फ्रेजर एनिंग र उनको विवादास्पद शब्दहरु 'अन्तिम समाधान '

संसदमा आफ्नो पहिलो सम्बोधन गर्ने क्रममा क्विन्सल्याण्डका सिनेटर फ्रेजर एनिंगले प्रयोग गरेको "अन्तिम समाधान" भन्ने वाक्यांश पछिल्लो समयमा निकै बिबादित बनेको छ। राष्ट्रिय आप्रबासी प्रणालीका बिषयमा बोलिरहदा क्याटर्स अस्ट्रेलिया पार्टीका साम्सद एनिंगले आप्रबासीलाई भित्र्याउने प्रक्रियामा कसलाई लिने भन्ने बारे अन्तिम फैसला बहुमतका आधारमा हुनु पर्ने बताएका थिए।

Katter's Australian Party Senator Fraser Anning makes his maiden speech in the Senate chamber at Parliament House in Canberra, Tuesday, August 14, 2018. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Katters Australian Party Senator Fraser Anning makes his first speech in the Senate chamber at Parliament House in Canberra. Source: AAP

सम्बोधन गर्ने क्रममा बिशेष गरि मुस्लिम आप्रवासीहरुलाई लक्षित गर्दै जातीय विभेदलाई बढावा दिने किसिमले प्रयोग गरेको "फाइनल सोलुशन" अर्थात "अन्तिम समाधान" भन्ने वाक्यांशले जर्मनमा यहुदीहरुमाथि भएको नरसंहारसंग जोडेर हेरिएको छ।

एनिंगले आप्रवासी प्रक्रियामा समाधान उपाय के हो त भन्ने बारेको आफ्नो बिबादस्पद सम्बोधनमा यस्तो बताएका छन्,"आप्रबासन सम्बन्धि समस्याको अन्तिम समाधान भनेको बहुमत नै हो, आप्रवासीहरुको संख्या घटाउनका लागि हामीलाई जनमत संग्रहको आवस्यकता पर्दैन, हामीलाई खालि यस्तो सरकार चाहिन्छ जसले दिगो जनसख्या नीतिलाई संस्थागत गरोस र ४५७ भिसा भएकाहरुले रोजगारी खोस्ने प्रक्रिया बन्द होस् र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आफ्नै देश फर्कने सर्तमा मात्र विद्यार्थी भिसा दिइयोस। को अस्ट्रेलिया आउन सक्छ भन्ने निर्णय लिनको लागि चाहि हामीलाई जनमत चाहिन्छ।"

बहुसंस्कृति मामिला मन्त्रि एलन टजले सामाजिक संजाल ट्वीटरमा यो भनाइलाई सरकार र बहुसांस्कृतिक अस्ट्रेलियाले प्रतिबिम्बित नगर्ने भन्दै आप्रवासी प्रणालीमा कुनै विभेद नहुने भनी लेखेका छन्।

सन् १९४२ तिर जर्मनको नाजी नेतृत्वले "यहुदी बारेको प्रश्नको अन्तिम समाधान" नामक योजना ल्याएपछि भएको जातिय संहारमा युरोप भरि रहेका करिब ६० लाख यहुदीहरुले ज्यान गुमाएका थिए। र एनिंगलको यो भनाइ पनि त्यहि बाट प्रेरित रहेको आरोप लगाइएता पनि येनिङ्गले भने उक्त आरोप हरु आधारहिन र हास्यास्पद रहेको भन्दै यो बिबादलाई आफुले उठाएको बहसलाई बन्द गराउने प्रयास भनेका छन्।

सत्तारुढ तथा बिपक्षि पार्टीका तर्फबाट पनि उक्त भनाइको आलोचना भएको छ। बहुसंस्कृति मामिला मन्त्रि एलन टजले सामाजिक संजाल ट्वीटरमा यो भनाइलाई सरकार र बहुसांस्कृतिक अस्ट्रेलियाले प्रतिबिम्बित नगर्ने भन्दै आप्रवासी प्रणालीमा कुनै विभेद नहुने भनी लेखेका छन्।

एनिंग पछाडी संसदलाइ सम्बोधन गरेका लेबर साम्सद टोनी बर्कले केही साम्सदहरु बर्तमान अस्ट्रेलियाको बिरोधि रहेको भन्दै राष्ट्र विभाजन गर्ने अभिव्यक्तिको संज्ञा दिएका थिए।

