न्यु साउथ वेल्समा थप ३८ जनामा सङ्क्रमण,पारिवारिक जमघट र भेटघाट नगर्न आग्रह

न्यु साउथ वेल्स राज्यमा मा आज कोरोनाको ३८ नयाँ सङ्क्रमित फेला परेका छन् ।

NSW Premier Gladys Berejiklian.

NSW Premier Gladys Berejiklian. Source: AAP

राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले सिड्नी बासिलाई परिवार एवम् आफन्तजन सँगको भेटघाटलाई बन्द गर्न आग्रह गरेकी छन् ।

फेला परेका ३८ मध्ये १८ जना भने सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बिहीबार कोरोना ब्रिफिङका क्रममा राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले सङ्क्रमित सङ्ख्या धेरै भएको भन्दै सिड्नी बासिलाई आफ्ना परिवार एवम् आफन्तजन सँगको भेटघाटलाई बन्द गर्नु पर्ने बताएकी छन् ।
“सबैभन्दा दुखद सन्देश यो हो कि मानिसहरूले आफ्ना सबैभन्दा प्रिय मानिसहरूलाई भाइरस सारी रहेका छन्, पछिल्ला केही दिनमा घरेलु सम्पर्कमा रहेमा मानिसहरू कोरोना सङ्क्रमण पाइएको छ, ” उनले भनिन् ।

गएको २४ घण्टामा राज्यमा कुल ४० हजार मानिसले कोरोना परीक्षण गरेको बताइएको छ ।
बुधवार स्वास्थ्य अधिकारीहरू सँगको छलफल पछि अर्को एक हप्ता लकडाउनलाई लम्ब्याउने निर्णय भएको प्रिमीयर बेरीजीक्लीयनले घोषणा गरेकी थिइन् ।

लकडाउनलाई लम्ब्याउनु आफ्ना चाहना नभएको भएता पनि नियमलाई सम्मान गरेर आफ्नो घुमफिरलाई कम गर्नु नागरिकको दायित्व भएको उनले बताइन् ।

“दुई ठुला क्षेत्रहरू जहाँ भाइरसको फैलावट तीव्र गतिमा बढिरहेको छ, त्यहाँ घरेलु सम्पर्कबाट र लक्षण सहित मानिसहरू क्रियाकलाप गरी रहेका छन्।”

“यी दुई ठुला कारणबाट सामुदायिक प्रसारणको दर बढिरहेको छ,” उनले भनिन् ।
Coronavirus Shopping Infographics Nepali COVID-19
Source: SBS Nepali

Share

Published

Updated

By SBS News
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
न्यु साउथ वेल्समा थप ३८ जनामा सङ्क्रमण,पारिवारिक जमघट र भेटघाट नगर्न आग्रह | SBS Nepali