सपना रोका मगर
बिबिसीले निकालेको विश्वका एक सय प्रभावशाली महिलाको सुचीमा नेपाली १८ बर्सिया युवति सपना रोका मगर पनि परिन ।
विश्वभरबाट चुनिएका एक सय सशक्त महिलाको सुचीमा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम उनको चर्चा भयो भने उनको कामले धेरैको मन जित्यो ।
बेलायती सञ्चारमाध्यम बिबिसीले प्रत्येक वर्ष निकाल्ने विश्वका प्रभावशाली महिलाहरूको सुचीमा म्याग्दी जिल्लाकी सपना रोका मगर पनि परेकी हुन् ।

बेवारिसे शवहरूको व्यवस्थापनको काम गदै आएकी १८ बर्सिया युवतिको साहस र कर्मलाई सम्मान गदै बिबिसीले प्रभावशाली महिलाको सुचीमा उनलाई समेटेको हो ।
अस्पतालमा रहेका शवहरू कहीँ कसैले ३५ दिन सम्म पनि दाबी गर्न नआए त्यस्ता लासहरूलाई हिन्दु परम्परा अनुसार अन्तिम संस्कार सहित दागबत्ती दिने काममा उनी सक्रिय रहेकी थिइन् ।
सपना सँगै विश्वका विभिन्न मुलुकका महिलाहरू उक्त सुचीमा अटाए ।
सन्तोष शाह
बेलायतको चर्चित खाना सम्बन्धी टेलिभिजन कार्यक्रम बिबिसी मास्टर सेफमा टप थ्रि कन्टेस्टेन्टका रूपमा अगाडी आएपछि सिराहा नेपालका सन्तोष शाह २०२० को अन्तिम केही महिनामा निकै चर्चामा रहे ।
नेपाली खानालाई बिश्वबजारमा नयाँ तरिकाले प्रस्तुत गरेका कारण ३५ बर्सिया सन्तोषको चर्चा सर्वत्र हुन पुग्यो ।

लन्डनमा रहेर रेस्टुरेन्ट सञ्चालन गरिरहेका सन्तोषले नेपाली खानालाई अन्तर्राष्ट्रिय मञ्चमा लिएर गएका कारण उनी सबको नजरमा परे ।
कार्यक्रममा नेपाली मौलिक खान पस्किएर उनले को जजहरूको मन जितेका थिए । मकैको रोटी देखि नेवारी खाना योमरी सम्म उनले कार्यक्रमका बनाएर जजलाई खुवाएका थिए ।
"आर्थर गन" दिवेश पोख्रेल
अमेरिकन आइडलको १८ औ संस्करणमा रनर अपको टाइटल जिते पछि स्टेजमा आर्थर गन भनेर चिनिने काठमाण्डौमा सन् १९९७ मा जन्मिएका दिवेश पोखरेलले विश्व भरको ध्यान खिच्न सफल बने ।

करिब ६ वर्ष अघि केन्सस पुगेका दिवेस नेपाल रहँदा देखि नै साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका थिए । सन् २०१८ मा “ग्रहण” नामको एल्बम निकाले पछि उनले स्टेजमा आफ्नो नाम आर्थर गन राख्दै आएका थिए ।
अमेरिकन आइडलमा देखा परे सँगै विश्वभरका नेपाली उनको प्रशंसक बनेका थिए ।
आइडलको अन्तिम राउन्ड सम्म पुग्न सफल भएपछि उनको चर्चा चुलिएको थियो ।
भीम निरौला
ब्रिटेन गट ट्यालेन्टको १४ औ सिजनमा सेमी फाइनल सम्म पुगेर नेपाली मूलका भीम निरौलाले विश्वको ध्यान पुनः खिचेका छन् ।
केही वर्ष अघि सनडे मनीङ लभ यु” का कारण यु ट्युबमा ट्रेन्डिङमा परेका भीम निरौलाको गीत ब्रिटेन गट ट्यालेन्टमा गुन्जेपछि उनको चर्चा एक पटक पुनः चुलियो ।

कुनै समय आफ्नी श्रीमतीका लागि लेखेको गीत ब्रिटेन गट ट्यालेन्टको अडिसन राउन्डमा गुन्जिएपछि उनको चर्चा चुलिएको हो ।
उनले यस अघि सन् २०१८ मा इन्डिया गट ट्यालेन्टमा पनि भाग लिइसकेका छन् ।
भीम हाल एक होटेलमा म्यानेजरका रूपमा कार्यरत छन् भने हालै मात्र उनको नयाँ गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय उनको “आई वाज इन स्टेसन” “प्रोफेसरको पनि लव पर्यो” “डान्सीङ अल नाइट” लगायतका गीतहरू उनको आधिकारिक यु ट्युब पेजमा राखिएका छन् ।
"कुर्तीस वार्टस" अभिनव बस्ताकोटी
जर्मनी र क्यानडामा हुर्किएका कुर्तीस वार्टसका नाममा चर्चित नेपाली मूलका अभिनव वास्ताकोटीले पहिलो पटक २०२० मा "पिटी पाटी" नामक एल्बम मार्फत डेब्यु गरेका हुन् ।
काठमाण्डौमा जन्मिएका अभिनव “स्टनीन” नामको गीतका कारण रातारात चर्चामा आएका हुन् ।
यु टयुवमा लाखौँ पटक हेरिएको र अन्य सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चामा रहेको गीतका कारण उनी निकै चर्चित बनेका हुन् ।
हार्म फ्रयान्कलिन सँगको सहकार्यमा तैयार भएको उत्त गीत युट्युबमा हाल सम्म २ करोड ५० लाख भन्दा बढी पटक हेरिएको छ ।
टिकटकमा १५ सेकेन्डको भिडियो राखेर सुरु भएको उनको साङ्गीतिक यात्रा नरोकिने गरी अगाडी बढेको छ ।
उनको टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा लाखौँको सङ्ख्यामा प्रशंसकहरू रहेका छन् ।
