SKIP TO MAIN CONTENT

आज साँझबाट ब्रिसबेनका केही क्षेत्रमा तीन दिने लकडाउन

होटेल क्वारीनटीनमा कार्यरत एक सफाइ मजदुरमा बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरूपको सङ्क्रमण भेटिएपछि ग्रेटर ब्रिसबेनका केही क्षेत्रमा सोमबार सम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन बन्देज लगाइने भएको छ ।

Passengers wear face masks at the International Airport in Brisbane
Passengers wear face masks at the International Airport in Brisbane Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS News



Skip to article content

ग्रेटर ब्रिसबेनका केही क्षेत्रमा शुक्रवार साँझ ६ बजे देखि लागु हुने गरी तिन दिन सम्म कढा खालको लकडाउन हुने भएको छ । 

होटेल क्वारीनटीनमा काम गर्ने एक सफाइ मजदुरमा बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरूपको सङ्क्रमण देखिएपछि राज्य सरकारले यस्तो निर्णय गरेको हो ।

ब्रिसबेन काउन्सिल अन्तर्गतका लोगन,इप्सवुच,मोरेटन बे र रेडल्याण्ड क्षेत्रका मानिसहरू आत्यबश्यक काम बाहेकमा घरबाट निस्कनका लागि बन्देज लगाइएको छ । 

उक्त क्षेत्रका मानिसहरू आज साँझ ६ बजे देखि व्यायाम,अत्यावश्यक किनमेल र स्वास्थ्य सेवा लिनका लागि मात्र घर बाहिर जान पाउनेछन् ।

यस बाहेक अत्यावश्यक सेवामा काम गर्ने कामदारहरू काममा जान पाउने बताइएको छ ।

यसै गरी ग्रेटर ब्रिसबेनका सबै बासिन्दालाई मास्क अनिवार्य गरिएको छ । 

यस अघि विदेशबाट फकिएर होटेल क्वारीनटीनमा रहेका केही मानिसमा बेलायतमा देखिएको कोरोनाको परिवर्तित स्वरूप देखिएता पनि क्वारीनटीन बाहिर भने यो नै पहिलो घटना हो । 

मुख्य स्वास्थ्य अधिकारी पाउल केलीले क्विन्सल्याण्डको पछिल्लो अवस्था चासोको विषय भएको बताए ।

“हामीलाई बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस सङ्क्रमित भएको व्यक्ति होटेल क्वारीनटीनमा छ भन्ने थाहा नै थिएन ।” उनले भने ।

“कहिले काहीँ केही जटिल प्रणाली मानिसमा निर्भर हुने भएकाले गल्ती हुन सक्छ, र अहिले त्यही भएको हो ।” उनले भने ।

विगत चार महिना देखि क्विन्सल्याण्ड सामुदायिक सङ्क्रमण  मुक्त रहेको थियो ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now