मुख्य बुँदा
- पानी जहाज सञ्चालन गर्ने बिभिन्न कम्पनी र अस्ट्रेलियाली सरकार मिलेर कोभिड–१९ सङ्क्रमणलाई रोक्न विशेष निर्देशिका तैयार पारेका छन्।
- यात्रा गर्नु अघि कोभिड–१९ सम्बन्धी खोपको सुझाव दिइएको डोज लगाउनु जरुरी छ।
- पानी जहाजमा यात्रा गर्दा मास्क लगाउने र स्वच्छ हावाको आवागमनका बारेमा ख्याल राख्न जरुरी रहन्छ।
आगामी वर्ष पानी जहाजमा छुट्टी मनाउन जानका लागि सिड्नी निवासी इमी जिन्गु र उनको परिवार निकै उत्साहित छन्।
सन् २०२० र २१ म कोरोना सङ्क्रमणका कारण आफ्नो योजना रद्द गर्नु परे पनि यस पटक भने उनीहरू यात्रा सफल हुनेमा विश्वस्त छन्।
“हामी कोभिड–१९ सङ्क्रमणबाट डराएका छौ, तर परिवारसँग क्रुजमा जानुको मजा नै निकै बेग्लै छ,” दुई सन्तानकी आमा जिन्गुले भनिन्।
गत अप्रिल महिनादेखि सरकारले यात्रुवाहक पानी जाहाजहरु अस्ट्रेलिया भित्रन नपाउने भन्ने नियममा परिवर्तन गरे पनि, यसबाट सङ्क्रमण बढ्न सक्ने प्रति भने सरकार सचेत छ।
केही समय अघि मात्र पनि कोरल प्रिन्सेस नामक पानी जहाजमा देखिएको सङ्क्रमणले सन् २०२० मा रूबी प्रिन्सेस पानी जहाजमा यात्रा गरेका २८ जनाको मृत्यु भएको घटनाको स्मरण गराएको छ।
तर त्यति बेलाको परिस्थिति बेग्लै भएको साउथ अस्ट्रेलिया विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ एड्रियन स्टरम्यान बताउँछन्।
“पहिले खोप र एन्टीभाइरल उपचार विधि थिएनन्, शरीरको प्रतिरक्षा निकै कम थियो, तर अहिले सङ्क्रमित यात्रुहरू आए भने पनि समुदायमा यसको प्रभाव कम पर्छ,” उनले भने।
“तर क्रुजमा हुँदा बिरामी हुनु सुखद कुरा होइन, सङ्क्रमित भएकाहरूले दीर्घकालीन स्वास्थ्य समस्या भोग्न सक्छन्।”

रूबी प्रिन्सेस पानी जहाज घटना पछि के परिवर्तन आएको छ?
रूबी प्रिन्सेस पानी जहाजको सङ्क्रमण पछि सरकार र विभिन्न पानी जहाज कम्पनीहरू मिलेर कोभिड–१९ फैलनबाट रोक्न निर्देशिका बनाएका छन्।
न्यु साउथ वेल्स सरकारले पनि पानी जहाजलाई टायर सिस्टम अन्तर्गत वर्गीकरण गरेको छ।
“पछिल्लो समय थुप्रै जहाजहरूले स्वच्छ हावाको आवागमनका लागि भेन्टीलेसनमा सुधार गरेका छन्, सुझाव गरिएका फिल्टर र हावामा कीटाणु मार्न रिफ्रसेर प्रयोग गरिन्छन्,” प्राध्यापक इस्टरम्यान भन्छन्।
यात्रुहरूले जहाजमा कोभिड–१९ सुरक्षाका लागि के सुधार गरिएका छन् भनेर वेबसाइट मार्फत हेर्न सक्छन्।
'बिरामी हुँदा यात्रा नगर्नुहोस्'
अस्ट्रेलियाबाट पानी जहाजमा बाहिर जाँदा वा फर्कँदा कोभिड-१९ खोप लगाएको प्रमाणपत्र पेस गर्नु पर्दैन।
तर स्वास्थ्य विभागले भने खोप नलगाएका वा गम्भीर रोग निम्तन सक्ने खतरा भएकाहरूलाई यात्रा गर्दा एक पटक सोच्न आग्रह गरेको छ।
“यात्रा गर्ने योजना रहेको दिन भन्दा एक हप्ता अघि मात्रै सङ्क्रमित भएकाहरूले पनि यात्रा गर्नु हुँदैन, यसले कोभिड–१९ र अन्य रोगहरु संगै रहेका मानिसलाई सार्न मद्दत गर्छ,” विज्ञहरू सुझाव दिन्छन्।
“यात्रुहरू एकै ठाउँमा कोचिएर यात्रा गर्दा, सङ्क्रमणको जोखिम झनै बढ्छ,” इस्टरम्यान भन्छन्।

जिन्गु र उनको परिवारले खोपको सुझाव भएका सबै डोज लगाएका छन्।
“हामीले यात्रा गर्नु अघि बाहिर कम जाने र सङ्क्रमण नहोस् भन्नका लागि मास्क लगाउने गरेका छौ,” उनले भनिन्।
यात्राका लागि आवश्यक बिमा गरेको पनि जिन्गुले बताइन्।
प्राध्यापक इस्टरम्यान खोपमा भने अप-टु-डेट रहन सुझाव दिन्छन्।
“गम्भीर रोगबाट बच्न यो नै सुरक्षात्मक उपाय हो,” उनले भने।
“भित्र रहँदा गुणस्तरीय फेस मास्कको प्रयोग गर्नुहोस्, कोभिड–१९ लाई समेत समेट्ने बिमा गर्नुहोस्, तपाई गम्भीर बिरामी हुनु भयो भने तपाईँलाई जहाजबाट बहीर निकाल्नु पर्ने हुन्छ, यसमा विचार पुर्याउनु होला।”
न्यु साउथ वेल्स सरकारले क्रुज यात्रामा जाँदा के के गर्नुपर्छ भनेर चेक लिस्ट तैयार पारेको छ।
थप जानकारीका लागि स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागको पानी जहाज यात्रा सम्बन्धी जानकारीमा जानुहोस् अथवा स्मार्ट ट्राभलरको वेबसाइटमा जानुहोस्।
एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्।
