Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गोरो जातिको हुनु गलत हैन: वान नेशन नीतिको गल्तीले समर्थन भन्छ सरकार

वान नेशनकी नेत्री पलिन ह्यान्सनले सङ्घीय संसदमा प्रस्तुत गरेको विवादास्पद प्रस्ताव प्रति गठबन्धन सांसदहरुको समर्थन, "प्रशासनिक" गल्तीका कारण भएको अर्थ मन्त्री मथियास कोर्म्यानले बताएका छन्।

One Nation party leader Pauline Hanson
Pauline Hanson says "anti-white" racism is on the rise in Australia. Source: AAP

गोरो जाति विरुद्ध विभेद एवं पश्चिमी समाज प्रति हमला बढ्दै गएको दाबी गर्दै ह्यान्सनले हिजो सङ्घीय संसदको माथिल्लो सदनमा "गोरो जातिको हुनु गलत हैन" भन्ने प्रस्ताव पारित गराउन प्रयास गरेकी थिईन् ।

सभासद ह्यान्सनका अनुसार, संचार माध्यम र सामाजिक संजालहरुमा गोरो जातिका मानिसहरु माथि रंगभेद बढ्दै गएको छ।

"संसदका धेरै सदस्यहरु 'इट्स ओके टु बी व्हाइट' भनेर भन्न नसक्ने मेरो अनुमान रहेको छ" उनले प्रतिक्रिया दिंदै भनिन्।

तर २८ को बिरुद्ध ३१ भोटले ह्यान्सनको उक्त प्रस्ताव संसदमा अगाडी बढ्न असफल भयो।

 

किन भयो विरोध?

विपक्षी लेबर पार्टीका साथै ग्रीन्स र केही स्वतन्त्र सांसदहरुले पनि उक्त प्रस्तावको विरोधमा भोट हालेका थिए।

यसको कारण थियो, "गोरो जातिको हुनु गलत हैन" भन्ने नारा उक्त जातिको बाहुल्यता सुनिश्चित गर्न चाहने समूहहरुद्वारा प्राय: प्रयोग हुन्छ।

अनि, वान नेशनकी नेत्रीको प्रस्तावको आलोचना गर्दै ग्रीन्स नेता रिचार्ड डी नटालीले सभासद ह्यान्सनका साथै क्याटर अस्ट्रेलिया पार्टीका फ्रेसर एन्निंगको पनि निन्दा गरेका थिए।

ग्रीन्स नेताका अनुसार अस्ट्रेलियामा गोरो जातिको हुनु भनेको चिट्ठा जित्नु बारबार हो। बरु अन्य जातिको हुनु भनेको चाहीं नकारात्मक साबित हुन सक्दछ।

"आदिवासी भए कम उमेरमै मृत्यु हुने, जेलमा थुनिने, अफ्रिकी भए रंगभेदको अनुभव गर्ने वा मुसलमान हुनु गलत हुने", उनले भने।

केही महिना अगाडी, आफ्नो पहिलो संसदीय सम्बोधन गर्दै एन्निंगले आप्रवासी संख्या घटाउन "अन्तीम समाधान" भन्ने वाक्य प्रयोग गरेका थिए। उक्त व्याक्य यहुदीहरुको नरसंहारको लागि हिटलरद्वारा प्रयोग गरिएको इतिहास रहेको छ।

 

सरकारी प्रतिक्रिया

उता, सङ्घीय सरकारमा अर्थ मन्त्री रहेका मथियास कोर्म्यानले चाहिं "प्रशासनिक" गल्तीका कारण लिबरल-नेसनल गठबन्धन सरकारका २३ जना सांसदहरुले पलिन ह्यान्सनको प्रस्तावको समर्थनमा भोट हालेको बताएका छन्।

प्रधानमन्त्री स्कट मोरिशनले पनि आफ्ना सभासदहरुको उक्त कदम प्रति "खेद" व्यक्त गरिरहँदा उनका अर्थ मन्त्रीले भने उक्त कथित गल्तीबारे माफी मागेका छन्।

"गठबन्धनद्वारा केही समय अगाडीनै वान नेशनको उक्त गोरो जाति सम्बन्धि प्रस्तावको समर्थन नगर्ने बताईसकेको थियो", उनले भने।

तर लेबर पार्टीले भने उक्त पछिल्लो घटनाले सरकारसंग उपयुक्त ढंगमा काम गर्ने क्षमता नरहेको पुष्टि भएको जनाएको छ।

स्काई समाचारसँग कुरा गर्दै लेबर संसद ब्रेण्डन ओ'कोनोरले भने "संयुक्त राज्यमा क्लु-क्लक्स-क्लान नामक रंगभेदी समूहद्वारा प्रयोग गरिने व्याक्यलाई समर्थन गर्नु रंगभेदलाई समर्थन गर्नु हो।"


2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now