फेयर वर्क आयोगको उक्त निर्णयका साथ् धेरै कामदारहरुले आइतबार काम गरे बापत पाउने २०० % प्रति घण्टाको तलब मा कटौती गर्दै स्थायी कामदारहरुलाई १५० % र अस्थिर रूपमा कामगर्ने हरुलाई १७५ % को दरमा तलब दीयिने छ।
उदाहरणको लागि हाल सामान्य रूपमा प्रति घण्टा २० डलर पाउने व्यक्तिले आइतबार काम गरे बापत ४० डलर प्रति घण्टाको दरले तलब पाउँदछन्। पछिल्लो बदलावका साथ् स्थायी कामदारले ३० डलर र ३५ डलर प्रति घण्टाको दरले तलब पाउनेछन्।
उक्त कदमले देशमा सबै भन्दा कम तलब पाउने कामदारहरु माथि हमला गरेको आरोप लगाउँदै यसलाई लागु हुन नदिन युनियनहरुले प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
तर आइतबारको तलब दरमा कटौती गरिनुपर्ने मांग गर्दैआएका पक्ष द्वारा भने आयोगको निर्णयको स्वागत गर्दै यसले व्यवसायहरुलाई नयाँ कामदार भर्ना गर्न र थप समयको लागि व्यवसाय संचालन गर्न मदत गर्ने बताएका छन्।
फेयर वर्क आयोग आयोग द्वारा आज २३/२ मा आइतबारको दोब्बर तलब दरमा कटौती गर्ने निर्णय धेरैको सोंच अनुरुपनै रहेको बताइएको छ।
गए बर्ष मात्र उत्पादकत्व आयोग द्वारा पनि आइतबार पहिले जस्तो आराम गर्ने दिनको रूपमा हाल नरहेको भनि बताएको थियो।
यस अन्तर्गत आफ्नो प्रतिबेदनमा उक्त आयोगले आइतबार प्रदान गरिने तलबको दरलाई शनिबारको दरमा ल्यायिनु पर्ने सुझाव आयोगले दिएको थियो।
फेयर वर्क आयोग द्वारा उतापादकत्व आयोगको प्रस्ताव बमोजिम तलब दरमा कटौती त गरेन तर आइतबारबारे पहिले रहेका मान्यता भने हाल घट्दै गएको फेयर वर्क आयोगका अध्यक्ष इयन रोसले बताए।
उनले आइतबारको तलबको दरलाई शनिबारको समान नबनाउने आफ्नो निर्णयको पनि बचाव गरे।
खुद्रा र औसोधि पसलमा काम गर्नेहरुका लागि पनि आइतबार दोब्बर तलब पाउने व्यवस्था पहिलेनै अन्त्य भईसकेको थियो।
सिमित वा पूर्ण रूपमा हस्पिटालिटी र फस्टफूड व्यवसायमा कामदार रहेकाहरुको तलबको दर १७५ % बाट १५०% मा झर्ने छ।
अस्ट्रेलियाली ट्रेड युनियनहरुको परिषद (एसीटीयु) कि प्रमुख जेड केर्नी भन्छिन कि तलब दरमा उक्त कटौतीले कम आय रहेका झन्डै दस लाख कामदारहरु माथि ठुलो असर पार्नेछ।
साथै प्राधनमन्त्री माल्कल्म टर्नबुलले प्रभावित हुने मानिसहरुको तलब सुरक्षित राख्न कदम चाल्न सक्ने उनको भनाइ थियो।
केन्द्र सरकारले भने युनियनहरु द्वारा मानिसहरुलाई तर्साउने प्रयास गरिरहेको आरोप लगाएको छ।
रोजगार मन्त्री मिखाएला क्याश भन्छिन कि पेनाल्टी दरलाई पूर्ण रूपमै हटाइएको भन्ने जस्ता गलत प्रचार गर्ने इमेलहरु पनि हाल देखिएको छ।
युनियनहरु द्वारा तलब दर कटौतीको बिरोधमा प्रदर्शन गरिने बताउँदा उद्योग ब्यबसायीहरुले भने फेयर वर्क आयोगको कदमको स्वागत गरेका छन्।
स्याना व्यवसायीहरुको प्रतिनिधित्व गर्ने परिषदका प्रमुख पिटर स्ट्रंग भन्छन कि आइतबारको तलब दरमा हुने बचतले नयाँ कामदारहरुको भर्तिमा सहयोग गर्नेछ।
साथै प्रभावित उद्योगमा हाल कार्यरत रहेका धेरै कामदारहरु उद्यम सम्झौता अन्तर्गत रहेकाले, कोल्स, वूलवर्थ्स र म्याकडोनाल्ड जस्ता स्थानमा काम गर्नेहरुलाई असर नपार्ने उनि बताउँछन्।
तर हस्पिटालिटी कामदारहरुको प्रतिनिधित्व गर्ने य़ुनाइटेड भोईस नामक युनियन कि जोआन स्कोफिल्डले भने सबै कामदारहरु उद्यमी सम्झौतामा नपर्ने भएकोले कामदारहरु प्रभावित हुने पक्का रहेको छ।
