५० डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना यथावतै, आफन्तहरु माथि ध्यान दिन आग्रह

आगामी केही दिन अस्ट्रेलियाका बिभिन्न स्थानमाअत्यधिक गर्मीको लहरका कारण राष्ट्रिय र राज्य स्तरमा पनि नयाँ किर्तिमान स्थापना हुने मौसम बिभागले बताएको छ।

Sydney's Bronte Beach. NSW is expected to swelter through summer, with some parts of the nation predicted to get to almost 50C.

Sydney's Bronte Beach. NSW is expected to swelter through summer, with some parts of the nation predicted to get to almost 50C. Source: AAP

अस्ट्रेलियाका बिभिन्न स्थानमा यो हप्ता ५० डिग्री सेन्टिग्रेड तापक्रम नजिकिने सम्भावना रहंदा उच्च तापमानको राष्ट्रिय किर्तिमान तोडिने बताइएको छ।

दक्षिण अस्ट्रेलियाको राजधानी शहर एडिलेडमा मङ्गलवार देखि सुरु हुने ४० डिग्रीको अधिकतम तापक्रम लगातार चार दिन सम्म बढ्दै जाने र शुक्रवार ४४ डिग्रीसम्म पुग्ने छ।

शुक्रवार मेलबर्नमा पनि ४४  डिग्रीसम्म तापमान उक्लने सम्भावना छ भने क्यानबेरामा शनिवारको अधिकतम तापक्रम ४३ डिग्री पुग्ने सक्ने बताइएको छ।

A man walks long the foreshore in Blackwattle bay as smoke haze from bushfires in New South Wales blankets the CBD in Sydney, Tuesday, December 10, 2019. (AAP Image/Steven Saphore) NO ARCHIVING
Blackwattle Bay, nel centro di Sydney il 10 Dicembre, 2019. Source: AAP

मौसमविद डा. ब्लेयर ट्रेविनका अनुसार "यस अघि सन् २०१३ को ज्यानुवरी महिनामा अहिले सम्मकै सबैभन्दा गर्मीको दिन घोषित भएको थियो, जब देश भरकै औसत अधिकतम तापक्रम ४०.३ डिग्री सेन्टिग्रेड रहेको थियो।''

"तर पछिल्ला जानकारीहरुलाई हेर्दा, उक्त किर्तिमान यो हप्ता तोडिने सम्भावना धेरै नै रहेको छ", उनले भने।

मौसम बिभाग कि सारा स्कलिले चाहिं देशका केहि स्थानहरुमा देखिने अत्यधिक देखि चरम गर्मीको लहरका कारण मुटुसंग सम्वन्धित बिमारीहरुको खतरा बढ्ने छन्।

"यस कारण मानिसहरुले स्वास्थ्य अधिकारीहरु द्वारा जारी गरिएका सल्लाहहरुलाई ध्यान दिन जरूरी रहेको छ।"

"साथै मौसम विभाग द्वारा जारी गरिने पछिल्ला पुर्वानुमान र चेतावनीहरुलाई पनि ध्यान दिनुहोस् र आफ्नो परिवार र साथीहरुको स्वास्थ्य माथि पनि ध्यान दिनुहोस्," भन्छिन सारा स्कलि।

दक्षिण अस्ट्रेलियाली सरकारले आगामी शुक्रवार सम्मको लागि राज्यमा घरबार बिहिन अवस्थामा रहेकाहरुको सहयोगका लागि "कोड रेड" नीति लागु गरेको छ।

राज्य कि मानव सेवा मन्त्री मिशेल लेनसिंक भन्छिन कि "कमजोर अवस्थामा रहेका मानिसहरुलाई आगामी केहि दिनको अत्यधिक गर्मीको समयमा सुरक्षित राख्नु हाम्रो दायित्व हो।"

दक्षिण अस्ट्रेलियाको ग्रामिण स्थानहरुमा त तापक्रम झनै बढ्ने बताइएको छ।

यसअन्तर्गत राज्यको उत्तरमा रहेको ऊड्नाडाट्टा नामक स्थानमा लागातार तीन दिन ४७ डिग्री सेन्टिग्रेड रहने र लगातार पांच दिन चाहिं तापक्रम ४५ डिग्री वा त्यो भन्दा बढी हुने बताइएको छ।

Bushfires
Bushfires continue to rage across NSW. Source: PR Handout Image

यस अघि सन् १९७२ को डिसेम्बर महिनामा दक्षिण अस्ट्रेलियाको मूम्बा नामक स्थानमा ४९.१ डिग्री सेन्टिग्रेडको किर्तिमान स्थापना भएको थियो।

र यस हप्ताको गर्मीले उक्त किर्तिमान तोड्ने सम्भावना रहेको बताउँछन् उक्त राज्यका वरिष्ठ मौसमविद पौल लाइनियो।

उनका अनुसार आगामी शुक्रवार पछि मौसममा सुधार भएता पनि, आगामी केहि दिन चाहिं अत्यधिक गर्मी र खतरनाक डढेलोको अवस्था रहने छ।


Share

2 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now