SKIP TO MAIN CONTENT

भिक्टोरियामा फ्लुको कारण यो वर्ष मात्रै ३१ जनाको मृत्यु

जाडो बढ्दै जाँदा, भिक्टोरियामा फ्लु हुने र त्यसको चपेटमा परेर मृत्यु हुने मानिसहरूको सङ्ख्या यो वर्ष अत्यधिक वृद्धि भएको जनाइएको छ।

Flu has claimed 31 lives in Victoria
Source: William Brawley via Stockpholio

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

२०१९ सुरु भए यता मात्र मेलबर्न लगायत भिक्टोरियाका अन्य ठाउँहरूमा फ्लुका कारण मात्र मृत्यु हुनेको सङ्ख्या ३१ पुगिसकेको बताइँदै गर्दा फ्लुबाट प्रभावित मानिसहरूको सङ्ख्या १८,६०० भन्दा बढी रहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

भिक्टोरियाकी स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसका अनुसार फ्लुका कारण मर्नेमा अधिकांश नर्सिङ होमहरूमा बस्ने वृद्ध-वृद्धाहरू छन्।

“तर, दु:खको कुरा, ती ३१ जनामध्ये तीन जना चाहिँ बाल-बालिका रहेका छन्,” उनले सोमबार पत्रकारहरूलाई जानकारी दिने क्रममा बताइन।

मिकाकोसका अनुसार ती तिनै बाल-बालिकाहरूको मृत्यु मे २१ मा भएको हो।

त्यस दिनसम्म, भिक्टोरियामा यसपालिको फ्लु सिजनमा २६ जनाको ज्यान जानुका साथै १०, ६८३ मानिसहरू फ्लुको चपेटामा परिसकेको पनि बताइएको छ।

अनि, जाडो बढ्दै जाँदा मानिसहरू बिरामी हुने क्रम पनि बढ्दै गएको छ।

“पछिल्लो समयमा आएर चिसोका कारण बिरामी हुने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिएको छ,” मिकाकोसले बताइन।

त्यसरी बिरामी हुने मानिसहरू हिँडडुल गर्दा, काम जाँदा वा आफ्ना रुघा-खोकी ग्रस्त बाल-बालिकाहरूलाई शिशु स्याहार केन्द्र वा उनीहरूको स्कुल लैजाँदा होसियार हुनुपर्ने तर्फ इङ्गित गर्दै उनले भनिन्, “हाम्रो समुदायमा फ्लु फैलिने कारण नै यही हो।”

“बिरामी हुनुहुन्छ भने घरमै बसेर आराम गर्नुहोस्, आफ्ना नानीहरूलाई पनि स्कुल वा चाइल्ड केयर नलानु होस्।”

उनले मानिसहरूलाई यी साधारण तर महत्त्वपूर्ण सावधानीहरू अपनाउन पनि अपिल गरेकी छिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now