SKIP TO MAIN CONTENT

फ्रेजर येनिङ्ग समर्थकलाई पत्रकारहरूमाथि हाथापाई गरेको भन्दै आक्रमण र धम्कीपूर्ण व्यवहारको आरोपमा मुद्दा दायर

एक फोटो पत्रकारलाई आक्रमण गरेको र एक महिला पत्रकार माथि 'धम्कीपूर्ण' टिप्पणी गरेको आरोपमा एक युवालाई आगामी मे महिनामा अदालतमा उपस्थित हुनु पर्ने गरी मुद्दा दायर गरिएको छ।

The NewsCorp photographer and reporter after an alleged confrontation at the Fraser Anning media call.
The NewsCorp photographer and reporter after an alleged confrontation at the Fraser Anning media call. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

१९ वर्षीय सो व्यक्ति, उग्र दक्षिण पन्थी बिचार राख्ने र आफ्ना अभिव्यक्तिहरूका कारण विवादमा आइरहने सिनेटर फ्रेजर एनिङ्गको समर्थक भएको समाचारहरूमा जनाइएको छ। 

शुक्रवार बिहान सिनेटर फ्रेजर एनिङ्गले दक्षिणी सिड्नीको क्रोनोल्लामा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा एनिङ्ग समर्थक एक युवाले न्युज कर्प्स को सामुदायिक पत्रिकाकी महिला पत्रकार माथि धम्कीपूर्ण टिप्पणी गरेको जनाइएको छ।

एनिंङ्गले कूक निर्वाचन क्षेत्रका लागी आफ्ना उम्मेदवार पिटर केली र अन्य सिनेट सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरिएको थियो।

समाचार संकलनका लागी त्यहाँ उपस्थित महिला पत्रकार एलिजा बार् माथि भएको दुर्व्यवहारलाई रोक्न प्रयास गर्ने न्युज कर्प्स कै अर्का फोटो पत्रकार माथि ती युवाले कथित हातपात गरेका थिए।

सामान्य आक्रमण, डर देखाउने र आक्रामक व्यवहार प्रस्तुत गरेको अभियोग लगाइएका १९ वर्षीय युवाले फोटो पत्रकार डाइलन रबिन्सनको सर्ट च्यात्नुका साथै उनको क्यामरा लगायतका उपकरणलाई भुइँमा फ्यालिदिएको आरोप लगाइएको छ।

घटना भएको केही समय पश्चात् नै प्रहरीले ती युवालाई घटना स्थलबाट हटाइ प्रहरीको गाडीमा हालेका थिए।

NSW Police detain a man after a confrontation with a photographer following a press conference with Senator Fraser Anning
NSW Police detain a man after a confrontation with a photographer following a press conference with Senator Fraser Anning Source: AAP

उता फ्रेजर येनिङ्गले भनेको घटनाको आलोचना गरेका छन्।

साथै उनले आफूले हिंसाका लागी कहिले पनि वकालत नगर्ने पनि जनाएका छन्।

प्रधानमन्त्री स्कट मोरिशनले पनि उक्त घटनालाई 'पूर्ण तया भयानक' भनी व्याख्या गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now