SKIP TO MAIN CONTENT

दुर्व्यवसनबाट मुक्त हुन सहयोगको खाँचो

अस्ट्रेलियाका स्वस्थ्य बिज्ञहरुले, यहाँ रहेको प्रवासी समुदायले लागु पदार्थको दुर्व्यवसनबाट छुटकारा पाउन आवश्यक सहयोग पाउन नसकिरहेको तथ्यलाई प्रकाशमा ल्याएका छन्।

Meth remains Australia's poison of choice

3 min read

Published

Updated

By Jarni Blakkarly

Presented by SBS Nepali

Source: SBS



Skip to article content

लागु पदार्थको कुलतमा रहेका प्रवासी समुदायका धेरै सदस्यहरूले चाहँदा चाहँदै पनि आवश्यक सहयोग जुटाउन नसकेको स्थिति हाल रहेको बताइएको छ।

विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने युवाहरू, “आइस” भनिने क्रिस्टल मेटाएमफेटामिन सेवन गर्ने कुलतमा रहेको र त्यसबाट उम्कन चाहिने सहयोग उनीहरूको आवश्यक्ता अनुसार पूरा नभएको कुरा हालै न्यु साउथ वेल्स राज्यको संसदीय समितिलाई बताइएको थियो।

यसरी आइस सेवनको खराब आदतको चपेटामा पर्ने थुप्रै युवाहरूमध्ये एक फावाद रफी पनि हुन्।

उनी अफगान शरणार्थीको रूपमा अस्ट्रेलिया भित्रिएका थिए। हाल ३१ वर्षका रहेका रफीले आफू १७ वर्षको हुँदा देखिनै आइसको सेवन गर्न थालेको बताउँछन्।

तर जब आइस सेवनले उनीभित्र रहेको पिडालाई राहत दिन छोड्यो- उनले त्यसपछि- त्यस लागु औषधको सेवन बन्द गरेको बताउँछन्।

त्यस दुर्व्यवसनबाट उम्कन आफूलाई निकै समय लागेको रफी बताउँछन्।

Fawad Raoofi has been in recovery for four years after turning his life around.
Fawad Raoofi has been in recovery for four years after turning his life around. Source: SBS

घर परिवार बाट पढाइमा ध्यान दिन निकै दबाब आएपछि, आइस लिन सुरु गरेको र यसको आकर्षणबाट बाहिरिन धेरै समय लागेको उनी स्वीकार गर्छन्।

अन्य धेरै युवाहरू झैँ, लागु औषधको तलतललाई मेट्न, उनले पनि चोर्ने, ठग्ने र कानुनको अवज्ञा गर्दै जथाभाबी गाडी चलाउने कामहरू गरे। यसले गर्दा उनले निकै पल्ट जेल पनि जानु परेको थियो।

यसका साथै, उनलाई आफ्नो परिवार र समुदायबाट सहयोग माग्न निकै अफ्ठेरो लाग्ने गरेको पनि उनी बताउँछन्।

यस्ता कार्यहरूले, उनको परिवारको सम्मान र मर्यादामा निकै आँच ल्याउन सक्थ्यो परिवारको अफगान संस्कृतिको गौरवमै ठेस लाग्दथ्यो।

त्यही भएर परिवारसँग सहयोग माग्न आफूलाई सहज नभएको उनी बताउँछन्।

तर आप्रवासी समुदायका युवाहरूमा हुने यस समस्याको एक्लो उदाहरण फवाद मात्र हैनन्।

Crystal methamphetamine (ice) examination of use in Australia from the APSAD Scientific Alcohol and Drugs Conference, 2016.
Crystal methamphetamine (ICE) Source: AAP

अस्ट्रेलियामै रहेको केन्द्रीय जनजाति काउन्सिलका पिटर दउकासका अनुसार, “आइस”को समस्या अन्य अस्ट्रेलियाली युवाहरूमा जस्तै आप्रवासी समुदायका युवा पुस्ता माझ पनि विकराल समस्या बन्दै गएको छ।

आप्रवासी समुदायले पहिले देखिनै भाषा, स्वास्थ्य र अन्य सेवाहरूमा दु:ख पाइरहेको बेला, यो अर्को नयाँ थप पीडा आइपरेको उनले भनाई छ।

यस विषयका जानकारहरू परिसरकारले यस डरलाग्दो दुर्व्यवसन रोक्न विभिन्न क्षेत्रहरूमा थप लगानी गर्नु पर्ने कुरामा जोड दिन्छन्।

न्यूकासल विश्वविद्यालयकी फ्रान्सेस के-लाम्किनले भाषागत कुरा मात्र नभएर सरकारी निकायहरूले आप्रवास सम्बन्धित सबै क्षेत्रहरू, जस्तै समुदायमा जागरुक्ता र सुलभ सुविधामा थप लगानी गर्न अत्यावश्यक रहेको कुरा अगाडी सार्छिन्।

फावदले आइस सेवनबाट मुक्त हुन थालेको अहिले चार वर्ष भइसकेको छ, र अब नयाँ जीवन सुरु गर्न आफू तयार रहेको उनी बताउँछन्।

उनी जस्तै दुर्व्यवसनको पीडामा रहेका हरूलाई सही बाटो देखाउनका लागि हाल उनी स्वयंसेवकको रूपमा काम गर्न थालेका छन् ।

उनी कुलतमा लागेकाहरूले सहयोग गुहार्न डराउन हुन्न भनी सन्देश दिन्छन्।

आफूले गरेको केही गलत कामका आधारमा आफू खराब मानिस नभएको बताउँदै, आफू अरूको लागि उपयोगी हुने कुरामा विश्वस्त रहेको बताउँछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now