SKIP TO MAIN CONTENT

सेवा सञ्चालन गर्न असमर्थ डेलिभरू अस्ट्रेलिया बन्द

बेलायती कम्पनी डेलिभरूले बुधवार दिउँसो आफ्ना ग्राहकहरूलाई इमेल पठाउँदै अस्ट्रेलियामा तत्काल लागू हुने गरी आफ्नो सेवा बन्द गरेको बताएको छ।

Around 45 per cent of migrant workers surveyed were in the dark about their lack of insurance rights, compared with 28 per cent of Australian workers.
Deliveroo has suspended its operations in Australia effective immediately after being placed under administration. Source: AAP

1 min read

Published

By Rayane Tamer

Source: SBS


Skip to article content

"चुनौतीपूर्ण आर्थिक अवस्था" भन्दै कम्पनीले आफ्नो सञ्चालन तत्काल बन्द गर्ने निर्णय लिनुपरेको बताएको हो।

योसँगै डेलिभरू अस्ट्रेलियाका ग्राहकहरूले अब उक्त कम्पनी मार्फत खाना अर्डर गर्न सक्ने छैनन्।

इमेलमा कम्पनीले अस्ट्रेलियामा दिगो रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न निकै कठिन रहेको बताउँदै आफूहरूले सेवा बन्द गर्ने अफ्ठेरो निर्णय लिनुपरेको बताएको छ।

"यो गाह्रो निर्णय हो। हामीले हजारौँ शानदार रेस्टुरेन्टहरू र सवारहरूसँग काम गर्दै गजबका खानाहरू, जसको लागि अस्ट्रेलिया चिरपरिचित छ, तपाई समक्ष ल्याएर सेवा गर्न पाउँदा आनन्द महसुस गरेका थियौँ,” सो इमेलमा भनिएको छ।

सन् २०१५ देखि अस्ट्रेलियामा आफ्नो सेवा सुरु गरेको डेलिभरू तत्काल सेवा बन्द गर्ने निर्णयले हजारौँ कामदार तथा रेस्टुरेन्टहरू प्रभावित बनेका छन्।

कम्पनीका अनुसार ग्राहकहरूले पछिल्लो छ महिनासम्मको आफ्नो डेटा डाउनलोड गर्न सक्नेछन्।

विस्तृत रिपोर्ट केही समय पछि प्रकाशित गर्ने छौँ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now