SKIP TO MAIN CONTENT

राधा ला बिया: एक हिन्दु समलिंगी पुरुषको बेग्लै पहिचान

हिन्दु परिवारमा हुर्केका एक समलिंगी पुरुषले आफ्नो पहिचानलाई एक भिन्न रुप दिएर आत्मविश्वास बटुल्दै छन्, र सँगै अरुलाई पनि मनोरञ्जन प्रदान गर्दै छन्।

Shahmen Suku as Radha La Bia
Source: Insight

3 min read

Published

Updated

By ALICIA SCOTT



Skip to article content

सिंगापुरमा रहेको एक हिन्दु परिवारमा जन्मेका शामेन सुकु, आफ्नो बाल्यकालको रमाईला क्षणहरुको याद गर्छन्। घरमा बन्ने गरेको परिकारपूर्ण खानाहरु, अनि सप्ताहन्तमा आफ्नो ठूलो परिवारसँग स्थानिय मन्दिरहरु गई- प्रार्थना गरेका समयहरु उनको मानसपलटमा अझै ताजा रहेको छ।

परिवारहरुबिच भेटघाट हुँदा पनि, हिन्दु  संस्कृति अनुसारका चाड-पर्व मनाईने गरेको र भजन, किर्तन अनि प्रार्थनामा निकै समय बितेको उनी बताउँछन्।

 तर यस किसिमको परिवारिक संस्कारले, उनी हुर्कदै गएपछि समस्या लिएर आउन थाल्यो। सुकुको भनाईमा, आफू समलिंगी भएकाले - यसबारेमा धार्मिक आस्था रहेको परिवारसँग कुरा गर्न निकै अफ्ठेरो परेको थियो।

पारिवारिक जमघटमा समलिंगी र यसको सम्बन्धमा चर्चा नहुने भएकाले, उनलाई यो विषय उठाउन सजिलो थिएन।

 हिन्दु धर्ममा समलिंगीहरुको निन्दा नगरिए पनि, किशोरावस्थामा सुकुलाई आफू एक्लो भएको भान हुन्थ्यो। आफ्नो परिवार र संस्कृति समलिंगीपनाको प्रतिनिधित्वनै रहेको थिएन।

 तर सन् २००९ मा, अस्ट्रेलियाको ब्रिसबेन आएपछि, सुकुले बल्ल आफ्नो सहि रुपमा खुल्न थाले। उनीभित्र रहेको विभिन्न पहिचानहरुको खोजी गर्न थाले- भारतिय पृष्ठभूमिको, समलिंगी र हिन्दु धर्मालम्बि - एकअर्कासँग मिस्सिन पुग्यो।

अहिले उनी ड्रयाग क्वीनको रुपमा, अर्थात् आफ्नो बेग्लै पहिचान बनाई - विभिन्न ठाउँहरुमा प्रदर्शन दिने गरेका छन्।

उनको यो नयाँ रुपको जन्म भने अचानक भएको थियो।

Shahmen Suku as Radha La Bia
Shahmen Suku as Radha La Bia performing at an event for children. Source: Insight

सुकुका अनुसार, उनी एक साथिको घरमा खानाका विभिन्न परिकार बनाउने र अनि सिखाउने उध्देश्यका साथ पुगेका थिए। त्यसैबखत, उनले खाना बनाउने क्रममा आफ्नो रुप-रङ्ग फेर्दै, नयाँ पहिचान लिई रमाईलो गर्न थाले। सबै साथीहरुले उनको नयाँ पहिचानलाई मन पराए। त्यहिबाट जन्म भयो- राधा ला बियाको। 

भगवान् कृष्णकी प्रेमिका राधाको रुप लिएर अहिले सुकु विभिन्न ठाउँहरुमा प्रदर्शन गर्ने गरेका छन्। यस क्रममा उनले आफ्नो परिवार, धर्म र संस्कतिको बारेमा चर्चा गर्ने गरेका छन्।

दस बर्ष अघि एक साथीको घरमा जन्म लिएको  राधा ला बियाको रुपले- अहिले सिक्रेट गार्डेन र लेनवे जस्ता महोत्सवहरुमा पनि पर्दरशन दिई सकेको छ।

बेग्लै पहिचानको मुखौटाले आफुलाई आत्मा-विश्वास दिने, यसको बलमा आफूले उत्साहजनक प्रदर्शन दिन सकेको उनको भनाई छ।

आफ्नो परिवारले यी प्रदर्शनीहरुको बेवास्ता गरे उनि बताउँछन्। नयाँ पहिचानले गर्दा आफूलाई धर्ममा विश्वास हुँदाहुँदै पनि, समलिंगी भएमा आउने मौका र चुनौतिहरुको अनुभव लिन पाएको उनी बताउँछन्।

सिड्नी समलिंगी मार्डी ग्रा २०२० परेडको प्रत्यक्ष प्रसारण एसबीएस टिभीमा र यहाँ पनि उपलब्ध रहनेछ, शनिबार २९ फेब्रुअरी बेलुका ७:३० बजे देखि (पूर्वी अस्ट्रेलियाली समय)

मानसिक स्वास्थ्य सहयोग चाहिने LGBTIQ + अस्ट्रेलियालीहरुले QLife लाई १८०० १८४ ५२७ मा फोन गर्न सकिनेछ वा qlife.org.au मा थप जानकारी प्राप्त गर्न सकिनेछ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now