फिफा विश्वकप २०१८: समुह "सी"मा अस्ट्रेलियालाई कत्तिको सजिलो, कत्तिको अफ्ठेरो

अस्ट्रेलियालाई यो विश्वकपसम्म आईपुग्न बाधाहरूको एउटा श्रृंखला नै पार गर्नुपर्यो भन्दा अतिशयोक्ति नहोला। फ्रान्स र डेनमार्क जस्ता ठुला टीमहरु भएको समूह "सी"मा उसलाई पेरु जस्तो टोलीले पनि प्रतियोगितामा अगाडि बढ्न थप अड्चन पार्ने पक्का छ। केही अचम्म भएन भने, यस समूहको विजेताका रुपमा फ्रान्स अगाडि बढ्नेमा कसैको दुईमत छैन।

The 2018 World Cup mascot 'Zabivaka' in Moscow's Manezhnaya Square.

The 2018 World Cup mascot 'Zabivaka' in Moscow's Manezhnaya Square. Source: AAP

अस्ट्रेलिया Image

अस्ट्रेलिया छनौट चरणबाट अगाडी बढ्ने निश्चित भएको केही दिन मात्र के भएको थियो, प्रशिक्षक एन्ज पोस्ताकग्लूले आफ्नो पदबाट राजीनामा दिएर सबैलाई चकित तुल्याइदिए।

"मैले यस विषयमा धेरै सोंचे अनि सकोरूजको प्रशिक्षकबाट बिदा लिने निर्णय गरें। म यस्तो निर्णयमा यति छिटो आउंछु भन्ने लागेको थिएन तर यस्तै अवस्था आइपर्यो। अस्ट्रेलियाको राष्ट्रिय फुटबल टीमलाई प्रशिक्षण गर्नुपाउनु मेरो लागि ठुलो अवसर थियो र म त्यसको निम्ति हृदयदेखि नै भावविभोर छु। मैले जे निर्णय लिए, त्यो एक ठिक कदम थियो भन्ने लाग्छ। "

विश्वकप भन्दा ठिक अगाडी, बिल्कुलै अकल्पनीय अवस्थामा आएको उक्त राजीनामाले, अस्ट्रेलियाली फुटबल जगतलाई तरंगित मात्र गरेन, नयाँ प्रशिक्षक खोज्नु पर्ने थप चुनौती समेत थुपारिदियो। यसै क्रममा अस्थाई प्रशिक्षकका रुपमा आएका बर्ट भ्यान मार्विकले आफ्नो नयाँ टोलीको रुसी अभियान कसरी सफल बनाउने हुन्, त्यो हेर्न बाँकी नै छ। 

उनी धेरै परसम्म हेर्न चाहिरहेको छैनन भन्ने कुरा उनको हालैका दिनमा आएका अभिव्यक्तिहरुबाट पनि थाहा हुन्छ।

"मैल खेलाडीहरुलाई भनिसकेको छु, मेरा निम्ती पहिलो खेल महत्वपुर्ण हो। मलाई अरु खेलहरुको चिन्ता अहिले छैन। पहिलो खेल सजिलो पक्कै हुने छैन र हाम्रो ठुलो चुनौती त्यस खेलमा राम्रो प्रदर्शन गर्दै अगाडी बढ्नु नै हुनेछ। "

निश्चय पनि अस्ट्रेलियाका निमित्त पहिलो खेल फ्रान्स जस्तो ठुलो शक्ति विरुद्ध सहज हुने छैन। तर, केही आशाका किरणहरु नै नभएका पक्कै पनि होइन।

एसबीएसले अस्ट्रेलिया विरुद्ध फ्रान्स खेलको प्रत्यक्ष प्रसारण १६ जुनमा बेलुकी यहीं तल ८ बजे गर्ने छ।

सकरूजका कप्तान मिले येद्नाइकले टिम काहिल जस्ता काबिल र भरपर्दा आफ्ना अग्रपंक्तिका खेलाडी माथी धेरै आसा राखेका छन्। काहिल बिना अस्ट्रेलियाली टीमको स्वरुप अकल्पनीय छ किनकी हरेक पल्ट यिनैको गोल गर्ने अद्भुत क्षमतामा अडेर सकरूज अगाडी बढिरहेको छ। 

 

फ्रान्स Image

 "ले ब्लर " भनेर पनि चिनिने फ्रान्सेली टोली यस विश्वकपमा कुनै पनि त्रुटी बिना आएको छैन।

पेरिसमा बसेर रोयेटर्सका निम्ती समाचार बनाउने एक पत्रकार जुलें प्रेटो भन्छन्, "बार्सेलोना र रियाल म्याड्रिडबाट खेल्ने समुएल उमित्ति र रफाएल भरानेले यस पटकको क्लब सिजनमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् र यस कारण डिफेन्समा बसेर खेल्ने यी दुई खेलाडीहरुबाट फ्रान्सको रक्षा पङ्क्ति सशक्त हुनेछ भन्ने कुरामा मा विश्वस्त छैन।"

