SKIP TO MAIN CONTENT

ग्रेटर सिड्नीमा भवन भित्रका केही ठाउँहरूमा मास्क लगाउन अनिवार्य

ग्रेटर सिड्नीका बासिन्दाहरूले (वलंगंग, सेन्ट्रल कोस्ट र ब्लु माउनटेन्स समावेश) अब भवन भित्रका केही स्थानहरूमा अनिवार्य मास्क लगाउनु पर्ने छ - सुपर मार्केट, शपिङ्ग सेन्टर, सिनेमा, थिएटर, सार्वजनिक यातायात, शृङ्गार गर्ने ठाउँहरू (ब्युटी सेलन), हेयर ड्रेसर, धार्मिक स्थलहरू र गेमिङ्ग गर्ने ठाउँहरू।

Father helps daughter with mask -  Getty Images - Morsa
Source: Getty Images - Morsa

1 min read

Published

By SBS Radio

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सोमबार ४ जनवरीदेखि मास्क नलगाएको खण्डमा २०० डलर जरिवाना तिर्नु पर्ने हुन्छ। १२ वर्ष भन्दा मुनिका बालबच्चाहरूलाई मास्क अनिवार्य नभए तापनि, सम्भव भएसम्म सबैलाई मास्क लगाउन न्यु साउथ वेल्सका अधिकारीहरूले आग्रह गरेका छन्। 

आतिथ्य उद्योगका सबै कर्मचारीहरूले र क्यासिनोमा काम गर्ने मानिसहरूले पनि मास्कको प्रयोग गर्नु पर्ने छ। 

धार्मिक स्थलहरू, विवाह समारोह र अन्त्येष्टि समारोहहरूमा १०० जना भेला हुन पाउने छन् र प्रत्येक ४ वर्ग मिटरमा एक व्यक्ति उपस्थित हुनु पर्ने नियम छ। नाइट क्लबहरू पूर्ण रूपले निषेधित गरिएका छन्। जिम कक्षाहरूमा ३० जना एक पटकमा भेला हुन पाउने छन् (पहिले यो सङ्ख्या ५० थियो)। 

भवन बाहिर गरिने प्रदर्शन, कार्यक्रम तथा विरोधहरूमा ५०० जना भेला हुन पाउने छन्। त्यस्तै, बाहिरी स्थानमा सिटमा बसी, टिकेट किनेर, या भवन बाहिर कुनै बन्द ठाउँमा भने २००० जना सम्म भेला हुन पाइन्छ। 

आफ्नो राज्य या टेरिटोरीको पछिल्लो नियमका हेर्नुहोस्:


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जानकार रहनुहोस् र सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
कोरोना भाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमै बसी सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
समाचार र जानकारीहरू sbs.com.au/coronavirus मा ६३ वटा भाषाहरूमा उपलब्ध छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now