SKIP TO MAIN CONTENT

जर्ज फ्लोइडको हत्यामा पूर्व अमेरिकी प्रहरी अधिकृत दोषी ठहर

गत मे महिनामा जर्ज फ्लोइडलाई घुँडाले घाटी थिची हत्या गरेको अभियोग लागेका तत्कालीन अमेरिकी प्रहरी डेरेक चौविनलाई अदालतले दोषी ठहर्‍याएको छ ।

People celebrate as the verdict is announced in the trial of former police officer Derek Chauvin outside the Hennepin County Court.
People celebrate as the verdict is announced in the trial of former police officer Derek Chauvin outside the Hennepin County Court. Source: Getty Images

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोईडलाई गत मे महिनामा पक्राउ गर्दा घाटीमा घुँडाले थिचेर हत्या गरेको अभियोगमा मिनिपोलिसका प्रहरी अधिकारी डेरेक चौविनलाई अदालतले दोषी ठहर गरेको हो ।

न्यायधिसहरुको एक समूहलाई उनका बारेमा फैसला गर्न ११ घण्टाको समय लागेको थियो ।

हत्याका तिन अभियोगमा उनी दोषी ठहर भएका छन् जसका कारण उनी बषौ सम्म जेलमा रहन पर्ने हुन सक्दछ ।

उनी माथि ठहर भएको पहिलो अभियोगमा ४० वर्ष सम्मको सजाय हुनसक्छ भने दोस्रो र तेस्रो अभियोगमा २५ र १० वर्ष क्रमशः सजाय हुने उल्लेख गरिएको छ ।

Witness Minneapolis Police Chief Medaria Arradondo testifies in the trial of former Minneapolis police Officer Derek Chauvin.
Witness Minneapolis Police Chief Medaria Arradondo testifies in the trial of former Minneapolis police Officer Derek Chauvin. Source: Court TV Pool

न्यायाधीश पिटर काहीलले प्रहरीमा १९ वर्ष सेवा गरेका चौविनलाई अदालतबाट हत्कडी लगाएर बाहिर लगिएको बताए ।

सन् २०२० को मे महिनामा भएको उक्त घटना पछि विश्वभर “ब्ल्याक लाइफ म्यार्टर्स ” अभियान विश्वभर फैलिएको थियो ।

यस घटनाले अमेरिकी प्रहरी भित्र सुधारको आबश्यता रहेको भन्दै दबाब बढेको थियो ।

४६ बर्सिया फ्लोइडलाई गत मे २५ तारिखमा २० डलर बराबरको चुरोट खरिद गर्दा नक्कली पैसा दिएको अभियोगमा प्रहरीले कारबाही गरेको थियो ।

मिनिपोलिस स्थित हेनीपिन कन्ट्री कोर्ट अगाडी भेला भएका मानिसहरूको समूहले अदालतको निर्णय पछि “जर्ज फ्लोइड” र “ब्ल्याक लाइफ म्यार्टस” जस्ता नाराहरू लगाएका थिए ।

A person reacts to the guilty verdict against former Minneapolis police officer Derek Chauvin at Black Lives Matter Plaza in Washington.
A person reacts to the guilty verdict against former Minneapolis police officer Derek Chauvin at Black Lives Matter Plaza in Washington. Source: Getty Images

फ्लोइड परिवारका वकिल बेन क्रम्पले मंगलबार एक बयान जारी गरी “अदालतको निर्णयले देश र विश्वका लागि महत्त्वपूर्ण प्रभाव पार्ने” बताएका छन्।

अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति जो बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसले फ्लोईड परिवारलाई टेलिफोन मार्फत केही राहत महसुस भएको भन्दै “थोरै भए पनि न्याय” भएको बताएका थिए ।

गत वर्षको उक्त घटना पछि अमेरिकी सहरहरूमा भएका दङ्गामा प्रदर्शनकारीहरुले प्रहरी चौकीहरूमा आगो लगाएका थिए भने निजी एवम् सार्वजनिक सम्पत्तिको पनि क्षति भएको थियो ।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न हाम्रो पोडकाष्टको नि:शुल्क ग्राहक बन्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now