SKIP TO MAIN CONTENT

बाल यौन दुराचारमा दोषी नरहेको उच्च अदालतको फैसला पछि जर्ज पेल जेल मुक्त

मङ्गलवार बिहान आफ्नो फैसला सुनाउदै अस्ट्रेलियाली उच्च अदालतले जर्ज पेललाई दिइएको ६ वर्षे जेल सजायलाई उल्टाएको हो।

George Pell leaves HM Prison Barwon in Geelong, Tuesday, 7 April, 2020.
George Pell leaves HM Prison Barwon in Geelong, Tuesday, 7 April, 2020. Source: AAP

2 min read

Published

Updated

By Jarni Blakkarly



Skip to article content

गत वर्ष बाल यौन दुराचारको आरोपमा जेल पठाइएका अस्ट्रेलियाका वरिष्ठ क्याथोलिक पादरी जर्ज पेललाई उच्च अदालतको पूर्ण इजलासले सफाई दिएको छ।

७८ वर्षीय पेल द्वारा आफु दोषी नभएको भन्दै उच्च अदालत समक्ष गरिएको अपीलबारे अदालतको आज फैसला आएको हो।

जर्ज पेल विरुद्धको आरोपको श्रोत बनेको घटना नभएको हुन सक्ने सम्भावनाबारे चाहिं उपयुक्त प्रश्न नउठेको हुनसक्ने उच्च अदालतको भनाइ थियो।

सन् १९९० को दशकमा मेलबर्नका तत्कालिन आर्चबिशप रहेका पेलले सेन्ट प्याट्रिक्स कथिड्रलमा दुई किशोरहरु माथि यौन दुराचार गरेको आरोपमा गत डिसेम्बरमा दोषी ठहर गर्दै छ वर्ष जेल सजाय सुनाइएको थियो। 

उनि विरुद्ध १६ वर्ष भन्दा कम उमेरका बालक माथि यौन सम्पर्क गरेको एक आरोप र १६ वर्ष भन्दा कम उमेरका बालक माथि वा उपस्थितिमा अभद्र व्यवहार गरेको चार आरोप रहेको थियो। 

उनलाई भिक्टोरिया स्थित बारवोन जेलमा राखिएको थियो र उनि आजै जेल बाट रिहा भएका छन्। 

जर्ज पेल इशाई क्याथोलिक धर्म सम्बन्धि अस्ट्रेलियाकै सबै भन्दा वरिष्ठ अधिकारी रहेका थिए।

George Pell arrives at the County Court in Melbourne during earlier hearings.
George Pell serbest kaldı. Source: AAP

यसै क्रममा उच्च अदालतको फैसला पछि जारी गरिएको एक विज्ञप्तिमा पेलले आफु निर्दोष रहेको बताउदै आएता पनि आफु माथि "गम्भीर अन्याय" भएको बताएका छन्।

साथै आफु विरुद्धको मुद्दा क्याथोलिक धर्म माथिको जनमत सङ्ग्रह नरहेको उनले बताए, त्यस्तै अस्ट्रेलियाली गिर्जाघरमा अधिकारीहरुले बाल यौन दुराचार बारे कस्तो कदम चालेको बारे पनि जनमत सङ्ग्रह नभएको पनि उनको भनाइ थियो।

"यी भयानक अपराध मैले गरेको हो कि हैन भन्ने मुद्दाको केन्द्रबिन्दु रहेको थियो, जुन मैले गरेको हैन," उनले थपे।

सहयोग चाहिने पाठकहरुले लाइफलाइन को सङ्कट सहायता हेल्पलाइनलाई १३ ११  १४ मा, सुसाइड कल ब्याक सेवा लाई १३०० ६५९ ४६७ मा वा ५ देखि २५ वर्ष उमेरका मानिसहरुका लागि किड्स हेल्पलाइनलाई १८०० ५५ १८०० मा सम्पर्क गर्न सक्नुहुन्छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now