क्याजवल कामदार र एकल व्यवसायी लगायतका लागि १४ अर्ब डलरको थप राहत सहयोग

दोश्रो चरणको पछिल्लो सहायता प्याकेजको लागि ६६.१ अर्ब डलर लगानी गरिने सरकारको भनाइ छ।

Treasurer Josh Frydenberg

Treasurer Josh Frydenberg Source: AAP

कोरोनाभाइरसका कारण अस्ट्रेलियाली अर्थतन्त्रमा पर्ने असरलाई कम गर्न भन्दै सङ्घीय सरकारले दोश्रो चरणको आर्थिक राहात प्याकेजको घोषणा गरेको छ।

अस्ट्रेलियालीहरुलाई आफ्नो जागिर गुमाउन बाट जोगाउन र व्यवसायहरुलाई संचालनमा राख्न सहयोग गर्न भन्दै क्यानबेरामा आयोजित एक संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिशन र ट्रेजरर जोश फ्राईडेनबर्गले उक्त घोषणा गरेका हुन्।

दोश्रो चरणको पछिल्लो सहायता प्याकेजको लागि ६६.१ अर्ब डलर लगानी गरिने सरकारको भनाइ छ।

गए हप्ताको पहिलो आर्थिक सहायता प्याकेजमा मोरिशन सरकारले १७.६ अर्ब डलर खर्च गर्ने बताएको थियो। साथै साना र मध्यम व्यवसायहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउन सहज बनाउन पनि सरकारले १५ अर्ब डलर लगानी गर्ने बताएको थियो भने उक्त सहयोगमा रिझर्भ बैंकले पनि ९० अर्ब डलर प्रदान गरिने घोषणा गरेको थियो।

यसका साथ् कोरोनाभाइरस बाट हुने आर्थिक प्रभावलाई कम गर्न सङ्घीय सरकारले १८९ अर्ब डलर खर्च गर्ने छ, जुन अस्ट्रेलियाको कुल ग्राहस्थ उत्पादनको ९.७ प्रतिशत बारबार रहेको पनि प्रधानमन्त्री स्कट मोरिशनको भनाइ छ।
Australian Prime Minister Scott Morrison and Australian Treasurer Josh Frydenberg arrive to speak to the media during a press conference at Parliament House.
Australian Prime Minister Scott Morrison and Australian Treasurer Josh Frydenberg arrive to speak to the media during a press conference at Parliament House. Source: AAP

सरकारको आर्थिक सहायता प्याकेजका मुख्य विषयवस्तु

क्याजुवल, एकल व्यवसायी, रिटायर भएका र आय सहायक भत्ता पाउनेहरुले थप आर्थिक सहयोग पाउने भएका छन् भने आफ्ना कर्मचारीहरुलाई काममा राखिराख्न व्यवसायहरुलाई पनि आर्थिक सहयोग प्रदान गरिने छ।

जतिसक्दो लामो समय सम्म व्यवसायहरु संचालन भएको सुनिश्चित गर्न र कोरोनाभाइरसको सङ्कट पार भएपछि अस्ट्रेलियाली अर्थतन्त्र फेरी बलियो अवस्थामा फर्किन सक्ने अवस्थामा रहेको हेर्न सरकारले चाहेको स्कट मोरिशनले बताए।

उक्त सहयोग अस्थाई रहेको जोड दिंदै प्रधानमन्त्रीले देश भर रहेका तीस लाख भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरु अस्ट्रेलियाली अर्थतन्त्रको मेरुदण्ड भएको बताए।

साथै ट्रेजरर जोश फ्राईडेनबर्गले पनि आगामी छ महिना सम्म आफ्नो जागिर गुमाउने वा आफ्नो व्यवसाय बन्द गर्न बाध्य हुने अस्ट्रेलियालीहरुका लागि पछिल्लो सहयोग घोषणा गरिएको बताएका छन्।

यस अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, , कृषक परिवार सहायता भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिने छ।

आय गुमाएको पुष्टि हुने क्याजुवल कामदार र एकल व्यवसायीहरुले पनि सहायक भत्ता पाउने उनको भनाइ छ। 

यसको मतलब हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा १,१०० डलर सम्म पाउन सक्ने फ्राईडेनबर्गले बताए। 

आगामी छ महिना सम्मको लागि मात्र प्रदान गरिने उक्त कोरोनाभाइरस आर्थिक भुक्तानी हाल मानिसहरुले पाउने सामान्य भुक्तानी माथि थप गरिने छ।

र १४.१ अर्ब डलर सम्म खर्च हुने उक्त नीति लागु गर्न सर्भिसेज अस्ट्रेलियामा कर्मचारी संख्या ५ हजारले बढाइने सरकारको भनाइ छ।

थप पारिवारिक सहयोग

सामाजिक सुरक्षा र पुर्व सैनिक भत्ता र अन्य योग्य सहुलियत कार्ड रहेकाहरुका लागि गए १२ मार्चमा घोषणा गरिएको ७५० डलरको आर्थिक भुक्तानी माथि अर्को ७५० डलरको थप भुक्तानी गरिने पनि मोरिशन सरकारले बताएको छ।

आगामी १३ मार्च देखि स्वतः उक्त भुक्तानी पाउनेहरु मध्ये झन्डै पचास प्रतिशत पेन्शन पाउनेहरु रहेको सरकारको भनाइ छ।

सुपरएनुएशन झिक्ने अनुमती

कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेका अस्ट्रेलियालीहरुले सन् २०१९ -२० र सन् २०२०-२१ को प्रत्येक आर्थिक वर्षमा १० हजार डलर आफ्नो सुपरएनुएशन बचत बाट प्रयोग गर्न सक्ने छन्।

आफ्नो आय वा काम गर्ने समयावधि बाट कम्तिमा २० प्रतिशत गुमाएकाहरुले चाडै सुपर झिक्न पाउने छन्। जस बापत मानिसहरुले कर तिर्न नपर्ने पनि सरकारको भनाइ छ।

रोजगारदाताहरुका लागि नगद उपलब्ध गराइने

मोरिशन सरकारले कर्मचारी रहेका साना र मध्यम आकारका व्यवसाय, दात्रि र गैर सरकारी संस्थाहरुका लागि पनि १ लाख डलर सम्मको सहयोग प्रदान गर्ने भएको छ।

२० हजार डलर देखि सुरु हुने उक्त सहयोगका साथ् व्यवसायहरुलाई आफ्नो भवनको भाँडा, बिजुली शुल्क, कर्मचारी तलब र अन्य खर्च बेहोर्न सहयोग हुने सरकारको अनुमान रहेको छ।

तलब भुक्तानी संग सम्बन्धित करलाई उक्त सहयोगसंग जोडेर व्यवसायहरुले आफ्ना कर्मचारीहरुलाई नहटाएको सुनिश्चित गर्न चाहेको बताइएको छ।

वार्षिक ५ करोड डलर सम्मको आय रहेका संस्थाहरुले उक्त राहत योजनामा सहभागी हुन पाउने छन्।

त्यस्तै साना र मध्यम आकारका व्यवसायीहरुका लागि सरकारले सहुलियतमा प्रदान गरिने ऋणहरुमा ५० प्रतिशत सम्मको ग्यारेन्टी प्रदान गर्ने पनि घोषणा गरेको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand