Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

१९ भोट मात्र पाएर सभासद् बनेका एन्निंगलाई पदबाट हटाउन पहल

गए शुक्रवार न्युजिल्याण्डमा पचास जनाको मृत्यु हुने गरी भएको आतङ्कवादी हमला पछि अस्ट्रेलियाली सङ्घीय सभासद्ले "मुसलमान आप्रवासन" उक्त घटनाको कारण भएको बताएका थिए।

Queensland Senator Fraser Anning speaks at a press conference in Brisbane

Queensland Senator Fraser Anning has been roundly condemned for suggesting Muslim migration was partly to blame for the Christchurch attacks. Source: AAP

क्राइस्टचर्च स्थित दुई मस्जिदहरूमा एक चरम दक्षिणपन्थी विचारधारा सहित उक्त हमला भएको अधिकारीहरूको भनाइ छ। हमलावर एक अस्ट्रेलियाली नागरिक रहेको पनि बताइएको छ।

घटनाको केही बेरमै क्वीन्सल्याण्ड सभासद् फ्रेजर एन्निंगले मुसलमानहरू भित्र्याउने न्युजिल्याण्डको अध्यागमन नीति नै उक्त घटनाको मुख्य कारण भएको बताउँदै एक विज्ञप्ति सार्वजनिक गरे।

“हुन त यस्ता हिंसात्मक कदम उचित भएको भन्न नमिलेता पनि, यसले अस्ट्रेलिया र न्युजिल्याण्डमा बढ्दो मुसलमान उपस्थिति प्रति हाम्रो समुदायमा भय बढ्दै गएको प्रस्ट पारेको छ”, उनले भने।

फ्रेजर एन्निंगको उक्त प्रतिक्रियाको न्युजिल्यान्डकी प्रधानमन्त्री जसीण्डा आर्डर्नेका साथै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिशन र विपक्षी लेबर नेता बिल शर्टनले पनि कडा आलोचना गरेका छन्।

आफ्नो कदमको बचाव

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै पनि कडा आलोचनाको सामना गर्नु परिरहेका क्वीन्सल्याण्ड सभासद्ले आफ्नो विज्ञप्तिको बचाव गरेका छन्।

आज सोमबार ब्रिसबेनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सञ्चार माध्यमहरूले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै आफ्नो बिचारको बचाव गरे।

तर मुसलान आप्रवासनका कारण हिंसामा वृद्धि भएको तथ्यलाई मात्र प्रस्ट पारेको उनले जोड दिए।

“आफूले वास्तविकतालाई दर्शाउदा प्रधानमन्त्री मोरिशन लगायतका मानिसहरू केहिकारणबस दुखित भएका छन्”, उनले भने।

एन्निंगलाई संसदबाट हटाउन माग

फ्रेजर एन्निंगलाई सङ्घीय सभासद्को पद बाट हटाउन माग गर्दै सुरु भएको एक अनलाइन हस्ताक्षर सङ्कलन अभियानमा अहिले सम्म दस लाख भन्दा बढी मानिसहरूले आफ्नो समर्थन जनाएका छन्।

उक्त हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको हो सिड्नी डाक्टर केट अहमद र मेलबर्न लेखक ह्यारिस सुल्तान द्वारा।

छुट्टाछुट्टै सुरु भएको उक्त अभियानमा समर्थकहरूको सङ्ख्या धेरै भए पछि, दुवैलाई जोडिएको हो।

हाल रहेको कानुन अन्तर्गत खालि आपराधिक गतिविधिमा दोषी ठहर भएका वा दोहोरो नागरिकता रहेका सङ्घीय सभासद्लाई मात्र पद बाट हटाउन सकिन्छ।

फ्रेजर एन्निंगको पछिल्लो गतिविधिका कारण राजनीतिग्यहरुलाई सङ्घीय संसदबाट निष्कासित गर्न सकिने कानुन लागु गर्न ग्रीन्स पार्टीका नेता रिचार्ड डी नाटालेले माग गरेका थिए।

तर कानूनमा बदलाव गर्ने आफ्नो कुनै योजना नरहेको मोरिशन सरकार र विपक्षीद्वारा पनि बताइएको छ।

