SKIP TO MAIN CONTENT

गाईभैंसीको सुत्केरी भत्तामा अझै सुस्तता

Agriculture, livestock allowance
Source: Getty

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

नेपालमा चालू आर्थिक बर्ष देखि शुरु हुने भनिएको "गाईभैंसीलाई सुत्केरी भत्ता" दिने कार्यक्रम, सञ्चालन कार्यविधि नबनेकाले अझै शुरु भएको छैन।

कान्तिपुर दैनिकका अनुसार घोषित योजना अनुसार, कुनै कृषकको गाई -भैसी ब्याऐमा, ती कृषकले सरकार का तर्फ़बाट अनुदान पाउने छन्।

सरकारले पहिलो चरणअन्तर्गत चालु आवमा इलाम, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, प्यूठान, सुर्खेत, डडेल्धुरा र बैतडी जिल्लाका पशुलाई सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ । तर यस भत्ताका लागि कृषक सहकारीमा आबद्ध हुनुपर्ने, पशु बिमा गरेको हुनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रबाट पशु ब्याउने वा ब्याएको हुनुपर्ने लगायतका नियमहरु रहेका छन्।

पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालयले कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यालयमा नपठाउँदा कर्मचारीहरू अन्योलमा परेका छन् । साथै, कार्यक्रमका सबंधमा पूर्ण जानकारीको अभावले गर्दा कतिपय कृषक यस बिषयमा अनभिज्ञ रहेका छन्।

पशु उत्पादनलाई बढावा दिन, सुत्केरीे पशुको आहारा तथा स्याहार सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषक प्रोत्साहनका लागि सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now