राती एक बजेसम्ममा उक्त आगलागी नियन्त्रणमा आएको एबीसीले जनाएको छ। आगलागी भएको भवनमा ठुलो क्षति हुनुपुर्व नै आगो निभाइयेको पनि उक्त रिपोर्टमा जनाइएको छ।
विश्वविद्यालयका अनुसार कसैलाई पनि उक्त आगलागीका कारण चोटपटक नलागे पनि करिब १४ जना विधार्थीहरुलाई धुवाँमा सास फेर्नुपरेकोले पारामेडिकहरुले जाँच गरेका थिए।
विश्वविद्यालयका उपकुलपतिले आगलागीबाट प्रभावित सबै विद्यार्थीहरूको पुनर्वास गर्न आफूहरू सक्षम रहेको जानकारी दिए।
त्यसै गरी उक्त विश्वविद्यालयमा अध्यापन गर्दै आउनु भएका रविन तुलाधरका अनुसार त्यस आगलागीले त्यहाँ अध्यनरत् नेपाली विधार्थीहरुलाई प्रभाव नगरेको जानकारी एसबीएस नेपालीलाई दिनुभयो।
“यहाँ पढ्ने नेपाली विद्यार्थीहरू छात्रवास भन्दा अन्यत्रै बस्ने भएकाले प्रभावित भएको मेरो जानकारीमा छैन,” उनले भने।
जेसीयुको छात्रावासमा बस्ने एक विद्यार्थी कानन युमोतोले एबिसीलाई आगलागीका कारण आफू बेघरबार भएको बताउँदै भनिन्,
“म कहिले भित्र पस्न पाउँछु, थाहा छैन। मेरा सामानहरू सबै भवन भित्रै छन्। मसँग अहिले केवल मेरो फोन मात्र छ।”
युमोतोले आगो लाग्दा एक विद्यार्थी “मेरो कोठामा आगो लाग्यो, मेरो कोठामा आगो लाग्यो” भन्दै चिच्च्याउँदै भागेको पनि बताइन।
“साथै, मैले केही केटीहरूलाई भवन बाहिरको मैदानमा घोप्टो परेर रोई रहेको पनि देखे। त्यो दृश्यले मलाई भाव विह्वल बनाइरहेको छ।”
आगलागी कसरी सुरु भयो भन्नेबारे अधिकारीहरूले अहिले जाँचपड्ताल गरिरहेको बताइएको छ।
