फिफा विश्वकप २०१८: समूह "डी"मा अर्जेन्टिनालाई टक्कर नै टक्कर

विश्वकप फुटबलको इतिहासमा सँधै सशक्त टोलीको रुपमा पहिचान बनाएको अर्जेन्टिनाले धेरै नेपालीहरुको मनमा छाप छोड्न सफल हुँदै आएको छ। नाइजेरिया, क्रोएसिया र आइसल्याण्ड जस्ता राम्रै फुटबल खेल्ने राष्ट्रहरु सम्मिलित समूह "डी"मा रहेको अर्जेन्टिनालाई अगाडी बढ्न उत्कृष्ठ खेलहरु लगातार रुपमा नै प्रदर्शन गर्नुपर्ने देखिन्छ।

FIFA Fan Fest Kick Off - 2018 FIFA World Cup Russia

Russian fans smiling during the official opening of the FIFA Fan Fest at Vorobyovy Gory (Sparrow Hills) on June 10, 2018 in Moscow, Russia. Source: FIFA

अर्जेन्टिनाImage

अघिल्लो विश्वकपको उपविजेता समेत रहेको अर्जेन्टिना यसपाली भने निकै फितलो खेल प्रदर्शन गर्दै, बल्ल तल्ल इक्वेडरलाई पछार्दै, अन्तिम समयमा छनौट चरण पार गरेर यहाँसम्म आइपुगेको छ।

गएका विश्वकपहरुमा ५ चोटी फाइनल चरणसम्म पुगेको अर्जेन्टिनाले २ वटामा सफलता हात पार्न सकेको थियो। विश्वमा यस्तो गौरवशाली इतिहास कमै मात्र राष्ट्रहरु छन्।

निकै उतार-चढावका साथ यहाँसम्म आइपुगेको अर्जेन्टिनाले गएको १ बर्षमा ३ पटक आफ्नो प्रशिक्षक फेरी सकेको छ र अहिलेका प्रशिक्षक होरहे साम्पओलीको रेकर्ड पनि त्यति सन्तोषजनक छैन - उनको प्रशिक्षणमा अर्जेन्टिनाले ४ मध्य केवल १मा मात्रै सफलता हासिल गर्न सफल भएको छ।

एसबीएसकी फुटबल विश्लेषक लुसी जेलीचको धारणा यस्तो छ:

"प्राय: जसो आकासे निलो र सेतो धर्सोहरु मिश्रित भएको जर्सी लगाउने अर्जेटिनियाली टोली माथि यसपटक ठुलो प्रश्न चिन्ह लागेको छ, उनीहरुको खेललाई लिएर। अब उनीहरुलाई कसैले पार लगाउन सक्छ भने त्यो केवल कप्तान लियोनेल मेस्सी मात्र हुनसक्छन्।"

"अर्जेन्टिना सफल हुन यसपटक मेस्सी सफल हुनैपर्दछ।"

"दे मारिया पनि अब पहिलेका जस्ता रहेनन्। हामी सबैलाई थाहै छ - हिगुएनको साथ् के भएको थियो भनेर - यदि त्यो बल गोल लाइन कटेर गोलपोष्ट भित्र छिरेको भए सन् २०१४को विश्वकप विजेता अरु कुनै राष्ट्र शायदै हुने थियो। यस्तै कुराहरुले यो टोलीलाई सताई रहेको छ।"

"के मेस्सीको निम्ति उनीहरुले राम्रो प्रदर्शन गर्नसक्छन त? अब मेस्सीको दराजमा नभएको एउटै मात्र पुरस्कार छ - विश्वकप !"

यी मेस्सीकै ह्याट्रिकको करामत थियो जसले अर्जेन्टिनालाई विश्वकपसम्म आउने बाटो बनाइदियो। गत सालको अक्टोबर महिनामा भएको छनौट चरणको अन्तिम खेलमा यदि अर्जेन्टिनाले इक्वेडरलाई नहराएको भए हामी यहाँ यो चर्चा नै गरिरहेका हुन्नथियौं।

यस समूहमा, उसको भिडन्त एक चिरपरिचित प्रतिद्वन्दीसंग, फेरी एकपटक हुनेछ।

 

नाइजेरियाImage

नाइजेरिया र अर्जेन्टिनाले विश्वकपका विभिन्न संस्करणहरुमा ५ चोटी एक अर्कालाई भेटी सकेका छन् र त्यो पनि समूह चरण मै। सुपर इगल्स पनि भनेर चिनिने यो टोली, अघिल्लो विश्वकपमाअफ्रिकी महादेशबाट भाग लिने मुलुकहरुबाट फेरी चुनिन सफल एकमात्र राष्ट्र हो।

