फेसबुकद्वारा अस्ट्रेलियामा राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार सामग्रीमाथि निषेध

फेसबुकले आज देखि अस्ट्रेलियामा समाचार सामग्री पोस्ट र सेयर गर्न निषेध गरेको छ।

Facebook's new ban has preventing news companies and individuals throughout Australia from posting and sharing local and international news content.

Facebook's new ban has preventing news companies and individuals throughout Australia from posting and sharing local and international news content. Source: SBS Nepali

अस्ट्रेलियाका समाचार प्रकाशक एवं फेसबुकका प्रयोगकर्ताहरूले अस्ट्रेलियाली र अन्तराष्ट्रिय दुवै समाचार फेसबुकमा राख्न नपाउने भएका छन्।

समाचार प्रकाशकहरूको फेसबुक पेजमा कभर फोटो हुने ठाउँमा खैरो रङका बारहरू मात्र देखिएका छन्, र न्यु पोस्टहरू आउने ठाउँमा "no posts yet" भनेर देखाइएको छ।

प्रयोगकर्ताहरूले आफ्नो न्युज फीडमा कुनै समाचार देख्न पाएका छैनन्।

फेसबुकले यस कदम अस्ट्रेलियाली समाचार प्रकाशकहरू माथि कार्यन्वयन गर्न खोजेको जस्तो देखिए तापनि, अन्तराष्ट्रिय समाचार प्रकाशकहरूमा पनि यसको प्रभाव परेको छ।

Facebook
Facebook Source: Getty Images Europe

अस्ट्रेलियाका फेसबुक युजरहरूले अमेरिकाको द न्यु वर्क टाइम्सको फेसबुक पृष्ठमा जाँदा पनि "नो पोस्ट्स येट" भनेर मात्र देखिरहेका छन्।

ठूला समाचार कम्पनीहरू मात्र होइन, व्यक्तिगत फेसबुक प्रयोगकर्ताहरूले पनि कुनै किसिमको राष्ट्रिय र अन्तराष्ट्रिय समाचार सामग्री आफ्नो पेजमा सेयर गर्न पाएका छैनन्।

फेसबुकको यो कदमहरूले अस्ट्रेलियालीहरूलाई भरपर्दो माध्यमबाट समाचार पाउनबाट वन्चित गर्ने छ र यसका केही गम्भीर नकारात्मक असर पनि हुन सक्छन्।

फेसबुकको समाचार प्रकाशन प्रतिबन्धले अस्ट्रेलियाका नेपाली माथि कस्तो असर पर्ला? null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

फेसबुकमा अन्य किसिममा गलत र झुठा खबरहरू फैलन सक्ने जोखिम रहेको छ।

त्यस्तै, पछिल्ला समाचारहरूको फेसबुकको भरोसामा रहेका थुप्रै सीमान्तकृत समुदायहरू चपेटामा परेका छन् - जस्तै, अस्ट्रेलियाको आदिवासी समुदाय। उनीहरूले कोरोनाभाइरस खोपको जानकारी लगायत थुप्रै आपतकालीन सामुदायिक समस्याहरूको बारेमा फेसबुकबाट थाहा पाउने गर्दथे।

लाखौँ अस्ट्रेलियालीहरूले समाचारको लागि फेसबुकको प्रयोग गर्ने भए तापनि, फेसबुकले सानो प्रतिशत अस्ट्रेलियालीहरूले मात्र समाचार सेयर गर्ने गरेको बताएको छ।

मौसम विभाग, घरेलु हिंसा सहयोग सेवा लगायत थुप्रै महत्त्वपूर्ण कम्पनीका पेजहरू चलेका छैनन्।

फेसबुकले अस्ट्रेलियालीहरूलाई स्वास्थ्य जानकारी निरन्तर दिन आवश्यक भएको दर्शाउँदै, त्यसका लागि कोरोनाभाइरस इन्फरमेसन हबहरूको प्रयोग गर्ने बताएको छ। त्यस्तै, फेसबुकले अस्ट्रेलियामा दिँदै आएका अन्य सेवाहरू भने चलिरहने छन्।

हाम्रा सामाग्रीलाई फेसबुक बाहेक यी प्याटफर्महरूमा पाउन सक्नु हुन्छ: एसबीएस नेपाली वेबसाइट: https://www.sbs.com.au/language/nepali/en एसबीएस रेडियो एप: Appleको App Store या Google Play बाट डाउनलोड गर्न सक्नु हुन्छ। ट्विटर:https: twitter.com/SBSNepali

Share

2 min read

Published

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now