कोभिड-१९ बाट "हाइब्रिड इम्युनिटी" भएका व्यक्तिहरूको बारेमा विश्व स्वास्थ्य सङ्गठनको खुलासा

विश्व स्वास्थ्य सङ्गठनको अनुसार हाइब्रिड इम्युनिटी भएका मानिसहरूमा गम्भीर बिरामी हुने र अस्पताल भर्ना हुने जोखिम ९५ % कम हुने, र फेरी सङ्क्रमण हुने जोखिम ४२ % कम हुने गरेको छ। हाइब्रिड इम्युनिटी भनेको खोप र सङ्क्रमणको मिश्रणबाट विकास हुने प्रतिरोधात्मक शक्ति हो।

Sydney Residents Enjoy Eased COVID-19 Restrictions As State Surpasses 80 Per Cent Vaccination Target

People in the Sydney CBD. Credit: Lisa Maree Williams/Getty Images

मुख्य बुँदाहरू:

  • हाइब्रिड इम्युनिटीले एन्टिबडीको स्तर बढाउने, जुन कम हुन लामो समय लाग्ने प्रमाणले देखाउँछ
  • सङ्क्रमणमा भन्दा खोपमा फाइदा हुन्छ किनभने त्यसले लङ्ग कोभिड र सङ्क्रमण सर्नबाट रोक्दछ: अस्ट्रेलियाली स्वास्थ्य विभाग
  • मानिसहरूलाई सङ्क्रमण र पुनः सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य सङ्गठनको सल्लाह

खोप नलगाएका र पहिले कोभिड-१९ सङ्क्रमण नभएका मानिसहरूको तुलनामा खोप लगाएका र पहिले कोभिड-१९ सङ्क्रमण भएका मानिसहरूमा अस्पताल भर्ना र गम्भीर बिरामी हुने जोखिम कम हुने गरेको एक विश्लेषणले बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले उक्त विश्लेषण २६ वटा अध्ययनमा आधारित रहेर गरेको हो।

"शरीरमा हाइब्रिड इम्युनिटी विकास भएको एक वर्ष पछि, गम्भीर कोभिड-१९ हुने र अस्पताल भर्ना हुनु पर्ने अवस्था ९५% ले कम हुन्छ," द ल्यान्सेट नामक चिकित्सा पत्रिकामा उल्लेखित छ।

"जब कि, एक वर्षभन्दा पहिले सङ्क्रमित भएका तर खोप नलगाएका मानिसहरूमा ती कुराहरूको जोखिम ७५% भएको पाइयो।"

तर हाइब्रिड इम्युनिटीले पुनः सङ्क्रमण विरुद्ध भने उच्च सुरक्षा प्रदान गर्दैन।

हाइब्रिड इम्युनिटी भएका मानिसहरू एक वर्ष पछि पुनः सङ्क्रमित हुने सम्भावना ४२% कम हुन्छ। पहिले सङ्क्रमित भएका मानिसहरूमा भने २५% कम हुन्छ।
विश्व स्वास्थ्य सङ्गठन

अस्ट्रेलियाको स्वास्थ्य विभागको अनुसार खोप या सङ्क्रमण मार्फत शरीरमा बारम्बार यान्टिबडीहरू विकास भएमा, शरीर झनै धेरै यान्टिबडीहरू विकास गर्दछ।

यसको अर्थ, हाइब्रिड इम्युनिटी भएका मानिसहरूको शरीरमा खोप मात्र लगाएको या पहिले सङ्क्रमण मात्र भएको मानिसहरूको तुलनामा बढी एन्टीजेन हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनकी प्राविधिक प्रमुख मारिया भ्यान केरखोभ भन्छिन् कि यस विश्लेषणले सङ्क्रमणलाई बढावा भने दिएको होइन।

"मैले पहिला पनि धेरै पटक भनी सकेँ, अहिले फेरी भनिरहेकी छु: सङ्क्रमण र पुनः सङ्क्रमणबाट सकेसम्म बच्नुहोस्," उनले एक ट्वीटमार्फत बताइन्।

सङ्क्रमण भन्दा खोप बढी फाइदामूलक

खोपले सुरक्षित र नियन्त्रित तरिकाका इम्युनिटी अर्थात् प्रतिरक्षा शक्ति विकास गर्ने स्वास्थ्य विभागले बताएको छ।

"जब तपाईँ प्राकृतिक रूपमा कुनै भाइरसको सम्पर्कमा आउनुहुन्छ, त्यसले खोपको तुलनामा तपाईँको शरीरमा छिटो असर गर्छ। त्यसले गर्दा लक्षणहरू गम्भीर हुन सक्छन्, र तपाईँ बिरामी पर्न सक्नु हुन्छ," विभागले एसबीएसलाई बताएको छ।

खोपले लङ्ग कोभिड हुन या सङ्क्रमण सर्न दिँदैन।
अस्ट्रेलियाली स्वास्थ्य विभाग

सङ्क्रमण र खोपबाट पाइने प्रतिरक्षा शक्ति व्यक्तिको उमेर र स्वास्थ्य अवस्था अनुसार फरक हुने सरकारले बताएको छ।

"खोपले वृद्ध व्यक्तिहरूमा पनि प्रतिरक्षा क्षमता बढाएको प्रमाण छ।"

पहिले सङ्क्रमण भएका मानिसहरूले खोप लगाउनु पर्छ?

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनमा सहकार्य गरेका युनिभर्सिटी अफ क्यालगरी अनुसन्धान समूहका डाक्टर निक्लास बोब्रोभिचले भने: "पहिले कोभिड-१९ भइसकेको मानिसहरूले पनि खोप लगाउन आवश्यक रहेको हाम्रो परिणामले देखाएको छ"।

के सामुदायिक हाइब्रिड इम्युनिटीले महामारी अन्त्य गर्न मद्दत गर्छ?

अस्ट्रेलियामा हाइब्रिड इम्युनिटी हाल विकासोन्मुख अवस्थामा रहेको अस्ट्रेलियाली चिकित्सा सङ्घका अध्यक्ष प्राध्यापक स्टीभ रब्सनले बताए।

ल्यान्सेटमा प्रकाशित भएको विश्लेषण पनि हाल अझै प्रारम्भिक रहेको उनको भनाइ छ।

"अद्यावधिक रूपमा खोप लगाएमा त्यसले आफू सङ्क्रमित हुने र अरूमा सङ्क्रमण सर्ने जोखिमलाई कम गर्दछ," उनले भने।

"आफ्नो लागि होइन कि, अरूको लागि खोप लगाउने भनी सोच्नुहोस्।"

यी सबै बीच, सङ्क्रमण र खोपले नयाँ भेरिएन्टहरू विरुद्ध कत्तिको सुरक्षा दिन्छ भन्ने अहिले थाहा नभएको स्वास्थ्य विभागको भनाइ छ। 

"अस्ट्रेलिया र विश्वभरको पछिल्लो अवस्था हेर्दा, नयाँ भेरिएन्टहरूमा प्रतिरक्षा शक्ति छल्ने क्षमता छ, त्यसैले सङ्क्रमणका नयाँ लहरहरू सुरु हुन सक्छन्।"

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


3 min read

Published

By Sahil Makkar

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now