SKIP TO MAIN CONTENT

"हृदयविदारक": खेलका क्रममा दुर्घटना हुँदा टास्मेनियामा पाँच बालबालिकाको मृत्यु

वर्षको अन्त्यमा विद्यालयले आयोजना गरेको एक उत्सवका दौरान दुर्घटना हुँदा चार बालबालिका ज्यान गएको हो।

Worksafe Tasmania officers (left) inspect the jumping castle at Hillcrest Primary School
Police investigation is under way to figure out the cause of the tragedy. Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

अपडेट: बिहीवार समाचार तयार पारुन्जेलसम्म चार बालबालिकाको मृत्यु भएको खबर पुष्टि भएता पनि पछि थप एकको पनि ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसै गरी चार अन्य बालबालिकाहरू अझै अस्पतालमा उपचारार्थ भर्ती छन् जसमा एक अवस्था नाजुक रहेको बताइएको छ।


 

जम्पिङ्ग क्यासल भनिने बालबालिकाहरूले उफ्रिएर खेल्न मिल्ने एक "जम्पिङ कासल" दुर्घटनामा पर्दा चार बालबालिकाको मृत्यु भएको छ भने अन्य चार बालबालिका गम्भीर घाइते भएका छन्।

टास्मेनियाको उत्तर पश्चिम स्थित डेभोनपोर्टमा रहेको हिलक्रेस्ट प्राथमिक विद्यालयमा उक्त स्कुलको अन्तिम दिन उत्सव मनाइरहँदा बिहानको करिब १० बजे उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

बिहीबार साँझ प्राप्त पछिल्लो खबर अनुसार थप चार जना बालबालिका पनि जटिल अवस्थामा रहेका, र अर्का एक जना गम्भीर अवस्थामा अस्पतालमा भर्ना रहेको, तास्मेनियाका प्रहरी आयुक्तले पुष्टि गरेका छन्। 

बालबालिकाका परिवार, विद्यालय र समुदायलाई राज्य सरकारले पूर्ण सहयोग प्रदान गर्ने प्रिमियर पिटर गट्विनले बताएका छन्। 

'बतास'का कारण उक्त खेल सामाग्री हावामा उफ्रँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ। घटनाको थप अनुसन्धान भइरहेको, र र त्यसको रिपोर्टलाई कोरोनर समक्ष पेस गरिने बताइएको छ। 

टास्मेनियाकी प्रहरी कमान्डर डेवी विलीयम्सले चार बालबालिकाको ज्यान गएको पुष्टि गरेकी छिन्।

5 children were killed and others critically injured after jumping castle was blown into air in Tasmania
One child was killed and others critically injured after jumping castle was blown into air in Tasmania Source: Twitter

“जम्पिङ्ग कासालबाट थुप्रै बालबालिका खसेका छन्, यस्तो लाग्छ कि उनीहरू कम्तीमा पनि १० मिटरको उँचाइबाट खसेका हुन्,” उनले भनिन्।

“धेरै सङ्ख्यामा बालबालिकालाई अस्पताल लगिएको छ, केहीको अवस्था चिन्ताजनक छ”

हेलिकप्टरको प्रयोग गरी घाइते बालबालिकालाई अस्पताल पुयाईएको छ।

विद्यालयले कक्षाको अन्तिम दिन “बिग डे इन” मनाइरहेका बेला उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

टास्मेनियाका प्रिमीयर पिटर गुटविनले समुदायप्रति सहानुभूति प्रकट गरे।

घाइते भएका बालबालिकाका अभिभावक र आपतकालिन सेवा लिइरहेका प्रति सहानुभूति रहेको उनले बताए।

यता प्रधानमन्त्री स्कट मोरीसनले घटना सोच्नै नसकिने हृदय विदारक रहेको प्रतिक्रिया दिएका छन्।

“यो भयानक दुर्घटना हो, सोच्नै नसकिने भयानक दुर्घटना, एक निराकार दुर्घटना जसले परिवारलाई विक्षिप्त बनाउँछ” सवांददाताहरुसँग प्रधानमन्त्रीले भने।

समाचारबाट विचलित हुनुभएको छ र मनको कुरा पोख्नु छ भने लाइफलाइनलाई १३ ११ १४ वा बियन्ड ब्लुलाई १३०० २२ ४६ ३६ मा फोन गर्न सक्नुहुनेछ। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now