प्रमुख विषय
- सुरक्षा नियमको पालना नगर्दा भारी जरिवाना हुनसक्छ
- माछा मार्ने क्रममा आफन्त वा साथी पानीमा डुबेमा आफै नजानुहोस्, सहयोग लागि याचना गर्नुहोस्
- यस पटकको गर्मीमा विभिन्न क्षेत्रमा बाढी र कटानको सम्भावना रहेको छ ।
अस्ट्रेलियाका पानीमा डुबेका २ सय ४८ मानिसहरू मध्ये ८० प्रतिशत पुरुषहरू रहेका छन् ।
अस्ट्रेलियाको रोयल लाइभ सेभिङ्स राष्ट्रिय रिर्पोटले २०१९ को एक जुलाई देखि ३० जुन सम्म अन्य पाच सय ४ जनाले घातक नरहेको डुब्ने घटनाहरूको अनुभव गरेका छन् ।
सामान्यतया नदी र मुहान वा खोचहरूमा डुब्ने घटनाहरू २१ प्रतिशत रहेका छन् । यसै गरी समुन्द्र र बन्दरगाहहरूमा डुब्ने घटना २० प्रतिशत र समुन्द्री तटहरूमा १८ प्रतिशत रहन्छन् ।
भिक्टोरियाको माछा मार्ने सम्बन्धी संस्थाकी नताशार विल्स भन्छिन् सबैभन्दा जोखिम पूर्ण अवस्थालाई तिन भागमा विभाजन गर्न सकिन्छ पौडी खेल्ने, माछा मार्ने क्रममा लड्ने र बोटिङका क्रममा डुब्ने ।
उनी भन्छिन् बहुसास्कृतिक समुदायका मानिसहरू पानीका सुरक्षा नियमहरूका बारेमा त्यति परिचित हुँदैनन् ।

“बहुसास्कृति समुदाय कतिपय मानिसहरू माछा मार्न रमाउँछन्,यो उनीहरूको संस्कृतिको एउटा भाग पनि हो,तर यहाँको नियमहरूका बारेमा जानकार हुनुपर्दछ किनकि नियमको पालना नगरे ठुलो जरिवाना तोकिएको हुन्छ ।”
भिक्टोरीयन माछा सम्बन्धी प्राधिकरणले वेबसाइट मार्फत यी नियमहरूको जानकारी सरलीकृत अङ्ग्रेजी,चिनिया,भियतनामी,कोरियाली र माले भाषामा उपलब्ध गराएको छ ।
नताशार विल्स भन्छिन् सुरक्षा उपायहरू आवश्यक छ किनकि यसले जीवन बचाउँदछ ।
सँगै गएको आफन्त वा साथी पानीमा डुबी हाले,उसलाई बचाउनका लागि आफू पानीमा नजानुहोस् बरु अरू कसैको सहयता खोज्नुहोस् ।
नताशार सल्लाह दिन्छन् कि यदि माछा मार्ने ठाउँमा जाँदै हुनुहुन्छ भने खराब अवस्था आएमा त्यहाँबाट उम्कनका लागि विकल्प राख्नुहोस् ।

उनी यदि कोही माछा मार्ने क्रममा पानीमा डुब्यो र त्यसलाई बचाउन पानीमा हाम फाल्दै हुनुहुन्छ भने यस बारेमा पनि सोच्न आग्रह गर्छिन् ।
“सँगै गएको आफन्त वा साथी पानीमा डुबी हाले,उसलाई बचाउनका लागि आफू पानीमा नजानुहोस् बरु अरू कसैको सहयता खोज्नुहोस् ।”
यदि त्यस्तो अवस्था आएमा सबैभन्दा उत्तम उपाय भनेको डोरी वा अन्य कुनै त्यस्तै चिजको सहयोग लिनु हो वा मद्दतका लागि ”०००” तिन शून्य वा ११२ नम्बरमा सहयोगका लागि फोन गर्नु हो ।
जुल्फी हैदरी आठ वर्ष अघि अस्ट्रेलियामा बसाई सरेकी हुन् । उनी विगत तिन वर्ष देखि राज्यको आपकालिन सेवामा स्वयंसेवा गदै आएका छन् ।
धेरै बहुसास्कृतिक समुदायका सदस्यहरू अहिले राज्य आपतकालिन सेवामा स्वयंसेवीका रूपमा कार्यरत छन् ।
मानिसहरू बाढीको समयमा सवारी चलाएका भेटिन्छन्,कैयन पटक हामीले सडकमा बाढीका कारण फसेका मानिसहरूलाई सवारी साधनबाट निकाल्नका लागि सहयोग पुर्याएका छौ ।
ब्युरो अफ अपरेशनल क्लाईमेट सर्भिसेसका प्रमुख डाक्टर एन्ड्रयु वाटकिन्स यस पटकको गर्मीमा पानी धेरै पर्ने अपेक्षा गरिन्छ तर मौसमको आधाकारीक जानकारी लिनका मौसम विभागको वेबसाइटमा जान आग्रह गर्छन् ।
उनी यस पटक आउन सक्ने बाढी र गत वर्ष आगलागी भएका क्षेत्रमा भारी कटानको बारेमा चिन्ता व्यक्त गर्छन् ।

उनी बाढीका बेलामा मानिसहरूले गर्ने मूर्खता पूर्ण व्यवहारले मानिसहरूलाई समस्या पार्ने बताउँछन् ।
“मानिसहरू बाढीको समयमा सवारी चलाएका भेटिन्छन्,कैयन पटक हामीले सडकमा बाढीका कारण फसेका मानिसहरूलाई सवारी साधनबाट निकाल्नका लागि सहयोग पुर्याएका छौ ।”
उनको अनुभव यस्ता कैयन डुबानका दुर्घटनाहरू रोक्न सकिन्छ ।

