न्यु साउथ वेल्स र भिक्टोरियाका बाढीग्रस्त क्षेत्र पूर्वाधार सङ्कटको सामना गर्दै

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

NSW FLOODS

Flood damage is seen in Forbes, Central West New South Wales, Monday, November 21, 2022. Authorities are warning it could be months before flooding impacts are resolved in NSW as a second death is recorded in Eugowra. Source: AAP / LUCY CAMBOURN/AAPIMAGE

ठुलो बाढीका कारण प्रभावित बनेका न्यु साउथ वेल्स र भिक्टोरियाका केही स्थानहरू पूर्वाधार सङ्कटको सामना गरिरहेका छन्।

बाढीले प्रभावित बनाएका पूर्वाधारको पुन: निर्माणका लागि अर्बौँ डलर खर्च लाग्नेछ।
न्यु साउथ वेल्समा करिब १०,००० किलोमिटर सडकमा बाढीका कारण क्षति पुगेको अधिकारीहरूले अनुमान गरेका छन्।

यद्यपि अनुमान गरिए भन्दा पनि धेरै क्षति भएको हुन सक्ने बताइन्छ।

यता रेलका ट्र्याकमा भएको क्षति बारेमा पनि सम्बन्धित निकायले सर्वेक्षण गरिरहेको छ।

अस्ट्रेलियन रेल ट्र्याक कर्पोरेसनका प्रवक्ताले पानीको मात्रा कम भएपछि मात्रै पुन: निर्माण सुरु हुन सक्ने र क्षतिको अवस्था हेरे पछि मात्र यकिन समय बताउन सकिने प्रतिक्रिया दिएका छन्।

यता बाईरेन कोस्ट नजिक आज ठुलो बतास चल्न सक्ने चेतावनी दिइएको छ।

यस बाहेक भोलि मक्वरी कोस्ट, हन्टर कोस्ट, बेटमेन कोस्ट र एडेन कोस्टमा पनि बतास चल्न सक्ने मौसम विज्ञान विभागको चेतावनी छ।
यता गङ्गोल्गन क्षेत्रमा ठुलो बाढी यथावतै छ भने यस हप्ता यो झनै बढ्न सक्ने अनुमान गरिएको छ।

मुल्गावारिना क्षेत्रमा पनि बाढीको सम्भावना रहेको बताइन्छ।

बर्कमा नदीको बहाव बढ्दा, ब्रिवारीना, लुथ र टिल्पा क्षेत्रमा पनि बाढीको सम्भावना रहेको छ।

यता बुर्टुन्डीमा आएको बाढी पनि डिसेम्बरको अन्त्यसम्मै रहने अनुमान छ।

हे टाउनमा पनि यस हप्ता ठुलो बाढी कायम नै रहनेछ।

यता बाराल्यान्डमा पनि बाढीले बगाएका भनिएका १९ बर्सिया पुरुषको खोजी जारी राखिएको छ।
वकुल जङ्गसन्, बन्ड्री वे र इस्टनमा १९७५ मा रेकर्ड गरिएको भन्दा ठुलो बाढी आइरहेको छ।

यता वकुल जङ्गसनको मर्रे नदी डिसेम्बर पहिलो सातासम्मै ११.७० मिटरमा रहने अनुमान गरिएको छ।

बन्ड्री बेन्डमा पनि नदीको बहाव मध्य डिसेम्बरसम्म ९.०७ मिटर रहने मौसम विभागको भनाई छ।

वेन्टवर्थमा पनि नदीको बहाव उच्च नै रहने बताइन्छ।

यता मौलामेमा पनि बाढी जारी नै रहने छ, यहाँको नदी पनि मध्य डिसेम्बरसम्म ६.३० मिटरमा रहने बताइन्छ।

यता साउथ अस्ट्रेलियामा पनि मर्रे नदी आसपास बसोबास गर्ने मानिसहरू बाढी आउने सम्भावना रहको भन्दै सचेत गराइएको छ।

बाढीलाई रोक्न अवरोधहरू खडा गरिएको भए पनि, स्थानीय बासिन्दाले आफ्ना सरसामान अग्लो भागमा सार्न थालेका छन्।

डिसेम्बरमा पहिलो हप्ता एक दिनमा १७५ गिगालिटरसम्म पानी पर्न सक्ने अनुमान गरिएको छ।

गत हप्ता मात्र साउथ अस्ट्रेलियाका प्रिमीयर पिटर मालिनस्कसले बाढीको क्षतिको सम्भावना रहेका मानिसहरूलाई ५ करोड डलर भन्दा माथिको प्याकेज घोषणा गरेका थिए।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः
ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

Share

Published

By SBS
Presented by Krishna Pokhrel
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand