रुस![]() |
| विश्वकप २०१८ रुसको लागि एक महत्वपुर्ण समय हो। फुटबल मैदानभन्दा बाहिर आफ्नो बर्चस्व बढाइरहेको रुस, यस प्रतियोगिता मार्फत फुटबलमा पनि अब्बल हुन् चाहन्छ। यदि यस्तो भयो भने यो एक अचम्म हुनेछ किनकि रुस यस प्रतियोगितामा सहभागी टोलीहरु मध्य सबैभन्दा कम आङ्कन्लन गरिएको टोली हो। अनि यस प्रतियोगितामा आउनु भन्दा अगाडी पनि उसको प्रदर्शन त्यत्तिको सन्तोषजनक रहेको छैन। एक अभ्यास म्याचमा अस्ट्रियासंगको खेल्दासम्म रुसले लगातार ६ खेलहरुमा हारेको छ।आफ्नै भूमिमा र आफ्नै समर्थकहरुको माझमा हुन लागेको विश्व कपमा राम्रो प्रदर्शन गर्न रुसका लागि निक्कै ठुलो चुनौती रहेको प्रशिक्षक स्तानिस्लाव चेर्चेसोव स्वीकारछन्।पुर्व सोभियत संघको विघटन पछि नक-आउट चरण भन्दा माथि उक्लन नसकेको रुसलाई यसपाली पनि हम्मे हम्मे नै पर्ने देखिन्छ। उसको पहिलो खेल जुन १५ तारिखमा साउदी अरेबिया विरुद्ध मस्कोमा हुनेछ। |
उरुग्वे![]() |
| उरुग्वे यस समूहमा पहिलो हुने छाँटकाट देखिएको छ। यो सानो दक्षिण अमेरिकन देशको टोलीको फुटबलमा गौरब गर्न लायकको इतिहास छ।सन् १९३०मा पहिलो विश्व बिजेता देखि सन् १९५०मा ब्राजिललाई उसकै भूमिमा हराउनसम्म सफल रहेको उरुग्वेसंग यसपाली पनि, अघिल्ला संस्करणहरुमा झैँ बार्सेलोनाबाट क्लब फुटबल खेल्ने, लुइस सुवारेजजस्ता प्रतिभावान खेलाडी उपलब्ध छ।तथापि, उनी विवादास्पद खेलाडी हुन् र सबैको नजर यिनमा पर्ने पक्का छ। सन् २०१४को प्रतियोगितामा इटालीसंगको खेलमा यिनले आफ्ना एक प्रतिद्वन्दी खेलाडीको कान टोकिदिएका थिए र उनलाई प्रतियोगिताबाट निलम्बन गरिएको थियो।त्यस्तै, सन् २०१०को प्रतियोगितामा घानासंगको खेलमा सुवारेजले आफ्नो हातले छेकेर बललाई गोल हुनबाट जोगाएका थिए। यो निक्कै विवादास्पद घटना थियो र यसैको आडमा रहेर उरुग्वे उक्त प्रतियोगिताको सेमी-फाइनलसम्मै पुगेको थियो।सुवारेज मात्र नभई उरुग्वेसंग पेरिस सेन्ट जेर्मेंबाट खेल्ने एडिसन कभानी पनि उपलब्ध हुनेछन् भने अरु नाम चलेका खेलाडीहरुमा रोद्रिगो बेतान्कुर र मथियास वेंसिनो छन्। यसगरी कप्तान डिएगो गोदीन र माक्सी पारेरा जसले उरुग्वेको निम्ति सबैभन्दा बढी खेल खेलेका छन्, उनीहरुको उपस्थितिले यस टोलीलाई निक्कै सशक्त बनाएको छ। |
इजिप्ट![]() |
इजिप्टले सबैलाई अचम्ममा पार्न सक्छ र सन् १९९० पछि यस प्रतियोगितामा आफ्नो उपस्थिति जनांउदै छ। मोहम्मद सालेह, जो इङ्ग्लिश प्रिमिर्यर लिग अन्तर्गतको लिभरपुल टीमका एक सशक्त स्ट्राइकर हुन्, इजिप्टले उनी माथी धेरै नै आस राखेको छ। उनले यसपाली उक्त प्रतियोगिताभर ३२ गोल गरेका थिए तर च्याम्पियन्स लिगको फाइनल खेलमा घाइते भएपछि उनको विश्वकपमा हुने उपस्थिति र प्रदर्शनी प्रति प्रश्न चिन्ह लागेको छ। तथापि, इजिप्टका प्रशिक्षक हेक्टर क्युपर भने उनको टोली सालेहमा मात्र भर गरेर नबसेको बताउँछन्। सालेह कत्तिको महत्वपुर्ण खेलाडी हुन् भनेर बुझ्न सुवारेज जस्ता महारथीले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेबापत बुझ्न सकिन्छ।"म चाहन्छु उरुग्वे आफ्नो खेल जित्नको लागि मात्र नभई, सबैभन्दा सर्वश्रेष्ठ विपक्षी विरुद्ध जित्न सफल रहोस्। साथै, म चाहन्छु सालेह चांडै निको हुन् र मैदानमा हामी विरुद्धहुने खेलमा उपस्थित हुन् । " |
साउदी अरेबिया![]() |
| ग्रिन फाल्कनको नामले पनि प्रख्यात साउदी अरेबियाको टोली सन् १९९४ एक चोटी नाक-आउट चरणसम्म पुगेको थियो तर त्यसपछि भने उसको प्रदर्शन विश्वकपहरुमा निराशाजनक रहेको छ। सन् १९९८, २००२ र २००६मा उसले कुल ९ खेलमा हारको मुख हेर्यो भने एक पनि खेल जित्न सकेन।सन् २०१० तथा २०१४का विश्वकपहरुमा प्रवेशै नपाएको साउदी अरेबिया टोली यसपाला भने अस्ट्रेलियाली टीमका हालका प्रशिक्षक बर्ट भ्यान मर्विकको सहायताले अस्ट्रेलियालाई नै हराउँदै विश्वकपमा प्रवेश पाएको थियो। बर्ट भ्यान मर्विक अब उनीहरुको साथमा छैनन् र अर्जेन्टिनी जुवां अन्तेनियो पिज्ज़ीले उनीहरुलाई कत्तिको सशक्त पार्ने हुन्, त्यो अबका केही हफ्तैमा थाहा हुनेछ।अभ्यास खेलहरुमा अल्जेरिया तथा ग्रिसलाई माथ दिन सफल साउदी अरेबियाले यदि यसपटकको प्रतियोगितामा २४ बर्षपछि समुह चरण भन्दा माथि उक्लन सफल भयो भने आश्चर्य हुनेछ। |
२०१८ विश्वकप सम्बन्धी थप सामाग्री |
Share




