SKIP TO MAIN CONTENT

पेलेको सम्मानमा रङ्गशालाको नामकरण गर्न विश्वका सबै मुलुकलाई फिफाको प्रस्ताव

विश्व फुटबलका महान् हस्ती पेले प्रति सम्मान प्रकट गर्न फिफाले विश्वका सबै मुलुकमा पेलेका नाममा रङ्गशालाको नाम राख्न प्रस्ताव राखेको छ।

A man signing a football
The only Australian stadium Pele played in, the Sydney Sports Ground in 1972, has since been demolished. Source: Getty / Clive Mason

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: AAP



Skip to article content

मुख्य बिषय:

  • फिफाद्वारा पेलेका नाममा हरेक देशमा रङ्गशाला बनाउन प्रस्ताव।
  • अस्ट्रेलियामा भने पेले खेलेको रङ्गशाला भत्की सकेको छ।
  • फिफाको प्रस्ताव कसरी कार्यान्वयन हुन्छ भन्नेमा भने दुबिधा छ।

विश्व फुटबलका महान् खेलाडी पेलेको निधन पछि फिफाका अध्यक्ष जियानी इन्फानटीनोले प्रत्येक राष्ट्रलाई पेलेको सम्मानमा रङ्गशालाको नाम राख्नका लागि अनुरोध गर्ने बताइरहेका छन्।

ब्राजिललाई तीन पटक विश्वकप चुम्न अहम् भूमिका खेलेका पेलेको क्यान्सरका कारण ८२ वर्षको उमेरमा डिसेम्बर २९ मा मृत्यु भएको थियो।

पेलेको अन्तिम संस्कारका लागि ब्राजिल पुगेका फिफा अध्यक्ष इन्फानटीनोले पत्रकारहरूसँग कुरा गर्दै सबै मुलुकलाई पेलेको सम्मानमा रङ्गशालाको नाम राख्न अनुरोध गरेका थिए।

“विश्वका हरेक देशलाई उनीहरूका भएका रङ्गशाला मध्ये एउटालाई पेलेको नाम दिन प्रस्ताव गरिनेछ,” फिफा अध्यक्षले भने।

हाल फिफाको यो प्रस्तावले कसरी काम गर्छ भन्ने कुरा चाहिँ दुबिधा रहेको छ।

रङ्गशालाको नाम निर्माण गरिदिने संस्था वा स्थानीय खेलाडीकै नाममा राखिने भएकाले यसले कसरी काम गर्छ भन्ने दोधार छ।

अस्ट्रेलियामा भने पेलेले सन् १९७२ मा खेलेको एक मात्र रङ्गशाला सिड्नी र्स्पोटस् ग्राउन्ड हाल भत्काइसकिएको छ।

हाल उक्त जग्गामा एलियान्ज स्टेडियमको कार पार्क रहेको छ।

पलेले अस्ट्रेलियाका अन्य रङ्गशालामा खेल नखेलेकाले, उनीसँग सम्बन्ध राख्ने कुनै पनि खेल मैदान छैनन्।

फिफाको प्रस्तावलाई कतिपय मुलुकका क्लबले भने पेलेसँगको वास्तविक सम्बन्ध बिना नै स्वागत गरेका छन्।

यस अघि सन् २०२१ अप्रिलमा रियो डी जेनेरीयोमा रहेको माराकाना रङ्गशालालाई पेलेको नाममा नामकरण गरिने प्रस्ताव गरिएको भए पनि राज्य सरकारले भिटोको प्रयोग गरी अस्वीकार गरेको थियो।

Pele stands next to Maradona
Brazilian soccer legend Pele (L) and Argentinian soccer legend Diego Maradona (R) during a match between Italy and Argentina in Zurich, Switzerland, 10 June 1987. Source: AAP / STR/EPA

पेलेको निधन पछि फिफा अध्यक्ष इन्फान्टीनोले एक विज्ञप्ति जारी गर्दै, “सुन्दर खेल मन पराउने सबैका लागि, हामीले पेलेलाई गुमाउँछौ भन्ने दिनको कहिल्यै कल्पना गरेका थिएनौ” भनेका छन्।

उनले पेलेलाई उदाहरणीय खेलाडीका रूपमा व्याख्या गर्दै, “उनको जादुमय उपस्थितिमा, उनको साथमा रहँदा बाकि विश्व रोकिने,” बताए।

“उनको जीवन फुटबल भन्दा ठुलो थियो, ब्राजिलका लागि उनले विश्वको धारण परिवर्तन गरिदिए, उनको विरासत शब्दमा बयान गर्न कठिन छ।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now