उत्तरी न्यु साउथ वेल्समा कोरोनाभाइरसको एक सामुदायिक केस पुष्टि, थप प्रतिबन्ध लागु

बाइरन बे मा गत सप्ताहन्त्यमा आयोजना भएको एक हेन्स पार्टीसंग सम्बन्धित व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

Cars lined up at a COVID-19 drive through testing clinic at the Cavanbah Centre on 30 March, 2021 in Byron Bay.

Cars lined up at a COVID-19 drive through testing clinic at the Cavanbah Centre on 30 March, 2021 in Byron Bay. Source: Getty Images AsiaPac

गत दुई हप्तामै पहिलो पटक न्यु साउथ वेल्समा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएपछि राज्यको उत्तरी भागका चार जिल्लाहरुमा नयाँ प्रतिबन्धहरु लागु गरिएका छन्।

क्वीन्सल्याण्डमा कोरोनाभाइरस बाट सङ्क्रमित भएकी दुई दिदीबहिनी उपस्थित भएको बाइरन बेमा आयोजित एक हेन्स पार्टी (विवाह अगाडी महिला पक्ष द्वारा गरिने पार्टी) संग सम्बन्धित एक पुरुष कोभिड-१९ को पछिल्लो केस भएको न्यु साउथ वेल्स अधिकारीहरुको भनाइ छ।

तर सङ्क्रमित पुरुष उक्त हेन्स पार्टीमा चाहिं नगएको र उनको घरका अन्य सदस्यहरुमा पनि कोरोनाभाइरस पुष्टि नभएको स्वास्थ्य अधिकारीहरुले बताए।

मङ्गलबार रातीको ८ बजेपछि उक्त सामुदायिक सङ्क्रमण पुष्टि भएकोले त्यसलाई आगामी बिहीबार सार्वजनिक हुने तथ्यांकमा समावेश गरिने न्यु साउथ वेल्स हेल्थको भनाइ छ।

यसैक्रममा प्रिमियर ग्लाडिस बेरेजिक्लियन ले उत्तरी न्यु साउथ वेल्सका चार शायर - बाइरन, बालिना, ट्वीड र लिस्मोर मा तीस जना भन्दा बढी संख्यामा मानिसहरु एकै स्थानमा भेला हुन नपाउने नियम पुनः लागु हुने बताएकी छन्।

आज, बुधबार ३१ मार्च देखि सोमबार ५ अप्रिलको राती ११:५९ बजे सम्म शपिङ्ग सेन्टर र सार्वजनिक यातायात र राइड शेयर सेवाहरुमा मास्क प्रयोग गर्न अनिवार्य रहने छ।

हस्पित्यालिटी क्षेत्रमा कार्यरत रहेकाहरुले पनि मास्क लगाउनु पर्ने छ।

साथै मानिसहरु बीच चार वर्ग मिटरको दुरी रहनुपर्ने र केहि परिस्थितिमा मास्कको प्रयोग पनि अनिवार्य रहने प्रिमियरले बताइन।

"अनिवार्य नरहेता पनि हाम्रो कडा चाहना भनेको, यदि तपाईं ती चार स्थानहरु मध्ये कुनै एकमा बस्नुहुन्छ भने कृपया ती स्थान भन्दा बाहिर नजानु होला", प्रिमियरले बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा बताइन।

"बाहिर जान प्रतिबन्ध रहेको हामीले भन्नचाहेका हैनौं, तर सबै जनाले उच्च सतर्कता अपनाएको हामीले हेर्न चाहेका छौं",उनले भनिन्।

हालको लागि न्यु साउथ वेल्स - क्वीन्सल्याण्ड सीमा बन्द गर्ने अथवा सीमा क्षेत्रमा आवतजावत माथि कडाई गर्ने आफ्नो कुनै योजना नरहेको पनि प्रिमियरको भनाइ छ।

क्वीन्सल्याण्डको अवस्था

हाल तीन दिने लकडाउनमा रहेको ब्रिसबेनबारे निर्णय आगामी बिहीबारनै गरिने क्वीन्सल्याण्ड कि प्रिमियर एनेस्तेसिया पलाशे ले बताएकी छन्।

गत २४ घण्टा भित्र राज्यमा दुई जनामा मात्र कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि हुँदा प्रिमियरको सो भनाइ आएको हो।

पछिल्ला दुई सङ्क्रमण मध्ये एक जना ब्रिसबेनका अन्य केसहरुको कारण बनेको प्रिन्सेस एलेक्साण्ड्रा अस्पताल कि एक नर्स र उनको घरमा बस्ने एक अर्का व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको बताइएको छ।

प्रिमियर पलाशेका अनुसार सङ्क्रमित पुष्टि हुने नर्सले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज पाइसकेको ले यस अवस्थामा केहि आशाका किरण पलाएको छ।

Image

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यू साउथ वेल्स, भिक्टोरिया, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now