Feature

"राम्रो शिक्षा नै बहुसांस्कृतिक अस्ट्रेलियामा सफलताको उपाय": संघीय सांसद जेसन क्लेयर

२ हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको ब्ल्याक्स्ल्यांड निर्वाचन क्षेत्रबाट संघीय संसंदमा प्रतिनिधित्व गर्ने जेसन क्लेयर, नेपाली समुदायका अनेकन चासोहरुबारे आफु जानकार रहेको बताउँदै उचित शिक्षाले नै अस्ट्रेलियामा 'राम्रो' गर्न सकिने बिचार एसबीएस नेपालीसँग व्यक्त गरेका छन् ।

यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

न्याय, गृह र रक्षा सामाग्रीहरु सम्बन्धि मन्त्रालयहरु सम्हालिसकेका सांसद क्लेयरसँग गरिएको कुराकानीका केही मुख्य बिषयहरु:

• आप्रवासीहरुको संख्या धेरै भएको मेरो क्षेत्रलाई बढी सहयोग चाहिन्छ
• सहि शिक्षाले नै राम्रो करियर मार्फत सफल जीवन दिलाउँछ ।
• सिड्नी महँगो शहर हो र केही मानिसहरु निक्कै दुखः गरेर आफ्नो गुजारा चलाउँछन् ।
• साना ब्यबसायको थालनीलाई सरल बनाउन हामी सहि दिशानिर्देश गर्नेछौं ।

न्यु साउथ वेल्स स्थित् ब्ल्यु माउन्टेनका खोजकर्ता ग्रेगोरी ब्लाक्स्ल्यांडको नामबाट सन् १९४९मा नामाकरण गरिएको ब्लाकस्ल्यांड निर्बाचन क्षेत्रलाई नजिकबाट चिनेका छन्, संघिय सांसद जेसन क्लेयरले। उनी भन्छन्

"पश्चिमी सिडनीमा रहेको फेयरफील्ड, क्याब्रामट्टा तिर मेरो बाल्यकाल बित्यो।मैले देख्थें कि हाम्रो क्षेत्रमा धेरै कठिन जीवन बिताइरहेका मानिसहरुले भरिभराउ थियो। बिशेष गरेर जो विदेशबाट यहाँ बसाई सरेका थिए र एउटा बिल्कुलै नयाँ भाषा सिकिरहेका थिए।"

अहिले आफुले प्रतिनिधित्व गरिरहेको क्षेत्रमा पनि आप्रवासीहरुको बाहुल्यता भएकाले त्यस्ता ठाउँहरुमा अरु स्थानहरु भन्दा तुलनात्मक रुपमा बढी सहयोग आवश्यक रहेको उनको ठम्याई छ।

संघीय सांसद भएकाले आफु बिषेशत: विदेश मामिला, कर, संचय कोष (सुपरएनुयशन) लगायतका क्षेत्रहरु हेर्ने भएता पनि कुनै समस्या भए आफ्नो सम्पर्कमा आउन उनी ब्लाक्स्ल्यांड क्षेत्रमा बसोबास गर्ने नेपाली भाषी मानिसहरुलाई आग्रह गर्छन्।

उनी अगाडी थप्छन् " मलाई भेट्न आउने प्रायः मानिसहरू आप्रवास विभागमा अड्केर रहेको आफ्नो भिसा आवेदनको फाइल चाँडो चाँडो कसरी अगाडी बढाउन सकिन्छ भनेर बुझ्न खोज्दछन्।साथै, विशेष परिस्थितिमा संचय कोषको रकम कसरी झिक्न मिल्छ भनेर पनि मानिसहरु मकहाँ आउने गर्छन्।"

टेल्स्ट्रा, अप्ट्स, भोडाफोन लगायतका दूरसंचार कम्पनीहरुसँगको समस्यामा पनि आफु सहयोगार्थ उपस्थित हुने उनको भनाई छ। "म मानिसहरुको प्रतिनिधित्व गर्दै त्यस्ता कम्पनीहरूसँग कुरा गर्नसक्छु"।

पुर्व प्रधानमन्त्री बब हकबाट अति नै प्रभावित भएका क्लेयरले नेपाली समुदायका मानिसहरुलाई आ-आफ्नै स-सानो व्यवसायहरु सुरु गर्न आव्ह्वान गरेका छन्। "हामीलाई आफ्नै व्यापार स्थापना गर्नसक्ने मानिसहरुको खाँचो छ। हामी तपाइँलाई आफ्नै व्यापार व्यवसाय संचालन गर्न जस्तो सुकै पनि मद्दत गर्न तयार छौं।"

क्लेयर, मानसिक स्वास्थ्य समाजमा राम्ररी कुरा नहुने बिषय मध्यको एक ठान्दछन् र त्यसमा सुधार गर्न हामी सबैले आफ्नो पिरमर्का परिवारजन समक्ष्य नलुकाई राख्नुपर्ने बताउँछन्।
"मानसिक स्वास्थ्य समाजमा खासै कुरा नगरिने निषेधात्मक कुराहरु मध्ये एक हो। यहाँ केही मानिसहरु आफ्नो अफ्ठेरो आफ्नै परिवारजनलाई नै भन्न खोज्दैनन्। उनीहरुलाई कुनै समस्या छ वा डिप्रेशन छ भने यस्ता जानकारीहरु आफ्नो प्रियजनहरूसंग बाँड्न साँच्चै नै महत्त्वपूर्ण छ। "
समग्र अबर्न मा लगभग २ हजार ५ सय र ग्रान्भिलमा मात्र १ हजार बढी नेपालीहरु बस्दै आएकोमा यी स्थान बाहेक पश्चिमी सिड्नीका लिडकम्ब तथा ब्यान्क्स्टाउन लगायतका स्थानहरुको आंशिक भागहरुलाई ब्ल्याक्स्ल्यांड निर्बाचन क्षेत्रले समेटेको छ ।

यस शृंखलाका अरु कुराकानी:

Share

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand