मेडीकेयर नभएकाहरूले कोभिड–१९ विरुद्धको खाने चक्कीमा कसरी पहुँच पाउने?

तोकिएका श्वासप्रश्वास क्लिनिकहरूमा सम्पर्क गरेर एन्टीभाइरल चक्की र लाग्ने शुल्कका बारेमा जानकारी राख्न सकिन्छ।

sick person taking a painkiller pill medicine in hand with a glass of water, sitting on cozy bed under blanket. sick at home

This image is a representation Source: Moment RF / asiandelight/Getty Images

मुख्य बुँदा

  • प्याक्सलोभिड र लेगेभ्रियो अस्ट्रेलियामा उपलब्ध एन्टीभाइरल चक्की हुन्।
  • योग्य अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दाले चिकित्सकको सिफारिस मार्फत सस्तो दरमा औषधि खरिद गर्न सक्दछन्।
  • एन्टीभाइरल चक्कीका लागि शुल्क लाग्ने भए पनि मेडीकेयरमा पहुँच नभएकाहरूले पनि यसको लागतका बारेमा श्वास प्रश्वास क्लिनिकहरू मार्फत जानकारी प्राप्त गर्न सक्छन्।

गत महिना फीजीको भ्रमणबाट फर्किए लगत्तै ओल्गा ग्रोबलरलाई टाउको दुख्ने, ज्वरो, थकान र उल्टी जस्ता समस्याहरू देखा परे ।

जाँच गर्दा उनमा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भयो।

“बिहान उठ्दा देखि नै लागेको खोकी रोक्दै रोकिएन,” दुई सन्तानकी आमा ग्रोबलरले भनिन्।

पहिल्यैदेखि अन्य रोग पनि भएकाले उनले टेलिफोन मार्फत जीपीसँग सम्पर्क राखिन र उनलाई चिकित्सकले एन्टीभाइरल चक्की खान सल्लाह दिए।

औषधि खाएको केही समय भित्रै उनको टाउको दुखाई कम भयो भने खोकी पनि कम भयो।

“यसले त जादु गरेजस्तै निको भयो,” उनले एसबीएससँग भनिन्।

Olga Grobler.jpg
Sydney resident Olga Grobler said her COVID-19 symptoms were symptoms were relieved within four hours of taking the antiviral pills. Credit: Olga Grobler

एन्टीभाइरल उपचारका लागि योग्यता

एन्टीभाइरल चक्कीहरू ७० वर्ष माथिका अस्ट्रेलियालीहरुलाई उपलब्ध गराउनका लागि कुनै त्यस्तो सर्त राखिएको छैन।

५० वर्ष माथिका मानिसमा दुई वटा स्वास्थ्य जोखिम छन् भने उनीहरूले पनि एन्टीभाइरल चक्की प्राप्त गर्छन्।

यसै गरी ३० वर्ष माथिका आदिवासी अस्ट्रेलियालीहरुमा कुनै एक स्वास्थ्य जोखिम भएको खण्डमा र रोगसँग लड्ने प्रतिरोध क्षमता कम भएका वयस्कहरूले पनि एन्टीभाइरल चक्कीमा पहुँच राख्न सक्छन्।

स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागका अनुसार प्याक्सलोभिड र लेगेभ्रियो, कन्सेसन कार्ड भएकालाई १० डलर भन्दा कम र पीवीएस भनिने औषधिमा सरकारी छुट भएको खण्डमा भने ४५ डलर जति पर्न आउँछ।

“यदि तपाईँसँग मेडीकेयर कार्ड छैन भने चाहिँ, तपाईँको परिस्थिति हेरेर, उपचारको खर्च लाग्न सक्छ,” विभागले भनेको छ।

“आफ्नो चिकित्सक वा जनरल प्राक्टिस रेस्पेरटरी क्लिनिकहरूमा लाग्ने शुल्कका बारेमा सोध्न सकिन्छ,”

“स्थायी बासिन्दा नभएको तर निजी स्वास्थ्य बिमा वा यात्रा बिमा भएका मानिसहरूले कोभिड–१९ को उपचार सम्बन्धी आफ्नो बिमा प्रदायकसँग कुरा राख्न सक्दछन्।”

आफ्नो जोखिम र एन्टीभाइरल चक्की प्राप्त गर्नका लागि योग्यता जाँच गर्न नेशनल कोरोनाभाइरस हटलाइनमा १८०० ०२० ०८० मा सम्पर्क गर्नुहोस्।

आफ्नो क्षेत्रको श्वास प्रश्वास क्लिनिक पत्ता लगाई निःशुल्क जानकारी प्राप्त गर्नुहोस्।

अस्ट्रेलियन क्यापीटल टेरीटरीन्यु साउथ वेल्सनर्दन टेरीटरी

क्वीन्सल्याण्डसाउथ अस्ट्रेलियाटास्मेनिया भिक्टोरिया वेस्टर्न अस्ट्रेलिया

कोभिडको एन्टीभाइरल चक्कीको उपलब्धता

एन्टीभाइरल चक्की सजिलै जहाँ पनि उपलब्ध भइहाल्छ भन्ने चाहिँ छैन।

सिड्नीमा बसोबास गर्ने ड्यानि लिले आफ्नो स्थानीय औषधि पसलले स्टक नराखेका कारण समयमै पाउन सकेनन्।

लक्षण देखिएको दुई तीन दिन भित्रै औषधि लिँदा फाइदा गर्ने सिफारिस गरिएको भए तापनि ड्यानीले औषधि प्राप्त गर्न धेरै ठाउँमा सोध पुछ गर्नु पर्‍यो।

यसको कारण चाहिँ मंहगो पर्ने भएकाले सबै औषधि पसलले यसको स्टक नराख्ने गरेको फार्मासिस्ट केलि लिम बताउँछिन्।

“उनीहरूले डाक्टरको सिफारिस प्राप्त गरेपछि मात्रै औषधि अर्डर गर्छन्,” उनले भनिन्।

Kelly Lim.jpg
Sydney-based pharmacist Kelly Lim. Credit: Kelly Lim

तर स्वास्थ्य विभागले भने प्याक्सलोभिड र लेगेभ्रियोको अभाव नभएको बताउँछ।

“पीबीएससंगै नेशनल मेडिकल स्टकपाइल अन्तर्गत सबै राज्यका स्वास्थ्य बिभाग मार्फत चक्की उपलब्ध गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।

सङ्घीय सरकारले बृद्धस्याहार केन्द्रहरूमा (लेगेभ्रियो), आदीबासिहरुको सामुदायिक स्वास्थ्य क्लिनिकहरूमा र रोयल फ्लाईङ्ग डक्टर्स सेवा मार्फत जोखिममा परेकाहरूले औषधि प्राप्त गर्न सहज होस भनेर व्यवस्थापन गरेको छ।

औषधि पसलहरूको सङ्गठन द फार्मेसी गिल्ड अफ अस्ट्रेलियाले पनि प्याक्सलोभिड र लेगेभ्रियो प्राप्त गर्ने स्थानहरूका बारेमा आफ्नो वेबसाइटमा जानकारी राखेको छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Share

3 min read

Published

Updated

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now