साथै, उसले मैत्रीपूर्ण अभ्यास म्याचहरुमा पोल्याण्ड तथा अर्जेन्टिनालाई हराउन सफल भैसकेको छ।

नाजेरियाली कप्तान जोन ओबी मिकेल आफ्नो टोली यसपटक इतिहास रच्ने कुरा गर्दै भन्छन, "हामी यसपटक क्वार्टर फाइनलसम्म त अवस्यै पुग्छौं।  हामीले आफ्नो खेल्ने तरिकामा आकाश -जमिनको परिवर्तन गरेका छौँ।"

"हामीले बितेका दुई बर्ष यता निकै नै उत्कृष्ठ खेलहरु प्रदर्शन गर्दै आइरहेका छौँ र त आज हामी यहाँ (विश्वकपमा) उपस्थित छौँ।"

तर, उनले भने जस्तो, अगाडीका बाटाहरु त्यति सहज पक्कै हुनेछैन। पहिलो कुरा त, नाइजेरियाले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्नुपर्यो - जहाँ अर्जेन्टिनाका साथ साथै क्रोएसिया र आइसल्याण्ड जस्ता बलिष्ठ टिमहरुको उपस्थिति छ।

 

क्रोएसियाImage

लुका मोर्दिच जस्ता विशेष खेलाडीको साथ पाएको यस टोलीलाई सन् १९९८ पछिकै सबैभन्दा सक्षम घोषित गर्न क्रोएसियाली पण्डितहरु लागि परेका छन्। ब्लेजर्स नामले पनि चिनिने क्रोएसियाली टोली त्यस प्रतियोगितामा सेमी-फाइनल चरण सम्मै पुगेर सबैलाई आश्चर्य चकित बनाएको थियो।

नयाँ प्रशिक्षक ज्ल्यात्को दालीचसंग आफ्नो रणनीतिलाई सफल निष्कर्षसम्म पुर्याउन मारियो मान्द्जुकिच र इभान पेरिसिच जस्ता अग्रपंक्तिका खेलाडीहरुको साथ छ भने मध्य पङ्क्तिबाट खेल्ने उत्तिकै प्रतिभाशाली इभान राकिटिच।

 

आइसल्याण्डImage

विश्वकपमा भाग लिने सबैभन्दा सानो राष्ट्र आइसल्याण्डले सबैभन्दा ठुलो फड्को मार्यो भने अचम्म नमान्नुहोला! त्यो आइसल्याण्ड नै थियो जसले सन् २०१६ को युरो कपबाट इंग्ल्याण्ड जस्तो ताकतवर टोलीलाई क्वाटर-फाइनल पुग्नबाट बन्चित गरेको थियो।

जम्मा ३ लाखको हाराहारीमा जनसंख्या भएको आइसल्याण्डका प्रशिक्षक हिमर हलग्रिम्सन पेशाले एक दन्त्य चिकित्सक हुन तर उनको सक्षमतामा प्रश्न नउठाउनु होला - क्रोएसिया र युक्रेन भन्दा पहिले नै आफ्नो टोलीलाई यस विश्वकपमा ठाउँ पक्का गरिदिएर उनले आफ्नो बहुआयामिक प्रतिभा दर्शाइसकेका छन्।

हाम्री विश्लेषक जेलीच भन्छिन्, "आइसल्याण्ड अनायसै यस प्रतियोगितामा भाग लिन सफल भएको होइन र ऊसंग आफ्नो नाम राख्ने एकदमै राम्रो अवसर छ।"

उनी प्रष्ट पार्दै अगाडी भन्छिन, "आइसल्याण्डले यहाँसम्म आउन कडा परिश्रम गरेको छ। पहिले त उसले राम्ररी अध्यन गरेर आफ्नो देशमा फुटबलको विकासका लागि धेरै लगानी गर्यो। त्यस्तो चिसो ठाउँमा ठण्डी छल्न विशेष आधारभुत संरचनाहरुको निर्माण गर्यो। अनि अरु कुराहरुमा क्रमसः ध्यान पुर्याउन्दै यहाँसम्मको योजना बनायो र त्यसमा सफल पनि भयो।"


२०१८ विश्वकप सम्बन्धी थप सामाग्री


3 min read

Published

Updated

By SBS Nepali, Gareth Boreham

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now