरूलाई उक्त कुराकानी के हो र कहाँ बाट आएको बारे चाहिँ केही जानकारी नरहेको पनि समाचारमा बताइएको छ।

फेसबुकले सन् २०१५ मा आफ्नो मेसेन्जर एपमा भ्वाइस टु टेक्स्ट सेवा सुरु गरेको थियो, जसको प्रयोगको लागि प्रयोगकर्ताहरूले अनुमति दिनुपर्ने हुन्छ। यसका साथ मानिसहरूले आफ्नो भनाइहरूलाई मेसिन मार्फत प्रतिलेखन गरिने सोच राखेको बताइएको छ।

तर यस हप्ता एक विज्ञप्ति सार्वजनिक गर्दै फेसबुकका एक प्रवक्ताले केही चुनिएका प्रतिलेखन तयार पार्न ठेकेदारहरूलाई भुक्तानी गरिएको बताएका छन्।

साथै उक्त कार्य अहिले अन्त्य गरिएको पनि फेसबुकको भनाइ छ।

A woman uses her smartphone
Source: AAP

उक्त संस्थाका अनुसार हाल प्रयोग हुने मेसिन- प्रतिलेखन सेवाले राम्रोसँग काम गरिरहेको सुनिश्चित गर्न मानवीय सहयोग प्रयोग गरिएको हो।

ब्लूमबर्ग समक्ष त्यस्ता रेकर्डिङ रहेको पुष्टि फेसबुक कर्मचारीहरूले गरेको तर आफ्नो जागिर गुमाउन सक्ने भयका कारण उनीहरूले आफ्नो नाम नखुलाएको पनि बताइएको छ।

यस वर्षको सुरुमा फेसबुकका प्रमुख मार्क जुकर्बर्गले अमेरिकी संसदीय सुनवाई समक्ष बयान दिँदै मेसेन्जर सेवा द्वारा मानिसहरूको कुराकानी सुनिरहेको भन्ने दाबीहरू गलत भएको बताएका थिए।

तर आफ्ना प्रयोगकर्ताहरूको प्रतक्ष्य अनुमति बिना उनीहरूको कुराकानी रेकर्ड गर्ने संस्थाहरूमा फेसबुक मात्र नरहेको समाचार पनि आएका छन्।

गए केही महिना यता आमेज़ोनको एलेक्सा एआई, गुगलको असिस्टेन्ट र एप्पलको सिरी द्वारा पनि ठेकेदारहरूलाई प्रयोगकर्ताहरूका कुराकानी प्रतिलेखन गर्न लगाएको बारे पुष्टि गरिसकेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now