स्थानीय काउन्सिलहरूलाई अस्ट्रेलिया दिवसको अवसरमा नागरिकता वितरण गर्न बाध्य पारिने

सङ्घीय सरकारले जनवरी २६ अर्थात् अस्ट्रेलिया दिवसको दिन नागरिकता वितरण कार्यक्रम गर्न स्थानीय काउन्सिलहरूलाई बाध्यकारी व्यवस्था ल्याएको छ। केही नगरपालिकाहरूले नागरिकता वितरण कार्यक्रम आदिवासीहरूको सम्मान स्वरूप अन्य दिनका लागि सार्ने मत राखेपछि सरकारले उक्त कदम चालेको हो। केहिले सरकारको कदमको समर्थन गरेका छन् भने अन्यले जनताको भावना सँगै सरकार परिवर्तन हुन नसकेको बताएका छन्।

Australian citizenship recipients and their guests attend a citizenship ceremony on Australia Day in Brisbane, Thursday, Jan. 26, 2017. (AAP Image/Dan Peled) NO ARCHIVING

Australian citizenship recipients and their guests attend a citizenship ceremony on Australia Day in Brisbane, Thursday, Jan. 26, 2017. Source: AAP

सङ्घीय सरकारले नागरिकता नियमावली मा संशोधन गर्दै प्रत्येक काउन्सिलले अस्ट्रेलिया दिवसका दिन नै नागरिकता वितरण कार्यक्रम गर्नु पर्ने व्याध्यकारी व्यवस्था ल्याएको छ।

सरकारको यस कदमबारे बोल्दै लेबर नेता बिल शर्टनले सरकारले अस्ट्रेलिया दिवस माथि राजनीति गरिरहेको आरोप लगाएका छन्।

तर नयाँ नियमावली २०२० पछि मात्र लागू हुनेछ।

अध्यागमन मन्त्री डेभिड कोल्म्यानले सम्पूर्ण नयाँ नागरिकहरूले अस्ट्रेलिया दिवसका दिन अस्ट्रेलियाली बन्ने अवसर पाउनु पर्छ भन्ने बिचार व्यक्त गरेका छन्।

तर विपक्षी नेता बिल शर्टनले चाहिँ सरकारको यो कदम रूढिवादी मतदाताहरूलाई खुसी पार्ने प्रयास भएको बताएका छन्।

१०० भन्दा बढी काउन्सिलहरूले जनवरी २६ मा नागरिकता वितरण कार्यक्रम आयोजना गर्दैनन्, कतिपयले अधिक गर्मीलाई यसको कारण देखाएका छन्।

अन्यले आदिवासी समुदायलाई थप पिडा नहोस् भन्नका लागि अर्को कुनै दिन छान्नु महत्त्वपूर्ण हुने बताएका छन्।

साथै समारोहमा आउँदा लगाउनु पर्ने पोसाकका बारेमा पनि मापदण्ड बनाइनेछ। जसमा समुन्द्र किनारमा जाँदा लगाइने हाफ पाइन्ट र चप्पललाई प्रतिबन्धित गरिने छ।

स्थानीय सरकार र काउन्सिलहरूको प्रतिनिधित्व गर्ने प्रमुख समूहले पनि नागरिकता वितरण समारोह अस्ट्रेलिया दिवस कै दिन गर्न दबाब दिनु अनौठो भएको बताउँछन्।

मेलमिलाप अस्ट्रेलियाका उप-प्रमुख टम काल्मा पनि यो विषयमा छलफल हुनु पर्नेमा जोड दिन्छन्।

"मेरो बिचारमा पनि छलफल हुनु आवश्यक छ। सम्पूर्ण अस्ट्रेलियालीहरूका लागी जनवरी २६ ले साच्चिकै के महत्त्व राख्दछ भन्ने बारे चर्चा गरौँ। त्यस दिन के को उत्सव मनाउनु पर्छ भन्ने बारेमा।"

तर प्रधानमन्त्री स्कट मोरिशन भने काउन्सिलहरूले राष्ट्रिय दिवसका रूपमा पहिचान नगर्नको लागी बहाना बनाएको विश्वास गर्छन्।

"संसारकै सफल आप्रवासीहरूको राष्ट्रमा अन्य दिन भन्दा अस्ट्रेलिया दिवसका दिन नै नागरिकता प्राप्त गर्ने अवसर दिइनु पर्छ।"

प्रधानमन्त्रीको भनाइलाई न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरिजिक्लीएनले पनि समर्थन गरेकी छन्।

त्यस्तै आदिवासी योर्टा योर्टा समुदायका मुर्रे अस्टिनले पनि अस्ट्रेलिया दिवसका दिन सम्पूर्ण अस्ट्रेलियाली एक हुनु पर्ने बताएका छन्।

उनले विगत भनेको बितिसकेको समय भन्दै अब नयाँ शिराबाट एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका छन्।

नयाँ नियमका अनुसार, काउन्सिलहरूले दोस्रो चरणको नागरिकता वितरण समारोह सेप्टेम्बर १७ अर्थात् अस्ट्रेलियाली नागरिकता दिवसका दिन आयोजना गर्नु पर्ने छ।

Group of people waving Australian flags
Group of People Waving Australian Flags in Back Lit Source: Getty Images

अस्ट्रेलियाली स्थानीय सरकार सङ्घका अध्यक्ष डेभिड ओ'लघ्लिन अस्ट्रेलिया दिवस र नागरिकता समारोहलाई जोडेर हेरिनु आश्चर्यजनक भएको विचार राख्छन्।

"यदि अस्ट्रेलिया दिवसलाई अस्ट्रेलियाको लागी सर्वोत्कृष्ट दिन भनेर स्थापित गर्न चाहेको हो भने, अस्ट्रेलिया दिवसका लागी वितरण गरिने सम्पूर्ण पुरस्कारहरू त्यही दिनमा वितरण किन नगर्ने त?"

अस्ट्रेलिया दिवसका दिन उक्त समारोह नगर्ने पक्षमा सभासद्हरूले मत हाले पछि यार्रा नगरले नागरिकता वितरण समारोह आयोजना गर्ने अधिकार गुमाएको छ।

मेयर ड्यानी बोस्लरले अन्य काउन्सिलहरूलाई पनि यो विषयमा छलफल सुरु गर्न प्रोत्साहित गरेका छन्।

"म अन्य काउन्सिलहरूले कुन दिन र कसरी समारोह गर्नु पर्छ भन्ने बारे सुझाव दिन चाहन्न। मा यति भन्न चाहन्छु स्थानीय ज्येष्ठ आदिवासीहरू सँग परामर्श गर्नुहोस्, र त्यस्तो निर्णय लिनुहोस् जुन तपाईँको समुदायका लागी सही छ।"

 साथै समारोहमा आउँदा लगाउनु पर्ने पोसाकका बारेमा पनि मापदण्ड बनाइनेछ। जसमा समुन्द्र किनारमा जाँदा लगाइने हाफ पाइन्ट र चप्पललाई प्रतिबन्धित गरिने छ।

पोशाकक सम्बन्धमा पनि सर्वसाधारणबाट मिश्रित प्रतिक्रिया आएको छ।

 


Share

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now