SKIP TO MAIN CONTENT

गल्ति नगर्दा पाईने जरिवाना कसरि सुल्झाउने

parking ticket
Source: Getty Images

2 min read

Published

Updated

Presented by Audrey Bourget

Source: SBS Settlement Guide


Skip to article content

विदेशबाट अस्ट्रेलिया आई भर्खरै बसोबास गर्न थालेका नया प्रवासीहरुलाई यहाँको भाषा, संस्कृति लगायत  कुराहरु त सिक्नै पर्ने हुन्छ।  तर त्यसका साथै यहाँको कानून सम्बन्धमा पनि ज्ञान राख्न अनिवार्य हुन हुन्छ। 

 कुनै गलत काम गरेको फेला परेमा अस्ट्रेलियामा त्यसको सजाय स्वरुप जरिवाना लगायतका कानूनी प्रतिक्रिया तुरुन्तै लागू हुन्छ।  जस्तै, यदि कसैले तोकिएको गति भन्दा बढी  तेज क साथ गाडी चलाई रहेको फेला पर्यो भने उसले सरकारलाई जरिवाना स्वरुप केहि रकम तिर्नु पर्ने हुन्छ र साथै चालक अनुमति पत्र पनि खारेजी हुने सम्भावना हुन्छ। यी  सबै जरिवाना समयमै फर्छौट गरे कम हानि हुने छ। 

 यदि सामान्य गल्ति लागि जरिवाना भनि वास्ता गरेन भने  यसले झन् ठुलो समस्या निम्त्याउछ।  जस्तो ट्रेनको टिकेट न काटी यात्रा गर्दा लागेको जरिवाना वास्ता गरेन भने यो रकम बिस्तारै दुइ-गुना, तिन-गुना हुदै जान्छ। 

 यदि आफुले गल्ति नगर्दा पनि जरिवाना लागेको छ भने , सरकारी कानुनी सहयोग प्रदान गर्ने संस्था लीगल एड लाई सम्पर्क गर्नु बेस हुनेछ।  अस्ट्रेलियाको सबै राज्यहरुमा यो सस्था रहेको छ र यिनीहरुसंग सल्लाह लिदा दो-भाषे को सहयोग पनि लिन सकिन्छ। 

 आउदो सप्ताह कानुनी सप्ताह हो र देश भरि आयोजना हुन लागेको कार्यक्रमहरुमा सरिक भई, वा  www.lawweek.com.au मा गएर   यस सम्बन्ध मा थप जानकारी लिन सक्नु हुन्छ। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now