SKIP TO MAIN CONTENT

वेस्टर्न अस्ट्रेलियामा एक पूर्व प्रहरी अधिकृत माथि सय भन्दा बढी यौन अपराधको आरोप

वेस्टर्न अस्ट्रेलिया प्रहरीका अनुसार आफ्ना एक अधिकृतले एक दशक भन्दा बढी समय महिलाहरूलाई यौन सिकार बनाएको आरोप आन्तरिक मामिला इकाई लागेपछि सेवाबाट हट्न बाध्य बनाइएका थिए।

WA police
Source: Facebook

1 min read

Published

Updated



Skip to article content

सन् २०१८ सम्म कार्यरत ती ५० वर्षीय पुरुषले आफू माथि अनुसन्धान भएर महिलाहरू माथि यौन दुराचार गरेको आरोप लागेपछि राजीनामा दिएको बताइएको छ।

तर, प्रहरीका अनुसार यो वर्षसम्म पनि उनको त्यस प्रकारका हरकत कायमै रहेको र हाल उनीबाट कथित रूपमा पीडित भएका थप महिलाहरू अगाडी आउन बाँकी नै रहेको पनि जनाइएको छ।

अनलाइन डेटिङ एपहरू मार्फत उनको सम्पर्कमा आएका आठ जना महिलाहरूको उजुरी परेको पर्थ म्याजिसट्रेट्स कोर्टमा उनको बिहीबार पेशी छ।

अपराध गर्न को लागी ती महिलाहरूलाई उनले राम्रोसँग सोच्न वा महसुस गर्न असमर्थ बनाएको आरोप ती अधिकारी माथि लागेको हो।

पर्थको केल्म्सस्कटमा बस्ने ती पूर्व प्रहरी अधिकृतले अनलाइन डेटिङ मार्फत भेटेका आफ्ना शिकारलाई लागू औषधको नशामा धुत गराएर उनीहरूको यौन शोषण गरेको कथित आरोप छ।

वेस्टर्न अस्ट्रेलियामा यौनजन्य अपराधको सिकार भएका महिलाहरूले प्रहरी समक्ष बोल्न मन नलागे सेक्सुअल एसल्ट रिसोर्स सेन्टर भनिने यौनजन्य आक्रमण स्रोत केन्द्रमा सम्पर्क गर्नसक्छन्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now