SKIP TO MAIN CONTENT

तलब वृद्धिमा रोक लगाउने न्यु साउथ वेल्स सरकारको प्रस्ताव विरुद्ध स्वास्थ्यकर्मीहरुको आन्दोलन

राज्यका सरकारी कर्मचारीहरुको तलब सम्बन्धि गरिएको सरकारको घोषणा पछि एम्बुलेन्समा अस्पताल लगिने बिरामीहरुलाई शुल्क तिराउन नमिल्ने गरि उनीहरुको ठेगाना नलिने पारामेडिक्सहरुले बताएका छन्।

A file image of ambulances outside St Vincent's Hospital
A file image of ambulances outside St Vincent's Hospital Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्सका सरकारी कर्मचारीहरुको तलबलाई आगामी १२ महिना सम्म बढाउन नमिल्ने भनि राज्य सरकारले राखेको प्रस्ताव विरुद्ध पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका छन्।

एम्बुलेन्स कर्मीहरुले सोमवार देखि बिरामीहरुलाई शुल्क तिराउन नमिल्ने गरि उनीहरुको ठेगाना संकलन गर्न बन्द गरेका छन् भने नर्स र सुँडेनीहरूले चाहिं आज न्यु साउथ वेल्स संसद भवन अगाडी प्रदर्शन गर्दै छन्।

कोरोनाभाइरसका कारण राज्यमा सिर्जना भएका आर्थिक समस्याका कारण भन्दै प्रिमियर ग्लाडिस बेरेजिक्लियनको सरकारले सबै सरकारी कर्मचारीहरुको तलब बढाउन नमिल्ने प्रस्ताव सारेको छ।

General images of a surgeon preparing for theatre at Liverpool Hospital, Sydney on Tuesday, June 11, 2013.  (AAP Image/Dan Himbrechts) NO ARCHIVING
Source: AAP

सरकारी योजना संसदमा पारित भए राज्यको अर्थतन्त्रमा ३ अर्ब डलर सम्मको बचत हुने, जसलाई सार्वजनिक संरचना विकास सम्बन्धि परियोजनाहरुका लागि प्रयोग गर्न सकिने पनि प्रिमियरको भनाइ छ।

तर उक्त प्रस्ताव विरुद्ध आएको श्रम संगठनहरुको विरोध पछि प्रभावित कर्मचारीहरुलाई एक पटकको लागि एक हजार डलर सम्मको भुक्तानी गर्न सकिने ट्रेजरर डोमिनिक पेरोटेटले बताएका छन्।

यसको लागि झन्डै २०० मिलियन डलर खर्च हुने र बाँकी रहने २.८ अर्ब डलरलाई चाहिं विकास परियोजनाका लागि प्रयोग गर्न सकिने उनि बताउछन्।

"मानिसहरुको तलब बढाउने कि उनीहरुलाई तलब दिने बारे निर्णय गर्दा आफुले जहिले पनि तलब दिने कुरालाई पनि चुन्ने छु," रेडियो टु-जीबीसंग कुरा गर्दै पेरोटेटले बताए।

यदि तलब वृद्धिमा रोक लगाउने सरकारी प्रस्ताव न्यु साउथ वेल्स संसदको माथिल्लो सदनमा पनि पारित नभए उक्त मुद्दा औधोगिक सम्वन्ध आयोग समक्ष लगिने सरकारको भनाइ छ।

NSW Premier Gladys Berejiklian and Treasurer Dominic Perrottet.
Source: AAP

युनियनहरुले एक हजार डलरको बोनस दिने सरकारको प्रस्तावलाई अपमानजनक भन्दै त्यसलाई अस्विकार गरेका छन्।

एक विज्ञप्तिमा अस्ट्रेलियाली पारामेडिक्स संगठनले भनेको छ: "महिनौं देखि हामीले आफ्नो स्वास्थ्य र जीवनलाई जोखिममा राख्दै कोभिड-१९ विरुद्ध कार्यरत रहेका छौं, त्यो भन्दा अगाडी हामीले महिनौं सम्म डढेलो र बाँडीको समस्याको पनि सामना गरेका थियौं।"

"यी सबै संकटका समयमा हामीले आफ्ना सहकर्मीहरुसंग मिलेर फ्रन्टलाइनमा काम गरेका छौं। यस्तो अवस्थामा पनि न्यु साउथ वेल्स सरकारले आफूहरुका लागि खोक्रो शब्द मात्र प्रयोग गरेको छ। "

एम्बुलेन्समा उपचार गर्न लैजाने मानिसहरुले शुल्क तिर्न नमिल्ने गरि उनीहरुको ठेगाना नलिने लगायात तलब वृद्धि बारे सरकारी कदमको विरोधमा एम्बुलेन्सहरुमा नाराहरु लेख्ने योजना पनि बनाइएको युनियनको भनाइ छ।

उक्त नाराहरु लेख्न मेट्न मिल्ने मसि प्रयोग गर्ने उनीहरुले बताएका छन्।

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now