SKIP TO MAIN CONTENT

बाल यौन दुराचार: कार्डिनल जर्ज पेललाई ६ वर्षको जेल सजाय

सन् १९९६ मा दुई किशोरहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका अस्ट्रेलियाका वरिष्ठ क्याथोलिक जर्ज पेललाई ६ वर्षको जेल सजाय सुनाइएको छ।

Cardinal George Pell leaves the County Court in Melbourne.
Cardinal George Pell leaves the County Court in Melbourne. Source: AP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

मेलबर्न स्थित काउन्टी कोर्टमा आफ्नो फैसला सुनाउने क्रममा प्रधान न्यायाधीश पिटर किडले उनलाई तीन वर्ष आठ महिना पछि परोलमा छुट्न पाउने प्रावधान सहित उक्त सजाय सुनाएका थिए।

आफ्नो फैसला सुनाउने क्रममा न्यायाधीश किडले इसाई धर्मगुरु पेलको उमेर, अपराधहरूको गाम्भर्यता, पेल तथा ती पीडित किशोरहरू बिच रहेको विश्वासको सम्बन्धको साथ-साथै यो मुद्दाको प्रचारलाई आफूले ध्यानमा राखेको बताएका छन्।

न्यायाधीश किडले पेलको वृद्ध उमेरलाई ध्यानमा राख्दै उनलाई सामान्य अवस्थामा भन्दा चाँडो परोलका निम्ति योग्य हुने पनि बताएका छन्।

“आफ्नो जीवनको अन्तिम दिनहरू समुदायमा बिताउने तपाईँका सम्भावना वृद्धि गर्न मैले तपाईँलाई केही छुट दिएको छु।”

७७ वर्षीय पेलले आफू निर्दोष रहेको बताउँदै आएका छन्।

"तपाईँ संसार भरिकै क्याथोलिक चर्चहरूका वरिष्ठ व्यक्तित्वहरू मध्य एक हुनुहुन्छ। कार्डिनलको पदमा अझै बहाल हुनुहुन्छ। अनि, अस्ट्रेलिया तथा संसार भरिकै क्याथोलिक आस्था रहेका मानिसहरूको ठुलो चासोको रूपमा अहिले तपाईँ हाम्रो सामु उपस्थित हुनुहुन्छ।”

“क्याथोलिक चर्चको असफलताहरूको निम्ति तपाईँलाई बलिको बोको बनाउन मिल्दैन।”

यो मुद्दा संसार भर नै चासोको विषय भएको हुनाले न्यायाधीश किडले आफ्नो सुनवाई प्रत्यक्ष प्रसारण गर्ने अनुमति दिएका थिए।

साथै, अदालतको उक्त कोठा क्याथोलिक चर्चका अन्य यौन दुराचारमा शिकार भएका मानिसहरूको भिडले खचाखच भरिएको थियो।

सन् १९९६ मा पेलद्वारा दुर्व्यवहार गरिएका १३ बर्से किशोरको जो अहिले आफ्नो जीवनको तेस्रो दशकमा छन्, उनको पनि त्यस कक्षमा उपस्थिति थियो। अर्का किशोरको सन् २०१४ मै मृत्यु भइसकेको छ।

चर्च तथा उसका पादरीहरुले गरेका अन्य यौन दुराचारका शिकार भएकाहरूलाई न्यायाधीश किडले आफ्नो फैसलाका क्रममा सम्बोधन गर्दै पेलको सजायलाई आफूहरू माथि घटेको घटनाहरूको दोषी नभएको बुझ्न भनेका छन्।

“तपाईँहरू माथि भएका ज्यादतीहरूका दोषी कार्डिनल पेल होइनन्।”

आफू माथि लागेको आरोप खण्डन गरेका पेलले पुनरावेदन अदालतमा आज बिहान सुनाइएको सजाय विरुद्ध चुनौती दिएका छन्। यसको सुनुवाइ आगामी जुन महिनामा हुने बताइएको छ।

आरोप

कार्डिनल पेलले एक नाबालिगसँग यौन समबन्ध स्थापित गरेको, नाबालिगहरुसँग अश्लील कार्य गरेको तथा एक १३ बर्से किशोरहरूलाई सन् १९९६ डिसेम्बर महिनाको एउटा आइतबार मेलबर्न स्थित सेन्ट प्याट्रिक गिर्जाघरमा धार्मिक सभापछि यौन दुराचार गरेको र अर्को एक किशोरलाई सन् १९९७ को फेब्रुवरीमा पुन: दोस्रो पटक दुर्व्यव्यवाहार गरेको आरोपहरू माथि कसुर ठहर गरिएको हो।

ती सबै आरोपहरू प्रत्येकको अधिकतम सजाय १० वर्ष हो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now