दोस्रो विश्व युद्धताका भएको यहुदी नरसंहार भन्दा अगाडी देखिनै "समाधान" भन्ने शब्द यहुदीहरुको जर्मन प्रवेश र उनीहरुको समान कानुनि अधिकारहरुसंग सम्बन्धित रहेर समय समयमा प्रयोग हुने गरेको थियो। युनिभर्सिटी अफ अस्ट्रेलियाका इतिहास विषयका प्रोफेशर डर्क मोसेस येनिंगको भनाइले पनि त्यस्तै सन्दर्भ दिन खोजेको बताउछन।

तर सन् १९३०/४० मा नाजी हरुले त्यो शब्दलाइ नरसंहार योजनासंग जोडेर प्रयोग गर्न थालेका थिए।

प्रोफेसर मोसेस नाजीहरुको सन्दर्भलाई यसरी बुझाउछन," उनीहरुको समाधान अन्तिम समाधान हुन सक्छ, कुनै आधा उपाय हैन। अनि त्यो भनेको नरसंहार...निर्वासन र नरसंहार हो। "

मेलबर्नको मोन्याश बिश्वबिद्धयालयका भाषा व्याख्याता सिमोन मस्ग्रेभ यस्ता निषेधित वाक्यांशहरुको प्रयोगमा बिशेष ध्यान पुर्याउनु पर्ने बताउछन।

एनिंगले आप्रवासी प्रक्रियामा समाधान उपाय के हो त भन्ने बारेको आफ्नो बिबादस्पद सम्बोधनमा यस्तो बताएका छन्,"आप्रबासन सम्बन्धि समस्याको अन्तिम समाधान भनेको बहुमत नै हो, आप्रवासीहरुको संख्या घटाउनका लागि हामीलाई जनमत संग्रहको आवस्यकता पर्दैन, हामीलाई खालि यस्तो सरकार चाहिन्छ जसले दिगो जनसख्या नीतिलाई संस्थागत गरोस र ४५७ भिसा भएकाहरुले रोजगारी खोस्ने प्रक्रिया बन्द होस् र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आफ्नै देश फर्कने सर्तमा मात्र विद्यार्थी भिसा दिइयोस। भन्दा को अस्ट्रेलिया आउन सक्छ भन्ने निर्णय लिनको लागि चाहि हामीलाई जनमत चाहिन्छ।“

“यदि त्यस्ता वाक्यांशलाइ निषेधित र सामान्यतया बुझिने भन्दा भिन्न रुपमा प्रस्तुत गर्ने हो भने बिषयको पृष्ठभूमिलाइ प्रष्ट रुपमा प्रस्तुत गर्दै त्यसको छुट्टै माने स्थापित गर्न सक्नु पर्छ तर त्यो अत्यन्त कठिन हुन्छ। “

अस्ट्रेलियाका यहुदीहरुको काउन्सिलका सह प्रबन्धक एलेक्स रिभ्चिन भन्छन “जुन उद्देश्यका साथ् साम्सद येनिंगले यो वाक्यांशको प्रयोग गरेको भएपनि यो यहुदी समुदायको लागि अझै पनि बिक्षिप्त पार्ने कुरा हो। उनले यसरी कुनै पनि राजनीतिक मुद्दालाइ अगाडी ल्याउन नाजीहरुको शब्दावली प्रयोग गर्नु दुखद भएको बताए।

सर्बत्र एनिंगको भनाईको आलोचना भइरहदा उनको पार्टी क्याटर्स अस्ट्रेलिया पार्टीका नेता बब क्याटर उनको समर्थनमा अगाडी आएका छन्। उनले आफु एनिंगको भनाइमा हजार प्रतिशत आफ्नो सहमति रहेको बताएका छन्।

श्वेत अस्ट्रेलियाको पुनरावृत्तिको माग सहितको उक्त भनाइलाई सुनौलो भनाइ भन्दै क्याटरले एनिंगको बचाउ गरेका छन्।

तर संसदको माथिल्लो सदनलाई सम्बोधन गर्ने क्रममा फ्रेजर एनिंगबाट उद्घोषित "फाइनल सोलुशन" त्यस भन्दा अगाडी आफुले नसुनेको, नदेखेको र त्यस्तो अनुभब पनि नभएको सामाजिक संजाल लिंकड़इनमा लेखेर एनिंगका सल्लाहाकार रिचार्ड म्याक्गील्भ्रेले आफ्नो पदबाट राजिनामा दिएका छन्।

एनिंगको बिबादास्पद भनाइ आएको केही घण्टा पश्चात आफुले राजिनामा दिएको लेखेका म्याक्गील्भ्रेले संसदमा सम्बोधन गर्नु पूर्व पनि यो बिषयमा एनिंगले आफुसंग केही छलफल नगरेको भनी सफाइ दिएका छन्।

 


Share

4 min read

Published

Updated

By Sunita Pokharel



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now