SKIP TO MAIN CONTENT

न्यू साउथ वेल्स: आप्रवासी वृद्धि दर रोक्न बेरेजिक्लियिनद्वारा नयाँ कदम

न्यु साउथ वेल्स राज्यमा बे लगाम गतिमा बढिरहेको आप्रवासीहरूको सङ्ख्यामा अल्पविराम लगाउने हिसाबले मुख्य-मन्त्री ग्लाडिस बेरेजिक्लियिनले ३ सदस्य प्यानल गठन गरेकी छिन्।

NSW premier wants to cut overseas migration to half level.
NSW Premier Gladys Berejiklian. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आज बुधवार घोषणा गरिएको यस सुझाव समितिले, न्यु साउथ वेल्स राज्यको जनसङ्ख्या नीतिको खाका तयार गरेर आगामी वर्ष सङ्घीय सरकारकहाँ राज्य सरकारको सुझावरुपी आफ्नो प्रतिवेदन पठाउने छ।

सिड्नी विश्वविद्यालयका कुलपति पिटर शेरगोल्ड, पूर्वाधार एनएसडब्लुका कार्यकारी जिम बेट्स तथा न्यु साउथ वेल्सराज्यका योजना सचिव क्यारोलिन मक्नाल्ली मिलेर बनेको समितिले दुई महिना भित्र बेरेजिक्लियिनलाई अपेक्षित जनसङ्ख्या वृद्धिलाई सुहाउने खालको पूर्वाधारहरूको निर्माण गर्न कति समय जति लाग्न सक्ला भन्ने जस्ता विषयमा केन्द्रित रहेर आफ्नो सल्लाह दिनेछ।

बेरेजिक्लियिनले प्रधानमन्त्री स्कट मरिसनलाई एक पत्र लेख्दै सन् २०१९मा जनसंख्यामा विशेष "कोयाग" बैठक बोलाउन अनुरोध गरेकी छिन्।

कोयाग अस्ट्रेलियामा रहेका शासित क्षेत्रहरूका सरकार, राज्य सरकारहरू तथा सङ्घीय सरकार मिलेर बनेको सबैभन्दा माथिल्लो तहको मञ्च हो। वर्षमा दुई पटक हुने अस्ट्रेलियाली सरकारहरूको शिखर बैठक,  विशेष परिस्थितिमा आवश्यकता अनुरूप पनि बस्न सक्ने प्रावधान रहेको छ। 

जनसङ्ख्या वृद्धिसँगै पूर्वाधारको विकास भने नभएकाले आफूले सङ्घीय सरकारको ध्यानाकर्षण गर्न यस्तो कदम चालेको बेरेजिक्लियिनको भनाई रहेको छ।

आफ्नो राज्यमा आप्रावासीहरुको सङ्ख्या कम गराउन खोजे पनि उनीहरूद्वारा गरिएको योगदानको सह्राना गर्दै भनिन्, "न्यु साउथ वेल्स राज्य आर्थिक रूपमा सफल हुनुको कारण पछिल्ला वर्षहरूमा हामीले नयाँ आप्रावासीहरुहरुलाई यहाँ बसोबासका निम्ति आकर्षण गर्न सक्नु नै हो।"

Australia's infrastructure
Source: www.uow.edu.au

अहिलेकै गतिमा आप्रावासीहरुको सङ्ख्या बढिरहे आफ्नो राज्यमा हाल उपलब्ध पूर्वाधारहरूले धान्न नसक्ने बताउँदै उनले सङ्घीय सरकारले पूर्व प्रधानमन्त्री जोन हावर्डको पालामा झैँ प्रत्येक वर्ष ४५,००० मानिसहरूलाई मात्र अस्ट्रेलियामा बसाइँ सर्न दिनुपर्ने धारणा पुन: व्यक्त गरेकी छिन्।

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now