गोलहरुको वर्षाका साथ् बेनी एफसीले जित्यो जीएनसी २०१९ शिल्ड

माछापुछ्रे फुटबल क्लबलाई ४ को विरुद्ध ७ गोलले पराजित गर्दै बेनी एफसीले २०१९ जीएनसी शिल्ड जितेको छ।

Beni FC wins 20th GNC football competition 2019 in Sydney.

Beni FC wins 20th GNC football competition 2019 in Sydney. Source: Supplied

सिड्नीमा रहेका २१ वटा नेपाली क्लबहरुको सहभागिताका साथ् गोर्खा नेपलिज कम्युनिटी द्वारा आयोजना गरिएको प्रतियोगिताको २० औं संस्करणमा बेनी एफसीले प्रिमियर लीगमा पनि पहिलो स्थान हात पारेको थियो।

पानी परेको कारण गए ५ महिना देखि आयोजना भएको उक्त प्रित्योगिताको फाइनल र तेस्रो स्थानको लागि खेलहरु गए हप्ता बाट आजका लागि स्थगित भएको थियो।

गोर्खा नेपलिज कम्युनिटीका नरेन्द्र राइले प्रतियोगिताको इतिहासमै पहिलो पटक यतिको रोमान्चक खेल भएको बताए।

पश्चिम सिड्नीको लिडकम्ब स्थित वाएत पार्कमा आज केहि खेलाडीहरु बीच झगडा परेको कारणले भन्दै आयोजक द्वारा तेस्रो स्थानको लागि खेल रद्द गरिएको थियो।

त्यसपछि आयोजना भएको बेनी र माछापुछ्रे एफसी बीचको फाइनल खेलले मौसमले पनि चुनौती दिएको दिनलाई पूर्ण रूपमा बदलिन सफल भयो।

Machhapuchhre Football Club in Sydney.
Machhapuchhre Football Club in Sydney. Source: Supplied

बेनी एफसी द्वारा म्याचको पहिलो दुइ गोल गरिए पछि त्यसको जवाफमा माछापुछ्रेका खेलाडीहरुले तीन गोल गर्न सफल हुँदै खेललाई आफ्नो नियन्त्रणमा ल्याएका थिए।

तर खेलको नब्बे मिनेट सम्म दुवै पक्ष ४-४ गोलका साथ बराबरीमा रहेका थिए।

नब्बे मिनेटको खेल पछि थप गरिएको तीस मिनेटको दोस्रो हाल्फ़मा बेनी एसीले ३ गोल गर्दै आफ्नो जीत सुनिश्चित गरेको हो।

आफ्नो क्लबलाई ७ -४ ले जिताउन ठुलो सहयोग पुराएका बेनी एफसीका खेलाडी धिरेन शाहीले उक्त फाइनलमा २ गोल गर्दै म्यान अफ द म्याचको उपाधि पनि जित्न सफल भए।

गोर्खा नेपलिज कम्युनिटीका नरेन्द्र राइले प्रतियोगिताको इतिहासमै पहिलो पटक यतिको रोमान्चक खेल भएको बताए।

Dhiren Shahi from Beni FC scored two goals against Machhapuchhre FC and was also awarded the "Man of the Match" in Gurkha Nepalese Community football competition 2019.
Dhiren Shahi from Beni FC scored two goals against Machhapuchhre FC and was also awarded the "Man of the Match" in Gurkha Nepalese Community football competitio Source: Facebook

प्रिमियर लीग उपाधि

त्यस्तै केहि हप्ता अगाडी सम्पन्न भएको जीएनसी प्रतियोगिताको प्रिमियर लीगमा पनि पहिलो स्थान हात परेका बेनी एफसीका विवेक अधिकारीले सर्वश्रेष्ठ गोल कीपरको पुरस्कार पाएका छन्।

साथै बेनीएफसीका लागि १६ गोल गर्न सफल संजीव छेत्रीले प्रिमियर लीगमा सबै भन्दा बढी गोल गर्दै “गोल्डेन बूट” पनि जितेका छन्।

छेत्रीले “प्लेयर अफ द सिरिज” को पनि पदक पाउन सफल भए।

अर्को तर्फ उच्चस्तरीय खेल प्रदर्शन गर्न सफल भएकोमा ग्रयानभिल राइनोज़लाई “फेयर प्ले टीम” पुरस्कारका साथ् सम्मानित गरिएको थियो।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now