SKIP TO MAIN CONTENT

विश्वका खुशी राष्ट्रहरूको सूचिमा दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल पहिलो स्थानमा

यस बर्षको विश्वको सबैभन्दा खुशी राष्ट्रहरूको सुचिमा नेपाल ८५औं स्थानमा आए पनि दक्षिण एसियाली मुलुकहरुको बीचमा भने पहिलो स्थानमा परेको छ।

People enjoying snowfall at Chandragiri, Nepal.
This file picture shows people enjoying snowfall at Chandragiri, Nepal. Source: RSS/Pradeep Raj Onta

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

यस रिपोर्टका अनुसार, नेपालको छिमेकी मुलुकहरु मध्ये- बाङ्गलादेश ९४औं स्थानमा रहेको छ भने, भारत भने तालिकामा १३६औं स्थानमा परेको छ।

र एकपल्ट फेरि विश्वकै सबैभन्दा खुशी राष्ट्रको रुपमा उत्तरी युरोपियन मुलुक फिनल्याण्डको चयन भएको छ।

यो बर्षको पहिलो स्थानसँगै, फिनल्याडले सबैभन्दा खुशी मुलुकको रुपमा लगातार पाँचौ पल्ट यो उपाधि हात पार्न सफल भएको छ।

Finland has come out on top of an international index that ranks nations by how happy they are as places to live.
Source: AP

यस रिपोर्टका अनुसार, नेपालको छिमेकी मुलुकहरु मध्ये- बाङ्गलादेश ९४औं स्थानमा रहेको छ भने, भारत भने तालिकामा १३६औं स्थानमा परेको छ।

नेपालको उत्तरको छिमेकी चीन भने ७२औं स्थानमा रहेको छ।

फिनल्याण्डसँगै तालिकाको पहिलो पाँचमा यरोपिय महादेशका डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड परेका छन्।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्नु अघि यस तालिकाको लागि तथ्यांकहरु संकलन गरिएको यसका प्रकाशकहरुले जानकारी दिएका छन्।

फिनल्याण्डको पूर्वी छिमेकीको रुपमा रुस रहेको छ।

यस पछिल्लो तथ्यांकको अनुसार, तुलनात्मक रुपमा सन्तोष र खुशीको सूचांकहरुमा प्रगति गर्ने मुलुकहरुमा बुल्गेरिया, रोनामिया र सर्बिया परेका छन्।

तर केहि देशहरुमा भने असन्तोषका सूचांकहरु बढेर गएको छन्- जस्तै लेबनान, अफगानिस्तान र भेनेजुयला।

अफगानिस्तानमा तालिबानको सरकारको पुनर्स्थापना र लेबनानको बिग्रदो आर्थिक अवस्थाले यसलाई इंगित गरेको यस रिपोर्टबाट प्रष्ट देखिएको छ।

द वर्ल्ड ह्यापिनेश रिपोर्टको रुपमा प्रकाशित हुने विभिन्न राष्ट्रहरुलाई दर्जा दिने यस तालिका गत दश बर्षदेखि प्रकाशित हुँदै आएको छ।

Nordic countries topped the World Happiness index, with Finland leading for the fourth consecutive year.
Nordic countries topped the World Happiness index, with Finland leading for the fifth consecutive year. Source: Jussi Nukari/Lehtikuva, AP

विभिन्न देशहरुलाई यस तालिकामा सुचिकृत गर्नका लागि- ति मुलुकहरुको आर्थिक र सामाजिक सुचनाहरुको अन्वेषण गरिन्छ र बिगत तिन बर्षको औषत लिएर विभिन्न दर्जा दिइन्छ।

यसपल्टको रिपोर्टमा १४६ देशहरुको सूचनाहरु संकलन गरिएको थियो।

यता अस्ट्रेलिया भने गत बर्षझै १२औं स्थानमा रहेको छ।

न्युजिल्याण्ड भने अस्ट्रेलियाभन्दा एक स्थान माथि रहेको छ। 

अमेरिका र बेलायत भने क्रमश: १६औं र १७औं स्थानमा रहेका छन्।

सर्वसाधारणमा रहेको सन्तोषको भावनाका साथै उनीहरु रहेको देशको औसत आम्दानी, उपलब्ध सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टचारको प्रकोप लगायतका सूचनाहरुलाई पनि यस तालिका निर्माणका क्रममा, ध्यानमा दिईन्छ।

Nordic countries topped the index of the world's happiest countries, with Finland leading for the fourth consecutive year. LEHTIKUVA / HEIKKI SAUKKOMAA - FINLAND OUT. NO THIRD PARTY SALES.
People enjoy hot summer day in a lake in Espoo, Finland on June 26, 2020. Source: Lehtikuva

फिनल्याण्डले पहिलो स्थान पाउनु कुनै नौला कुरा नरहेको त्यहाँ स्थानियहरुले उल्लेख गरेका छन्।

हरियो वन र तलाउ लगायतका प्राकृतिक सम्पदाले सिंगारिएको फिनल्याण्डमा बलियो सुशासनका साथै भरपर्दो सामाजिक सहयोग पनि उपलब्ध रहेको छ।

सन् २०१८ देखि सबैभन्दा खुशी मुलुकको रुपमा फिनल्याण्ड चिनिदै आएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now