"अनि, त्यसमा लरें कोसिएँली जस्ता दिग्गज खेलाडी पनि घाइते छन् जसले फ्रान्सको रक्षा पङ्क्तिलाई एक आधार स्तम्भ जस्तो भएर सघाई रहेका हुन्थे। यस्तै कारणहरुले गर्दा फ्रान्सेली प्रशिक्षक डिदिए देशोंको लागी आफ्नो डिफेन्स रणनीतिलाई लिएर निकै ठुलो समस्या छ। "

देशोंले सन् १९९८मा फ्रान्सलाई कप्तानको रूपमा विश्वकप चुमाएका थिए र अहिले फेरी उनी माथि नै फेरी एकपल्ट विश्वकप आफ्नो पोल्टामा पार्न दबाब छ।

प्रेटोका अनुसार यो फ्रेन्च टीममा धेरै अनुभव नभएका युवाहरुको बाहुल्यता छ जो बेला-बेलामा आफ्नो ध्यान खेलबाट अन्य चीजहरुमा मोडी रहन्छन्।

 

डेनमार्क Image

यूरोपेली टीमहरु मध्य, सबैभन्दा तेज रफ्तारमा आफ्नो खेल सुधारिरहेको डेनमार्कले अस्ट्रेलियाको रुसी अभियानमा ठुलै तगारो नलाउला भन्न सकिने अवस्था छैन। 

सन् २०१६ देखि खेलिएका ११ खेलहरुमा हारको सामना नै नगरेको डेनमार्कले पोल्याण्डलाई प्रभावशाली रुपमा ४-०ले  हराउन समेत सफल भएको थियो। इङ्ग्लिश प्रिमियर लीग अन्तर्गतको टोटन्ह्याम ह्ट्स्परबाट खेल्ने गरेका क्रिस्टियन एरिक्सन निकै सशक्त फर्ममा छन् र उनैको सहायताले डेनमार्क समूह चरणबाट माथि उक्लिन सक्छ।

 

पेरु Image

रुसमा हुन गैरहेको विश्वकपको यस संस्करणमा छनौट हुने अन्तिम टीम थियो - पेरु। उसको लागि यो निकै उतार-चढावको यात्रा थियो।

कप्तान पाउलो गुएर्रोलाई कोकेंन नामक एक नशालु पदार्थ सेवन गरेको पाइएपछि फुटबलबाट उनको ६ महिने निलम्बनलाई बढाएर विश्वकप पछि मात्रै फुकुवा हुने निर्णय  "कोर्टअफ आर्बिटेशन फर स्पोर्ट्स" नामक खेल जगतमा कानुनी मध्यस्तता गर्ने एक अन्तरराष्ट्रिय न्यायिक आयोगले गरेको थियो। 

यस निर्णयले पेरुको विश्वकप अभियान लगभग रोकेकै भान भएको थियो। गुएर्रोलाई पेरुमा एक ज्यादै नै मनपराईका नेताका रुपमा हेरिन्छ र उनी पेरु फुटबल टीमबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। 

त्यस निर्णय लगत्तै कप्तान गुएर्रोले भनेका थिए "उनीहरुले मेरो सपना मबाट चुडेर लगे। फुटबल मेरो जिन्दगी हो।"

प्रशिक्षक रिकार्दो गार्सियाले दुख मनाउ गर्दै भने, " हामी सबैलाई थाहा छ, गुएर्रो निर्दोष छन् र यस आपतको बेलामा हामी सबै पेरुवासी उनको साथमा छौं। उनी एक व्यवसायिक रुपमा अब्बल खेलाडीको रुपमा छन्। हाम्रो कथा अगाडी बढ्ने छ।"

तर, समयको गति हेर्नुहोस, समूह "सी"का बाकीं ३ वटै टीमका कप्तानहरुले उनको समर्थन गरेपछि संघीय स्वीस न्यायालयले गुएर्रोलाई विश्वकपमा भाग लिन पाउने गरी अस्थायी रुपमा आफ्नो निर्णय निलम्बन गरेको छ। 

गुएर्रोले साउदी अरेबिया बिरुद्धको एक तयारी म्याचमा २ गोल गर्दै पेरुलाई ३-०ले जिताउन सफल भएका थिए। "लोस इङ्कास" नामले पनि चिनिने पेरु फुटबल टोलीका निमित्त यो एक राम्रो लक्ष्यण हुनसक्छ जसले ३६ बर्षपछिको लामो अन्तर पछि विश्वकपमा आफ्नो सहभागिता जनाइरहेका छन्। यो अर्कै कुरा हो कि उनीहरु कति अगाडी बढ्न सक्छन!

 


 

READ MORE


4 min read

Published

Updated

By SBS Nepali, Gareth Boreham

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now