बजेट २०२२: अभिभावक र दक्ष कामदार भिसाको कोटामा वृद्धि

बजेट मार्फत सरकारले गृह मामिला विभागलाई ५७ करोड डलर प्रदान गर्ने बताएको छ।

Visas have been part of the second federal budget of the year

Visas have been part of the second federal budget of the year. Credit: Karin Zhou-Zheng

मुख्य बुँदा

  • प्यारेन्ट्स भिसालाई यस वर्ष लगभग दोब्बर बनाइने सरकारी बजेट मार्फत घोषणा
  • दक्ष कामदार भिसा सङ्ख्यालाई ७९,६०० बाट बढाएर १४२,४०० पुर्‍याईने

मङ्गलवार सार्वजनिक भएको एल्बनिजी सरकारको बजेटमा प्यारेन्ट्स भिसाको सङ्ख्यालाई दोब्बर बनाइने र दक्ष कामदारको कोटामा पनि उल्लेख्य वृद्धि गर्ने घोषणा भएको छ।

बजेट मार्फत पूर्व सरकारले आप्रवासनको क्षेत्रमा कटौती गरेको रकमलाई पनि वर्तमान सरकारले पुनः स्थापित गरेको छ।

विदेशमा रहेका भिसा प्रोसेसिङ कार्यालयहरूमा रहेको समस्या समाधान गर्न र शरणार्थीहरूका लागि सहयोग व्यवस्थापन गर्नका लागि सरकारले गृह मामिला विभागलाई करिब ५७ करोड डलर दिने पनि बजेट मार्फत घोषणा भएको छ।

यद्यपि यस अघि आशा गरिएको भन्दा यो करिब ३० करोड डलरले कम हो।

A breakdown of the skilled visas available in the 2022/23 budget
A breakdown of the skilled visas available in the 2022/23 budget.

भिसाको सम्बन्धमा एल्बनिजी सरकारको बजेटमा के छ त?

सरकारले यस अघि नै भिसा प्रासेसिङ्गमा हुँदै ढिला सुस्तीलाई कम गर्न करिब ३ करोड ६० लाख डलर खर्चिने बताइसकेको छ।

यसका अलावा स्थायी बसोबासको सङ्ख्या पनि १६०,००० बाट बढाएर १९५,००० पुर्‍याउने घोषणा सेप्टेम्बर महिनामै भइसकेको छ।

स्थायी बसोबास सङ्ख्यामा थप वृद्धि गर्ने निर्णय नभएता पनि प्रशान्त क्षेत्रका मुलुक र टिमोर लिस्टेका नागरिकहरूका लागि थप ३,००० कोटाहरू उपलब्ध गराउने सरकारले बजेट मार्फत जनाएको छ।

यसै गरी दक्ष कामदार भिसा सङ्ख्यालाई ७९,६०० बाट बढाएर १४२,४०० पुर्‍याउने सरकारले घोषणा भएको छ, जसले कामदार अभावको सामना गरिरहेका व्यवसायहरूलाई केही राहत दिने अनुमान गरिएको छ।

थपिएको दक्ष कामदार भिसा अन्तर्गत व्यवसायले प्रायोजित गर्ने भिसा, स्कील्ड इन्डीपेन्डेन्ट र रिजनल एवम् राज्य र प्रदेशले प्रायोजन गर्ने भिसाहरू पर्नेछन्।

लगभग दोब्बर अभिभावक भिसा

प्यारेन्ट्स भिसा भनिने अभिभावकहरूलाई प्रदान गरिने भिसालाई यस वर्ष दोब्बर बनाइने सरकारी बजेट मार्फत घोषणा भएको छ।

यस अघि ४,५०० रहेको भिसा सङ्ख्या यस वर्षका लागि ८,५०० पुर्‍याइएको छ।

मानवता सम्बन्धी अन्य भिसाको सङ्ख्या भने यथावतै रहेको छ भने अफगानी नागरिकहरूका लागि चार वर्षका दौरान थप १६,५०० भिसा उपलब्ध गराईदैछ।

दक्ष भिसामा भने विदेशमा रहेका त्यसमा पनि अस्ट्रेलियामा रहेर काम गरिरहेका न्युजिल्यान्डका नागरिक प्राथमिकतामा पर्ने बताइएको छ।

विस्तार गरिएको आप्रवासन कार्यक्रमले कर वापतको थप आम्दानी गर्ने

परिमार्जन कार्यक्रमले चार वर्षमा सरकारी ढुकुटीमा ९३ करोड डलर भन्दा बढी रकम आम्दानी गर्ने बताइएको छ।

तर अतिरिक्त सेवा र विद्यालय वा अङ्ग्रेजी भाषा कक्षाका लागि भने करिब ४८ करोड डलर खर्च हुनेछ।

केही अस्ट्रेलियालीहरुले आप्रवासी भित्रँदा स्थानीयलाई रोजगारी पाउन मुस्किल हुने धारणा राखे पनि स्वतन्त्र अर्थविद् क्रिस रिचार्डसन, सन् १९७० ताका विवाह भएका महिला काममा फर्कँदा पुरुषको रोजगारी खोसिन्छ भन्ने हल्ला जस्तै भएको तर्क गर्छन्।

“आप्रवासनले अस्ट्रेलियालाई ठुलो बनाउँछ, बजेट वा अर्थव्यवस्थालाई राम्रै मात्र गर्छ भन्ने कुरा चाहिँ हुदैन,” उनले भने।

सामुदायिक समूहबाट प्रतिक्रिया

पारिवारिक र घरेलु हिंसामा परेका अस्थायी भिसाबाहकहरूको सहयोगका लागि बजेट विनियोजन गरेकोमा शरणार्थी सम्बन्धी संस्था असाइलम सीकर रिसोर्स सेन्टरले सरकारको प्रशंसा गरेको छ।

सरकारले १ करोड २० लाख भन्दा बढी रकम सहयोगका लागि उपलब्ध गराउने बाचा गरेपछि सेन्टरले सरकारको तारिफ गरेको हो।

यद्यपि सरकारले चुनावमा बाचा गरेका केही मुख्य विषयमा कदम नचालेको संस्थाले बताएको छ।

“सन् २०२२/२३ को बजेट, शरण खोज्ने मानिसहरूका लागि दयालु र निष्पक्ष देशका रूपमा जनताका अपेक्षाहरू पुरा गर्न सकेन,” विज्ञप्ति मार्फत संस्थाले जनाएको छ।

उक्त संस्थाले शरणार्थी भिसाको निर्णयमा भइरहेको ढिलाइ र डिटेन्सन सेन्टरहरूमा बढिरहेको खर्चमा पनि निराश भएको बताएको छ।


3 min read

Published

By Charis Chang

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now