क्विन्सल्याण्ड: भूमिगत कोइला खानीमा विस्फोट हुँदा चारको अवस्था गम्भीर, एक सख्त घाइते

क्विन्सल्याण्ड स्थित एक भूमिगत कोइला खानीमा भएको विस्फोटनमा परि पाँच जना घाइते भएका छन् जसमध्ये चार जनाको अवस्था निकै नाजुक रहेको बताइएको छ।

A gas blast is being blamed for an underground explosion that's left four coal miners fighting for life and a fifth seriously injured.

A gas blast is being blamed for an underground explosion that's left four coal miners fighting for life and a fifth seriously injured. Source: RACQ LIFEFLIGHT RESCUE

खानी कामदारहरूको हकहित हेर्ने युनियनका अनुसार बुधवार अपराह्न मध्य क्विन्सल्याण्ड स्थित ग्रोस्भेनर कोइला खानीमा भएको विस्फोटन त्यहाँ रहेको ग्याँस पड्किँदा कोइलाको सतहमा आगो लागेर भएको हो।

ठुलो मात्रमा शरीर जलेका ती पाँच कामदारहरूलाई निकै जटिल रूपमा उद्धार गरी गए राती पाँच विमानहरूको मद्दतबाट ब्रिसबेन लगिएको थियो।

ती पाँच कामदारहरू मध्ये तीन जना ४० पार र दुई जना ५० वर्ष भन्दा बढी उमेरका रहेको बताइएको छ।

क्विन्सल्याण्ड एम्बुलेन्स सेवाका डघ बुचननले ती पाँच घाइते कामदारहरूलाई ब्रिसबेन स्थित मरोन्बाह अस्पतालसम्म ल्याई पुर्याउंदा नर्स तथा डाक्टरहरू विशेष समूहले विमान मै पनि उपचार गरेको बताएका छन्।

All five are now receiving specialist care in the Royal Brisbane and Women's Hospital.
هر پنج معدنچی زخمی در شفاخانه رویال و زنان بریزبین تحت درمان قرار دارند. Source: AAP

“चार जनालाई त तत्काल विशेषज्ञ हेरचाह आवश्यक थियो,” उनले भने।

सीएफएमईयू भनिने निर्माण, बन, सामुद्रिक, खानी तथा ऊर्जा क्षेत्रमा कार्यरत कामदारहरूको सङ्गठनका एक जना अधिकारी स्टेफेन स्मिथका अनुसार उक्त घटनामा थप मानिस घाइते नहुनु र तत्काल कसैको ज्यान नजानुलाई एकदमै भाग्यमानी कुरा हो।

एबीसीसँग कुरा गर्दै उनले भने, “यो निकै खराब हुन सक्थ्यो - त्यहाँ रहेका सबैले आफ्नो ज्यान गुमाउन पनि सक्थे।”

“यसलाई बढाइ-चढाई बोल्यो भनेर नभन्नुहोस् - न्युजिल्याण्डको पाइक नदी र मौरामा सन् १९९४ को घटनालाई सम्झे पनि पुग्छ - के हुन सक्थ्यो भनेर बुझ्न।”

covid-19.png

खानी सञ्चालन गर्ने एङ्ग्लो अमेरिकनका अनुसार हाल उक्त कार्यस्थलबाट सबै कामदारहरूलाई उद्धार गरिसकिएको छ र बाँकी सबै जना कुशल नै छन्।

उक्त कम्पनीका प्रमुख कार्यकारी टायलर मिचेल्सनले भने कि कम्पनीको ध्यान घाइते र उनीहरूको परिवारलाई सहयोगमा छ।

“हामीलाई थाहा छैन यो घटना कसरी भयो, त्यहाँ जान मिल्ने भएपछि हामी यसको प्राविधिक अनुसन्धान गर्ने नै छौँ र फेरी यस प्रकारको थप घटना नहोस् भनेर नियामक तथा अन्य सरोकारवालाहरूसँग काम गर्नेछौँ,” उनले भने।

क्विन्सल्याण्ड सरकारमा खानी हेर्ने विभागीय मन्त्री एन्थोनी लिन्ह्यामले दुई अनुसन्धानकर्ताहरू हाल उक्त विस्फोटन भएको स्थान पुगिसकेका र थप दुई जना बिहीबार त्यहाँ पुगेर आफ्नो काम सुरु गर्ने बताएका छन्।

 

 


Share

2 min read

Published

Source: AAP




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now