SKIP TO MAIN CONTENT

बक्सामा लुकी रातारात जापानबाट गायब

संसारकै एक शक्तिशाली व्यव्सथापकको रुपमा चिनिएका कार्लोस घोस्न रातारात जापानी नियन्त्रणबाट गायब भएर लेबनान पुगेका छन्।

The lawyer for Carlos Ghosn addresses the media
Junichiro Hironaka, a member of Carlos Ghosn's defense counsel, receive questions from reporters in Tokyo. Source: AAP

2 min read

Published

Updated

By Claudia Farhart

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सन् २०१८ को नोभेम्बर महिनादेखि उनी जापानी अधिकारिको नियन्त्रणमा रहेका थिए। यसअघि,  घोस्न निसान, मित्सुबिसि, रेनोल्टलगायतका गाडीहरु उत्पादन गर्ने समूहको प्रमुख थिए। कम्पनिको पैसामा आफ्नो निजी खर्च चलाएको विषयलाई लिएर उनीलाई जापानी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए। 

केहि महिनाको जेल बसाई पछि उनी टोक्योमा रहेको आफ्नो घरमै प्रहरीहरुको नियन्त्रणमै रहेका थिए।

अहिले अचानक उनले आफू हाल लेबनानमा रहेको विज्ञप्ति जारी गरेका छन्। जापानमा रहेको अन्यायपूर्ण प्रणालीबाट आफू फुकुवा हुन लेबनान आएको उनले बताएका छन्।

Carlos Ghosn leaves the attorney office in Chiyoda Ward, Tokyo on March 6, 2019, the day he was released on bail.
Carlos Ghosn leaves the attorney office in Chiyoda Ward, Tokyo on March 6, 2019, the day he was released on bail. Source: Yomiuri Shimbun

तर उनी त्यति धेरै सुरक्षाकाबिचमा पनि कसरी जापानी अधिकारिहरुबाट उम्किए त?

यस सबन्धमा प्रष्ट रिपोर्ट नआए पनि – धेरै समाचारहरुले उनी ठूलो गितार राख्ने बक्सामा बसि जापानबाट बाहिरिएको बताएका छन्। क्रिसमसको उपलक्ष्य पारेर एक धार्मिक संगितिक समूह उनको अपर्टमेन्ट पुगेको, र त्यहि समूहले उनलाई जापान बाहिर एउटा निजी विमानबाट ल्याएको बताईन्छ। 

हलिवुड चलचित्रमा देखिनेझैं रहेको यो घटनाको स्वतन्त्र रुपमा अझै पुष्टि भएको छैन।

उता जापानि अधिकारिहरुले उनी देशमा नरहेको कुरा स्विकार गरेका छन्। यता लेबनान र जापानबिच सुपुर्दगी सन्धि नभएका कारण घोस्नलाई फिर्ता गर्न लेबनान बाध्य रहेको छैन। 

अनि, घोस्नको त्रि-देशिय पासपोर्टले गर्दा जापानी अधिकारिहरुको स्थिति झनै जटिल बनाई दिएको छ। हाल उनी प्रान्स, ब्राजिल र लेबनानका नागरिक रहेका छन्।

जापानले उनलाई गत बर्ष पक्राउ गर्दा, लेबनानले घोस्नको पक्ष लिएको थियो। आफ्नो विज्ञप्तिमा उनले केहि दिन पछि संचारकर्मीहरुसँग कुरा गर्ने उल्लेख गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now