एनडीआइएस: मानिसहरूले सुविधा अब छिटो-छरितो रूपमा लिन सक्ने सरकारी बाचा

सरकारले नेशनल डिसबिलिटी इन्सुरेन्स स्किम (एनडीआइएस) भनिने राष्ट्रिय अपाङ्गता बीमा योजनालाई चुस्त तथा दुरुस्त बनाउने कार्यको थालनी गर्ने बताएको छ।

Minister for Government Services Stuart Robert at a press conference at Parliament House in Canberra, Thursday, October 17, 2019.

Minister for Government Services Stuart Robert at a press conference at Parliament House in Canberra, Thursday, October 17, 2019. Source: AAP

एनडीआइएस हेर्ने सङ्घीय मन्त्री स्टुवर्ट रबर्टका अनुसार उक्त सरकारी सेवा योजनाले आशा अनुरुपको काम नगरिरहेको हुनाले अब छिट्टै सुधारका कदमहरू चालिने छ।

आज क्यानबेरामा घोषणा हुने सुधारका कार्यक्रमबाट मानिसहरूले सुविधा छिटो-छरितो रूपमा लिन सक्ने र उच्च गुणस्तरको निर्णयमा पुग्न मद्दत मिल्ने सरकारले आसा लिएको बताइएको छ।

अपाङ्गता भएका मानिसहरू र उनीहरूका परिवारजनहरूबाट प्राप्त भएको प्रतिक्रियालाई ध्यानमा राखेर सरकारद्वारा सुधारका कदमहरू ल्याइने मन्त्री रबर्टको भनाइ छ।

“मेरा सबै छलफलहरूबाट के प्रस्ट छ भने, एनडीआइएसले अपाङ्गता भएका मानिसहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पारिरहेको छ,” रबर्टले भने।

A parliamentary inquiry is investigating the NDIS.
A parliamentary inquiry is investigating the NDIS. Source: AAP

उक्त बिमा योजना माथिको एक संसदीय सुनुवाइका क्रममा ढिलासुस्तीका कारण मानिसहरूले एनडीआइएसमा सामेल हुन नसकेको, केसवर्करहरू अपाङ्गता प्रति अनभिज्ञ रहेको र सेवा प्रदायकहरूले आफ्ना ग्राहकहरूको बिल तिरिदिनु परेको लगायतका गुनासोहरू बाहिर आएका थिए।

गत सेप्टेम्बर महिनामा सार्वजनिक गरिएको सरकारी बजेट सम्बन्धी एक तथ्याङ्कका अनुसार एनडीआइएसका लागि भनेर छुट्टयाइएको ४६ अर्व डलर खर्च हुन नसकेको तथ्य बाहिर आएको थियो।

सरकारले उक्त प्रतिवेदन बाहिर आए लगत्तै, आफूहरूले सोचे अनुसार मानिसहरूद्वारा एनडीआइएसमा भाग लिन नआएका कारण उक्त विनियोजित रकम बाँकी रहन गएको बताएको थियो।

तर, त्यसपछि भने सरकारले एनडीआइएसलाई दिशानिर्देश गर्ने निकाय - नेशनल डिसीबिलिटी इन्सुरेन्स एजेन्सीमा एक नयाँ कार्यकारी अधिकृत नियुक्त गरेको छ।

मन्त्री स्टुवर्ट रबर्टले एनडीआइएस बारे बिहीबार आफूले गर्ने घोषणामा उक्त योजनाले अबका दिनमा केन्द्रित हुने कार्य योजना सार्वजनिक गरिने पनि बताए।

हाल उक्त योजनाको अन्तिम चरण लागू हुँदैछ र अर्को वर्षको मध्यसम्ममा यस सम्बन्धी सबै कार्यहरू पुरा हुने बताइएको छ।

यसका साथै, सरकारले एनडीआइएस योजनालाई अझ आर्थिक रूपमा सबल बनाउने र यस सम्बन्धी सहकार्यहरूमा जोड दिने बताएको छ।

 


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now