अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोईडलाई गत मे महिनामा पक्राउ गर्दा घाटीमा घुँडाले थिचेर हत्या गरेको अभियोगमा मिनिपोलिसका प्रहरी अधिकारी डेरेक चौविनलाई अदालतले दोषी ठहर गरेको हो ।
न्यायधिसहरुको एक समूहलाई उनका बारेमा फैसला गर्न ११ घण्टाको समय लागेको थियो ।
हत्याका तिन अभियोगमा उनी दोषी ठहर भएका छन् जसका कारण उनी बषौ सम्म जेलमा रहन पर्ने हुन सक्दछ ।
उनी माथि ठहर भएको पहिलो अभियोगमा ४० वर्ष सम्मको सजाय हुनसक्छ भने दोस्रो र तेस्रो अभियोगमा २५ र १० वर्ष क्रमशः सजाय हुने उल्लेख गरिएको छ ।
न्यायाधीश पिटर काहीलले प्रहरीमा १९ वर्ष सेवा गरेका चौविनलाई अदालतबाट हत्कडी लगाएर बाहिर लगिएको बताए ।

Witness Minneapolis Police Chief Medaria Arradondo testifies in the trial of former Minneapolis police Officer Derek Chauvin. Source: Court TV Pool
सन् २०२० को मे महिनामा भएको उक्त घटना पछि विश्वभर “ब्ल्याक लाइफ म्यार्टर्स ” अभियान विश्वभर फैलिएको थियो ।
यस घटनाले अमेरिकी प्रहरी भित्र सुधारको आबश्यता रहेको भन्दै दबाब बढेको थियो ।
४६ बर्सिया फ्लोइडलाई गत मे २५ तारिखमा २० डलर बराबरको चुरोट खरिद गर्दा नक्कली पैसा दिएको अभियोगमा प्रहरीले कारबाही गरेको थियो ।
मिनिपोलिस स्थित हेनीपिन कन्ट्री कोर्ट अगाडी भेला भएका मानिसहरूको समूहले अदालतको निर्णय पछि “जर्ज फ्लोइड” र “ब्ल्याक लाइफ म्यार्टस” जस्ता नाराहरू लगाएका थिए ।
फ्लोइड परिवारका वकिल बेन क्रम्पले मंगलबार एक बयान जारी गरी “अदालतको निर्णयले देश र विश्वका लागि महत्त्वपूर्ण प्रभाव पार्ने” बताएका छन्।

A person reacts to the guilty verdict against former Minneapolis police officer Derek Chauvin at Black Lives Matter Plaza in Washington. Source: Getty Images
अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति जो बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसले फ्लोईड परिवारलाई टेलिफोन मार्फत केही राहत महसुस भएको भन्दै “थोरै भए पनि न्याय” भएको बताएका थिए ।
गत वर्षको उक्त घटना पछि अमेरिकी सहरहरूमा भएका दङ्गामा प्रदर्शनकारीहरुले प्रहरी चौकीहरूमा आगो लगाएका थिए भने निजी एवम् सार्वजनिक सम्पत्तिको पनि क्षति भएको थियो ।
Share
