SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: थप ६५ जनामा सामुदायिक सङ्क्रमण, सङ्क्रमित सङ्ख्या बढ्ने प्रिमियरको आशङ्का

बिहीवार न्यु साउथ वेल्समा थप ६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरिएको छ।

New South Wales has recorded 283 new locally transmitted coronavirus cases overnight, 28 of which were infectious during their time in the community. (AAP Image/Bianca De Marchi) NO ARCHIVING
Source: AAP

2 min read

Published

Updated



Skip to article content

राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले सिड्नीमा आयोजित कोभिड-१९ अपडेट सम्बन्धी एक पत्रकार सम्मेलनका क्रममा ती मानिसहरू सामुदायिक रूपमा सङ्क्रमित भएको बताएकी हुन्।

उनका अनुसार, ती ६५ मध्ये २८ जना सङ्क्रमित अवस्थामा हुँदा आइसोलेसनमा बसेका थिएनन्।

बेरिजिक्लियन भन्छिन् कि ती २८ मध्ये थुप्रै जना औषधी पसल वा डाक्टर (जीपी) कहाँ पुगेका थिए।

उनले कोभिड-१९ का लक्षण भएका मानिसहरूले स्वास्थ्य उपचार चाहिए पहिले आफ्नो जीपीलाई फोन गर्नुपर्ने बताएकी छिन्।

न्यु साउथ वेल्स प्रिमियरले राज्यवासीहरूलाई कोरोनाभाइरसको लक्षण देखिएमा केवल परीक्षणका लागि मात्र घरबाट निस्कन आग्रह गरेकी छिन्।

समुदाय थुप्रै मानिसहरू सङ्क्रमित अवस्थामा हिँडडुल गरिरहेको भन्दै उनले शुक्रवारको घोषणा हुने सङ्क्रमण सङ्ख्या बिहीवारको तुलनामा बढ्ने पनि आशङ्का व्यक्त गरिन्।

"मेरो अनुमान छ कि भोलि हामीले केस सङ्ख्या बढेको पाउनेछौँ," उनले भनिन्।

ग्लाडिस बेरिजिक्लियनले आफूहरूद्वारा लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाले बिस्तारै काम गर्न थालेको प्रमाणित हुँदै गएको पनि बताएकी छिन्।

"यी नम्बरहरू तल-माथि भइराखेता पनि हामीले (सङ्क्रमण सङ्ख्या) स्थिर हुँदै गइरहेको देखेकै छौँ। म मानिसहरूलाई उनीहरूले जे गरिरहेका छन्, त्यसलाई निरन्तरता दिन बलियो सन्देश दिन चाहन्छु।"

तर उनले प्रतिबन्धहरू खुकुलो पारिनु अघि हालको अवस्थामा निकै सुधार हुनुपर्ने पनि प्रस्ट पारेकी छिन्।

पत्रकार सम्मेलनकै क्रममा राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले हाल न्यु साउथ वेल्स भर १९ जना कोभिड-१९ का कारण सघन उपचार कक्षमा भर्ती रहेका बताएकी छिन्।

उनी भन्छिन् कि ती मध्ये ५ जना भेन्टिलेटरमा छन् र यसरी आइसियुमा रहेका बिरामीहरूको उमेर २० वर्षदेखि ८० वर्ष माथिसम्म छ।

डा चान्टका अनुसार फेयरफिल्ड हाइट्स, स्मिथफिल्ड, केन्ली हाइट्स, फेयरफिल्ड वेस्ट, ब्याङ्क्सटाउन, कन्डर पार्क, हर्स्टभील, रोजल्यान्ड्स, रोजबेरी, क्यान्टबरी, बेलमोर, जोर्जेस रिभर क्षेत्र र लिभरपुल स्थानीय सरकार क्षेत्र थप चिन्ताका स्थानहरू हुन्।

यसका साथै इमु प्लेन्स इलाकामा देखा परेको नयाँ सङ्क्रमित व्यक्ति पनि चिन्ताको विषय रहेको उनको भनाई छ।

केरी चान्टले क्रिस ओ'ब्रायन लाइफहाउस नामक एक क्यान्सर उपचार केन्द्रमा कार्यरत कामदारमा पनि कोभिड-१९ पुष्टि भएको बताएकी छिन्।

तर उनले एकै घरभित्र हुने सङ्क्रमणले बिरामीहरूको सङ्ख्यामा बढोत्तरी गरेको बताएकी छिन्।

उता, राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भने खोप आपूर्तिका कारण कम उमेरका मानिसहरूलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन नसकिएको बताएका छन्।

उनी भन्छन् कि राज्यसँग थप खोप उपलब्ध भएको भए राम्रो हुने थियो।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now