सरकार र लेबर पार्टीद्वारा मिलेर संसद्मा एन्निंगको न्युजिल्याण्ड सम्बन्धी अभिव्यक्तिको आधिकारिक रूपमै आलोचना गर्न एक प्रस्ताव प्रस्तुत गरिने भएको छ।

गए वर्ष फ्रेजर एन्निंगले मुसलमान आप्रवासनलाई अस्ट्रेलियामा रोकिनु पर्ने भन्दै नाजी जर्मनीमा प्रयोग गरिने यहुदी विरोधी “अन्तिम समाधान” भन्ने व्याख्याको प्रयोग गरेपछि संसद्मा उनको कडा आलोचना भएको थियो।

यसैक्रममा केट अहमद र ह्यारिस सुल्तानले चाहिँ आफूले उक्त कानुन बारे बुझेको बताएका छन्।

“अस्ट्रेलियाली कानुन अन्तर्गत रहेर एन्निंगलाई सभासद्को पद बाट राजीनामा दिन बाध्य बनाउन वा दक्षिपन्थी आतङ्कवादलाई समर्थन गरेको आरोपमा उनी माथि जाँच हुनुपर्ने हाम्रो चाहना रहेको छ”, दुवैले बताए।

एन्निंग कसरी बने सभासद्?

सन् २०१६ को सङ्घीय चुनावमा वान नेशनको लागि उम्मेदवार रहेका फ्रेजर एन्निंगले खालि १९ ओटा मात्र प्रतक्ष्य भोट पाएका थिए।

तर संसद्को माथिल्लो सदनमा व्यक्ति नभई पार्टीको सिट रहने भएकोले दोहोरो नागरिकताको समस्याका कारण पद त्यागेका तात्कालिन सभासद् म्याल्कल्म रोबर्ट्सको सट्टा एन्निंग सभासद् बनेका हुन्।

सभासद् बन्ने बित्तिकै उनले वान नेशन परित्याग गर्दै एक स्वतन्त्र सभासद्को रूपमा काम गर्दै आएका छन्।

एन्निंगलाई हटाउने जिम्मा मतदाताको

गृह मामिला मन्त्री पिटर डटनले आगामी सङ्घीय निर्वाचनमा एन्निंगलाई संसद् बाट हटाउने मौका मतदाताहरूले पाउने बताएका छन्।

सोमबार नाइन नेटवर्कसँग कुरा गर्दै डटनले भने कि मानिसहरूले स्वतन्त्र र आदर्पूर्ण रूपमा मतदान मार्फत सबै भन्दा कडा सन्देश पठाउन सक्दछन्।

“यस्तो त्रासदी बाट जसले राजनीतिक फाइदा उठाउने प्रयास गर्द छ उक्त व्यक्तिको कडा आलोचना हुनुपर्दछ”, प्रतिनिधि सभाका लागि क्वीन्सल्याण्ड बाटै निर्वाचित भएका डटनले बताए।

 

अण्डा हिर्काउने किशोर माथिको कदम

गए शनिवार मेलबर्नमा आयोजना भएको एक कार्यक्रम पछि एन्निंगले पत्रकारहरूसँग कुराकानी गरिरहँदा एक १७ वर्षीय युवकले उनीमाथि अण्डा प्रहार गरेका थिए।

विलियम कोनोलीको उक्त कदम पछि एन्निंगले उक्त किशोरलाई झापड हान्नुका साथै उनका समर्थकहरूले कोनोलीलाई जमिनमा लड़ाउदै हातहपाई गरेको देखाउने एक भिडियो पनि सार्वजनिक भएको थियो।

अहिले भिक्टोरियाली प्रहरीले उक्त घटनाबारे आफ्नो छानबिन जारी रहेको र किशोरका साथै उनी विरुद्ध घटनास्थलमा उपस्थितहरूको कदम माथि पनि जाँच गरिने बताएको छ।

प्रधान मन्त्री स्कट मोरिशन भन्छन्, “उक्त घटना पछि सभासद् एन्निंग माथि कडा कारबाही हुनुपर्छ।”

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now